गोविन्द परियार, काठमाडौं, भदौ ३१ - प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाबीच संविधानसभा परिसरमा रहेको लडाकु समायोजन विशेष समितिको कार्यालयमा बैठक सुरु भएको छ। प्रमुख दलहरुले संविधान सभा पुनर्स्थापना अथवा नयाँ चुनावमा जानेबारे आज अन्तिम निर्णय गर्ने बताउँदै आएका छन्।
यसअघि आजै बिहान राष्ट्रपति डा. रामवरण यादवले सबै दलका नेताहरुलाई सहमति कायम गरी जसरी पनि संविधान ल्याउन दवाव दिएका थिए।
आजको बैठकमा संविधानको विवादित विषयहरुमा सहमति भए छोटो समयका लागि संविधान सभा पुनर्स्थापना र सहमति हुन नसके नयाँ चुनाव गर्ने तय गरिने बताइएको छ। कङ्ग्रेस एमालेले बहुपहिचानसहितको संघीयता स्वीकार गरे संविधान सभा पुनर्स्थापना गर्न सकिने धारणा बनाएका छन्। यसअघि भएको चार दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान सभाको पुनर्स्थापनाको प्रस्ताव गरेका थिए।