काठमाडौं–सीमांकनलगायत विवादित विषयमा सहमति जुटाउन तीन दल–मोर्चा सम्मिलित कार्यदलको बैठक सोमबार पनि बस्दैछ।आइतबार बसेको कार्यदलको बैठक विवादित विषयमा सहमति नजिक पुगेपछि त्यसलाई औपचारिक रुपमा दिन कार्यदलको बैठक सोमबार साँझ ६ बजे बस्ने मोर्चाका कार्यदल सदस्य रामनरेश रायले जानकारी दिए।
'सोमबार तीन बजे बैठक बस्ने गरी आइतबारको बैठक सकिएको थियो,'उनले भने,'तीन दलीय कार्यदलले शीर्ष नेतासँग केही विषयमा छलफल गर्ने भएपछि बैठक ६ बजेलाई सारिएको हो।' एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चार बजे धनगढीबाट काठमाडौं फर्किएपछि तीन दलका शीर्षनेताबीच छलफल गरी ६ बजे कार्यदलको बैठक बस्ने तय भएको हो। यसअघि आइतबार बसेको बैठकमा विवादित विषयमा सहमति जुटाउन तीन दल–मोर्चा सम्मिलित कार्यदल राजनीतिक संयन्त्रलाई संवैधानिक मान्यता दिने विषयमा सहमति नजिक पुगेको थियाे।'हाम्राेतर्फबाट सबै कुरा तीन दलका सदस्यलाइ भनिसकेका छाैं, उनले भने, ' अाज उहाँहरूले शीर्ष नेतासँग छलफल गरी त्यसलाइ अन्तिम रूप दिने भन्नु भएकाे छ।'
अाइतबारकाे मोर्चाले सीमाङकनबारे राखेका विषयमा सकारात्मक ढंगले सहमतिमा पुग्ने आधारका विषयमा सकारात्मक छलफल भएकाे नेताहरूले बताएका थिए। यस अघि बसेको तीन दलले मंगलबार बस्ने संसद बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका थिए। उनीहरुले मंगलबार अगाडि नै मधेसी मोर्चासँग सहमति गरी उनीहरुको सहमतिमा संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका थिए। तीन दलले मधेसी मोर्चाको माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन गर्ने र सो संयन्त्रले तीन महिनाभित्र सीमाकंनलगायतका विवादित विषयमा सहमति जुटाइसक्ने प्रस्ताव मोर्चासमक्ष पेश गरेको थियो।
मोर्चा संयन्त्र गठनप्रति सकारात्मक भएपनि संयन्त्रको कार्यक्षेत्र र वैधानिकताका विषयमा प्रश्न उठाएको थियो। संयन्त्रप्रति मोर्चाले प्रश्न उठाएपछि तीन दलले संयन्त्रलाई संसदमार्फत अनुमोदन गराउने निर्णय गरेका थिए। मधेसी मोर्चाले गठन हुने संयन्त्रलाई यसअघि गठन गरिएको राज्यपुर्नसंरचना आयोगकै जति अधिकार दिनुपर्ने र पहिचान पाँच र सामथ्र्यका चार आधारमा तराइमा दुई प्रदेश बनाउने पर्ने अडान राख्दै आएका छन्।