भक्तपुरमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु
०५ फागुन २०७९
•
१ मिनेट पाठ
भक्तपुरमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु
भक्तपुरमा शुक्रबारदेखि अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने छ।




भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीका अनुुसार अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी रहेको छ। ती नगरपालिकाहरुका १४ वटा टीमहरुबीच प्रतिस्पर्धा हुने उनले जनाए।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार रहेको छ। साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कार रहेको छ।

प्रतियोगिताको उद्घाटन अघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्‍यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो। र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले राष्ट्रिय रेफ्रि साजन दुवाललाई खेल सामाग्री हस्तान्तरण गरेका थिए भने खेलाडीहरुको तर्फबाट राज कुस्मा, प्रशिक्षककोतर्फबाट कपिल भट्ट र निर्णायकको तर्फबाट साजन दुवालले अन्तर नगर पुरुष खो खो प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गर्न शपथ लिए।

प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले गरेका थिए। आयोजक भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले भक्तपुर नपाद्वारा आयोजित खो खो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलको प्रवद्र्धन हुने बताए।
अर्को समाचार
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
१४ मिनेट अघि
•
१ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पोखरा। पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।




पोखरा प्रवद्र्धन केन्द्रले पोखरा महानगरपालिका वडा नं.९ सँगको सहकार्यमा आगामी पुस १० गते जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित रात्रिकालीन सडक दौड प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको हो।

प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजक पोखरा प्रवद्र्धन केन्द्रले आईतबार पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालको बिचमा डुंगामा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

खेल पर्यटनको प्रवद्र्धन, रात्रिकालीन व्यवसायको विस्तार र सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा ५ विधामा प्रतिष्पर्धा हुनेछ। प्रथम संस्करणमा खुला, महिला, विदेशी र यू–१६ विधामा प्रतिष्पर्धा भएकोमा यस वर्ष भेट्रान्स विधा थप गरि पाँच विधा पु¥याइएको उनले बताए।

प्रतियोगिताका लागि डिसेम्बर १ देखि २० सम्म आवेदन खुल्ला रहने उनले जानकारी दिए। जसका लागि पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत आवेदन भर्ने व्यवस्था रहेको उनले बताए।

आयोजकले दौडको रुट पनि तय भइसकेको जनाएको छ। आयोजकका अनुसार तालवराहीघाट (फेवाताल किनार) बाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड लेकसाईडकै सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड र चिप्लेढुङ्गाहुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कअगाडि फल्चामा पुगेर समापन हुनेछ।

तालबाराही मन्दिरको छेउमा माछापुच्छ्रे लगायतका हिमश्रृंखलालाई पृष्ठभूमिमा राखेर आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बरालले रात्रिकालीन दौडलाई पोखराको नयाँ पहिचानसहितको इभेन्टका रूपमा स्थापित गर्न चाहेको बताए। त्यसका लागि सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए।

प्रतियोगिताका सबै विधाको पुरस्कारमा यस वर्ष राशी वृद्धि गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार खुलातर्फ प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई ७ हजार गरिनेछ।

त्यस्तै, महिला, विदेशी, यू–१६ र भेट्रान्स विधाका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयासहित मेडल र प्रमाण पत्र प्रदान गरिने केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए।

पत्रकार सम्मेलनमा उपस्थित पोखरा महानगरपालिका वडा नं.–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखरालाई रात्रिकालीन व्यवसाय र उज्यालो वडाको अभियानसँग जोड्न प्रतियोगिताका लागि सहकार्य गरेको खुलाए।

प्रतियोगितालाई सम्पदासँग जोड्दा राम्रो हुने बताउँदै उनले भने,‘प्रतियोगिताले पोखरा भनेको लेकसाइड मात्रै होइन भन्ने सन्देश प्रवाह गरिरहेको छ। अब यसलाई आगामी दिनमा ‘हेरिटेज रन’ का रूपमा विकास गर्नुपर्छ।’

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उप–सचिव टंकप्रसाद ढकालले रात्रिकालीन सडक दौडले खेल पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ईभेन्टहरूको सहरका रूपमा स्थापित हुँदै गएको पोखरामा रात्रिकालीन सडक दौडले नया आयाम थप्ने विस्वास व्यक्त गरे।

उनले भने,‘दिउँसो आयोजना हुने दौडभन्दा फरक स्वरूपमा सञ्चालन हुने यो प्रतियोगिता पोखराको नयाँ पहिचानसहितको इभेन्ट बन्छ भन्ने विस्वास छ र यसले पर्यटकलाई आकर्षित गर्न सफल हो।’

रात्रिकालीन दौडलाई सुरक्षित बनाउन सहभागी धावकको बिमा गरिने र आयोजकले रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराउने आयोजकले जनाएको छ।

धावकले आवश्यकताअनुसार हेडल्याम्प प्रयोग गर्न सक्ने अध्यक्ष बरालले बताए। दौड सुरु भएदेखि नै धावकको अगाडि, बीचमा र पछाडि स्वास्थ्य टोलीसहितका एम्बुलेन्स परिचालन गरिने उनले स्पष्ट पारे।
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ३ सेकेन्ड अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस