नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
१ मिनेट अघि
•
० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
बाँके । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीले प्रदेश अधिवेशनको मिति तोकेसँगै उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।




नेता तथा कार्यकर्ताहरूको सल्लाह र सुझावअनुसार उम्मेदवारी दिएको उनले जनाएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको स्वामित्व पार्टीले नै लिनुपर्ने तथा प्रदेश संरचनालाई व्यवस्थित र अधिकारसम्पन्न बनाउन कांग्रेसले अग्रसरता देखाउनुपर्नेमा महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवं कांग्रेस नेता पोखरेलले जोड दिए।

उनले वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा आएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। उनका अनुसार संघीयताअन्तर्गतको प्रदेश संरचना संविधानमै स्पष्ट रूपमा उल्लेख छ। त्यसैले संविधानको अपनत्व (ओनरसिप) लिँदै प्रदेश सरकारहरूलाई थप व्यवस्थित, बलियो र अधिकारसम्पन्न बनाउने मुख्य जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा रहेको उनले बताए।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण र संघीयता कार्यान्वयनजस्ता महत्त्वपूर्ण राजनीतिक कार्यहरू सम्पन्न भएको उनले स्मरण गरे। ती ऐतिहासिक उपलब्धिहरूको जगेर्ना र संरक्षण गर्ने दायित्व पनि कांग्रेसले नै निर्वाह गर्नुपर्नेमा उनले विशेष जोड दिए।

संविधान र संघीय व्यवस्थामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला नेतृत्वदायी दलको हैसियतले कांग्रेसले यसको रक्षा र सफल कार्यान्वयनमा स्पष्ट भूमिका खेल्नुपर्ने पोखरेलको भनाइ छ।

संविधान संकटमा परेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको सुरक्षित संरक्षण गरेको उल्लेख गर्दै उनले संविधान संरक्षणको जिम्मेवारी अझ बढी कांग्रेसकै काँधमा रहेको बताए।
अर्को समाचार
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै आगामी महाधिवेशनपछि नयाँ नेतृत्व आउने बताएका छन्।




आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ देउवाले भने।

उनले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे। आधिकारिकतासम्बन्धी विवादमा न्यायालयप्रति आफ्नो पूर्ण विश्वास रहेको उनको भनाइ थियो।

‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने।

देउवाले अब आफू पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा नआउने स्पष्ट पार्दै राजनीतिक जीवनको आगामी चरणमा अरूलाई अवसर दिने संकेत गरे। मुलुकबाट आफूले लिनुपर्ने केही बाँकी नरहेको उल्लेख गर्दै उनले जीवन रहुन्जेल देशका लागि सकेको योगदान गर्ने बताए।

‘अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै। यो मुलुकबाट मैले लिनुपर्ने केही पनि छैन, बाँचुन्जेल सकेको दिने हो,’ देउवाले भने।
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
यो पनि पढौँ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस