वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु
१९ भदौ २०८०
•
२ मिनेट पाठ
वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु
वीरगन्ज  महानगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ) को सुरु गरेको छ।




बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरेको हो। नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए।

महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गरेको हो। गणकले आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन्। वीरगन्ज महानगरपालिकाको वडा नं. १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैँक रहेको भवनमा महानगरप्रमुख सिंहले नम्बरप्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरुवा गरेका हुन्।

आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बरप्लेट टाँस गरिएको छ। सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाइ) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो। उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बरप्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए।

पहिलो चरणमा महानगरको वडा नं. १ देखि १६ सम्म जिआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआइएस विज्ञ उमेश कुँवरले बताए। आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उनले बताए।  

पशुपति घोषमार्गमा आजै ५५ घरमा नम्बरिङ गरिएको छ। १६ वटै वडाको करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने गरी तयारी भएको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बरप्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यको भनाइ छ। यो प्रणालीमा सडक–गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो–कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआइएस टेक्निसियनसमेत रहेका सबइन्जिनियर अर्चन आचार्यले बताए।  
अर्को समाचार
संरक्षण अभियानमा ‘श्रीमती समूह’
०१ वैशाख २०८१
•
२ मिनेट पाठ
संरक्षण अभियानमा ‘श्रीमती समूह’
उदयपुरमा वन प्राविधिकका पत्नीहरूको समूहले बढ्दो वातावरणीय असर घटाउने प्रयास थाल्ने भएको छ। डिभिजन वन कार्यालय मातहत रहेका प्राविधिकका पत्नीहरूको संस्था ‘वन प्राविधिक श्रीमती समूह’ले विश्वमा दिनानुदिन बढ्दै गएको वातावरणीय असर कम गर्ने विषयमा चासो देखाउँदै त्यसलाई घटाउन अग्रसरता देखाएको हो।




बढ्दो सहरीकरण, जनघनत्व, चुरे तथा जंगलको दोहन र वन विनाशले पछिल्लो समय वातावरण खल्बलिँदा प्रकृतिमा गम्भीर असर पुग्दै आएको छ। यही कारणले मानव तथा पशुपन्छीमा नयाँनयाँ रोगव्याधि सिर्जना हुँदै गएको भन्दै सो समूहले त्यसप्रति चासो राखेको हो। प्रकृतिमाथिको गम्भीर र दीर्घकालीन असर कम गर्न समूहले ‘वातावरणीय सचेतना अभियान’ सुरु गरेको समूहको भनाइ छ।

यसै वर्ष नयाँ संस्थाका रूपमा दर्ता भएर सञ्चालनमा आएको समूहले हालै सदरमुकाम गाईघाटमा एक कार्यक्रम आयोजना गर्दै अभियानको थालनी गरेको हो। समूहकी अध्यक्ष अप्सरा उप्रेतीका अनुसार पहिलो चरणमा सामुदायिक वन समूहमा आबद्ध महिला पदाधिकारी तथा सदस्यहरूलाई सहभागी गराएर वातावरणीय सचेतना गराउन सुरु गरिएको छ। त्यसका लागि समूहले ‘वातावरणीय सचेतना अभियानमा महिलाको भूमिका’ विषयक अन्तक्रिया सम्पन्न गरिसकेको उप्रेतीले बताइन्।

सहभागी र आयोजक पक्षबीचको अन्तक्र्रियामा वातावरणीय असर, त्यसको न्यूनीकरणका उपाय र विभिन्न विकल्पबारे पुष्पा रानाले र सामुदायिक वनमा महिला नेतृत्वको अवस्था, भूमिका, आवश्यकता र औचित्यबारे समूहकी सहसचिव कल्याणी रिमालले प्रस्ट्याइन्। उनीहरूले आफूद्वारा प्रस्तुत विषयवस्तुमाथि सहभागीसँग सवाल–जवाफ गर्दै सुझाव संकलन गरेका थिए।

डिभिजन वन कार्यालय गाईघाटको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको कोसी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले उद्घाटन गरिन्। उपसभामुख दनुवारले महिलाको नेतृत्वमा रहेका संस्थाहरू आर्थिक रूपमा पारदर्शी तथा नेतृत्वदायी भूमिकामा अब्बल साबित हुँदै आएको बताइन्।

वातावरणीय असर न्यूनीकरणका लागि पनि महिलाबाटै अभियान सुरु भएकोमा उनले खुसी व्यक्त गरिन्। मुलुकलाई समृद्ध र समाजलाई परिष्कृत गर्न महिला सशक्तीकरण र क्षमता अभिवृद्धि अनिवार्य सर्त रहेको बताउँदै उनले अबको माग हरेक संस्था र नीति निर्माण तहमा महिला सहभागिता ५० प्रतिशत हुनुपर्नेमाजोड दिइन्।

‘वनलाई कसरी भुइँ तहका नागरिकसँग जोड्ने, यसको संरक्षण–संवर्धनमार्फत बिग्रँदो वातावरणलाई कसरी सही दिशामा ल्याउने भन्नेमा सबैको चासो छ। यसको सुरुआत महिलाबाटै भयो भने कार्यान्वयन निश्चित छ,’ उनले भनिन्।

उपसभामुख दनुवारले वन विकास कसरी गर्ने र जोगाउने भन्ने विषयमा महिला समूहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने भएकाले ग्रामीणदेखि सहरसम्मका महिलालाई वातावरण संरक्षणप्रति सचेत गराउन वन प्राविधिक श्रीमती समूहलाई आग्रह गरिन्। महिलामा अठोट गर्ने र निर्णय शक्ति बढी हुने हुँदा वातावरणीय असर घटाउने अभियानलाई निष्कर्षमा पुर्‍याएरै छाड्नुपर्ने उनले बताइन्।

त्यसैगरी डिभिजन वन गाईघाटका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाले घरभित्रको सुझावलाई समाजसम्म पुर्‍याएर नीति निर्माण गर्दै कार्यान्वयनमा ल्याउने वातावरण बनाउन सक्नुपर्ने बताए। त्यसका लागि श्रीमती समूह र हरेक महिला, आमा, दिदीबहिनीको भूमिका महत्त्वपूर्ण हुनेमा डा. सापकोटाको जोड थियो।
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ३ सेकेन्ड अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस