दुवै पुलिस उकालो चढ्दै
२७ मंसिर २०६९
•
८ मिनेट पाठ
दुवै पुलिस उकालो चढ्दै
काठमाडौं, मंसिर २८ (नागरिक)- छैटौं चरणको खेल जित्दै बुधबार दुई विभागीय पुलिस टोली सहिद स्मारक रेडबुल ए डिभिजन लिग अंकतालिकामा उकालो लागेका छन्। दुवैले कमजोर प्रदर्शन गरिरहेका टोलीहरूलाई हराए।




साविक विजेता नेपाल पुलिस क्लबले पुछारमा रहेको बौद्ध फुटबल क्लबलाई २-० ले हराउनुअघि अर्को विभागीय टोली एपिएफले बौद्धभन्दा एक स्थान माथिको महिन्द्रा बाँसबारीलाई ४-० ले पराजित गर्‍यो। जितसँगै एपिएफ (९) पाँचौं र पुलिस (७) नवौं स्थानमा उक्लेका छन्। पाँचौ चरण समाप्तिमा एपिएफ ११औं र पुलिस चौधौं स्थानमा थिए। पराजित दुवै टोली रेलिगेसन क्षेत्रमा छन्।
लिगमा ३ अंक महत्वपूर्ण भएकाले पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले त्यसैमा चित्त बुझाए। 'खेल त यसअघि राम्रो थियो। आज हामीले क्षमताको १५ प्रतिशत मात्र खेल्यौं,' श्रेष्ठले भने, 'लिगमा ३ अंक अर्थपूर्ण भएकाले त्यसैमा चित्त बुझाउनुपर्‍यो।' अझै पनि धेरै खेलाडी घाइते हुँदा टोलीमाथिको समस्या नघटेको उनले बताए।
अन्तिम मिनेटमा भोला सिलवालको गोलबाट पुलिसले लिगमा दोस्रो जित निश्चित पारेको हो। काउन्टर एट्याकमा कप्तान जुमानु राईले दिएको पासमा भोलाले नजिकबाट टोलीका लागि दोस्रो गोल गरे। सुमन सुवेदीको गोलमा पुलिसले पहिलो हाफमा अग्रता बनायो। २०औं योगेश श्रेष्ठको प्रहारमा बल विपक्षी गोलकिपर रञ्जित गुरुङलाई ठोक्किएपछि सुमनले सिक्स यार्ड बक्सबाट पुलिसका लागि गोलको खाता खोले।
पुलिसविरुद्ध हाबी भएर पनि बौद्ध अंक बटुल्न असफल रह्यो। छैटौं खेल सकिँदा पनि बौद्ध अंकविहीन छ। पहिलो हाफको अन्त्यतिर स्टेफन भेरोनको प्रहार रोक्दै पुलिसका गोलकिपर रितेश थापाले खेल बराबरी हुनबाट जोगाएका थिए।
बौद्धका प्रशिक्षक किरण श्रेष्ठले राम्रो खेल्दाखेल्दै हार्नुपरेकोमा निराशा जनाए। 'हामीले सधैं राम्रो खेलेका छौं। तर गोल गर्न सकिरहेका छौं। सबै खेलाडी फिट पछि छैनन्,' उनले भने, 'यसले गर्दा रेलिगेसन दबाब बढ्दो छ।'
रेलिगेसन दबाब बढे पनि अझै आशा नमारेको श्रेष्ठको भनाइ थियो। 'असाधारण टोली छैनन्। हामी जसलाई पनि हराउन सक्छौं,' उनले थपे, 'निराश भएका छैनौं। समान स्तरका टोलीसँग अंक लिएर पनि हामी ए डिभिजनमै टिक्नेमा आशावादी छौं।'
एपिएफको तेस्रा जित
अर्को कमजोर टोली बाँसबारीविरुद्ध पहिलो हाफमै ४-० को अग्रता लिएर एपिएफले लिगमा तेस्रो जित पक्का गरेको थियो। पूर्वक्लबविरुद्ध श्याम नेपालीले १०औं मिनेटमा गोलको खाता खोलेका थिए। सन्तोष श्रेष्ठको प्रहार पोस्टमा लागेर फर्केपछि त्यसमै श्याम गोल गर्न सफल भए। सन्तोषले ३१औं मिनेटमा गोलअन्तर दोब्बर पारे। पेनाल्टी बक्सबाट उनले शक्तिशाली प्रहारमा गोल गरेका हुन्।
त्यसको ५ मिनेटपछि टोपबहादुर बिष्टले गोल गरे। सन्तोषको प्रहार गोलकिपर अजित प्रजापतिले पञ्च गरेपछि टोपले त्यही रिबाउन्डमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा राजेन्द्र रावलले चौथो गोल गरे। उनलाई टोपबहादुरले छोटो पास मिलाइदिएका थिए।
बाँसबारीले खेलभर विपक्षी गोलकिपर विक्रम गुरुङको परीक्षण गर्न सकेन। तेस्रो जितपछि ढुक्क देखिएका एपिएफका प्रशिक्षक जनक सिंहले भने, 'रेलिगेसन दबाब सकियो।' सँगसँगै उनले पहिलो हाफकै ठूलो अग्रतापछि खेलाडीले हल्का रूपमा खेलेको टिप्पणी गरे।
लगातारको हारले टोलीको मनोबल घट्दै गएको उल्लेख गर्दै बाँसबारीका प्रशिक्षक हरिओम श्रेष्ठले भने, 'कसैले मन लगाएरै खेलेका छैनन्। डिफेन्सलाइनले मार्किङ गर्न सकेन। आउने तीन खेल हाम्रो लागि झन कठिन छन्।' ६ खेलमा बाँसबारीले छिमेकी यती हिमालयन शेर्पासँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ।

'विभागीयमा खेलाडीको आकर्षण छैन'


पारिश्रमिक र सुविधा कम भएका कारण फुटबल खेलाडी विभागीय टोलीप्रति आकर्षित नभएको पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बताएका छन्। 'विभागमा खेलाडीको आकर्षण छैन। पारिश्रमिक र सुविधा पनि कम छ,' बुधबार पोस्टम्याच प्रेस कन्फ्रेन्समा उनले भने, 'अहिले लिगमा ७५ लाख रुपैयाँ पुरस्कार पुगिसकेको छ। बाहिरको क्लबमा पारिश्रमिक छ, अन्य सुविधाका कारण आकर्षण छ। पहिला रोजगारीका ग्यारेन्टीको हिसाबले विभागमा आकर्षण थियो।' विभागीय खेलाडीले निश्चित सरकारी तलब पाउँछन् भने अन्य क्लबका खेलाडीको पारिश्रमिक ५० हजार नाघिसकेको छ।
श्रेष्ठले नेपालमा खेलाडी पर्याप्त नहुँदा पनि विभागमा नयाँ खेलाडी आउन नसकेको बताए। '१६ ए डिभिजन क्लब छन्। सबै क्लबका लागि नेपाली खेलाडी नै कम छन्,' उनले थपे, 'यदि विदेशी खेलाडी नहुने हो भने अहिले लिगको हालत के हुन्थ्यो होला।' खेलाडी अभावकै कारण पछिल्लोपटक पुलिसले खेलाडी लिन नसकेको उनले प्रस्ट पारे। 'पहिला पहिला वर्षमा २-३ नयाँ खेलाडी लिइन्थ्यो। अहिले त्यस्तो अवस्था छैन,' उनले भने।
श्रेष्ठकै प्रशिक्षणमा पुलिसले २०६३ सालमा पहिलोपटक लिग जितेको थियो। त्यसयता पुलिसले लिगमा ह्याटि्रक गरिसकेको छ भने श्रेष्ठ लगातार लिगको उत्कृष्ट प्रशिक्षक चुनिँदै आएका छन्। 
लिगमा बिहीबार
सरस्वतीविरुद्ध फ्रेन्ड्स (१२:३०)
मछिन्द्रविरुद्ध आर्मी (२:३०)
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस