काठमाडौं- प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसी मोर्चाबीच आगामी संसद बैठकअघि नै सहमति जुटाउने समझदारी बनेको नेताहरुले जानकारी दिएका छन्। मोर्चाले अघि सारेको ११ बुँदे मागमा सहमति खोज्न निर्माण गरिएको कार्यदल शनिबार साँझ दुई दिनभित्रै सहमति गर्ने गरी नजिकिएको हो।व्यवस्थापिका संसदको बैठक ५ गते डाकिएको छ। त्यसअघि नै सहमति जुटाएर संविधान संशोधन अघि बढाउने द्विपक्षीय समझदारी छ।
'सबै विषयमा सकारात्मक छलफल भएका छन्। आइतबार हुने बैठकमा सहमति हुने अपेक्षा गरेका छौं,' कार्यदल सदस्य रहेका तराईमधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले नागरिकसँग भने, 'सबै विषयमा छलफल भए पनि कुनै पनि विषयमा सहमति भइसकेको छैन।'
कार्यदल सदस्य रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कार्यदलमा समितिको कार्यादेशबारे बुँदा–बुँदामा छलफल भइरहेको भन्दै चाँडै सकारात्मक परिणाम निस्कने आशा व्यक्त गरे। कार्यदल बैठक आइतबार दिउँसो २ बजे बस्ने कार्यक्रम छ। शनिबारको बैठकमा तीन दलले सम्झौताका लागि पाँचबुँदे प्रस्ताव राखेका थिए।
त्यसमा सीमांकन विवाद राजनीतिक समितिमार्फत समाधान गर्ने, त्यसको अवधि तीन महिनाको हुने, सीमांकनलगायत आन्दोलनका माग सम्बोधन गर्दा विगतमा विभिन्न विकल्पलाई सन्दर्भसामग्रीका रुपमा लिने, समिति र त्यसको कार्यादेशलाई संसदबाट अनुमोदन गरेर वैधानिकता प्रदान गर्ने, संविधान संशोधनलाई संविधान जारी गर्ने दलले पारित गर्ने उल्लेख छ।
त्यसमा मोर्चा सकारात्मक बने पनि उसले आफ्नो ११ बुँदे मागको कम्तीमा पहिलो नम्बरको बुँदालाई सम्झौतामै पार्न जोड दिँदै आएको छ।
'समितिको कार्यादेश राज्य पुनर्संरचना आयोगबराबरको हुनुपर्ने हाम्रो पहिलो माग हो,' मोर्चाका एक नेताले भने, 'त्यस्तो हुन नसके पहिलो बुँदालाई सम्झौतापत्रमा उल्लेख गरेर बाँकी समितिमार्फत पूरा हुने भन्ने विषय राख्नुपर्ने हाम्रो धारणा हो।'
पहिलो बुँदामा प्रदेश सीमांकन गरिँदा राज्य पुनःसंरचना आयोग र पहिलो संविधानसभाका राज्य पुनःसंरचना समितिले निर्धारण गरेको सामर्थ्यका ४ र पहिचानका ५ आधारमा मधेसमा बढीमा दुई प्रदेश हुने गरी सीमांकन हुनुपर्ने उल्लेख छ। तर प्रमुख तीन दलले भने विगतमा प्रदेशको सीमांकनका विषयमा आएका सबै विषयलाई सन्दर्भसामग्रीका रुपमा लिने भन्ने प्रस्ताव राखेका छन्।
यसैबीच राजेन्द्र महतोको नेतृत्वको सद्भावना पार्टी तीन दलसँगको वार्तामा पुनः फर्केको छ। विराटनगरको रानी भन्सारमा भएको झपडमा अध्यक्ष महतो घाइते भएको घटनामा सरकारले माफी नमागेको भन्दै सद्भावनाले यसअघि कार्यदल बैठक बहिस्कार गरेको थियो।
शनिबार कार्यदलमा सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए। केही दिनअघि प्रधानमन्त्री ओलीले उपचारपछि दिल्लीमै रहँदै आएका सद्भावना पार्टीका अध्यक्ष महतोलाई फोन गरी स्वास्थ्य अवस्था बुझेपछि दुई नेताबीच समझदारी बढेको थियो।
शनिबारको बैठकमा एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावल, कांंग्रेस केन्द्रीय सदस्य आचार्य, एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका नेता मंगलसिद्धि मानन्धर, सद्भावना पार्टीका सहअध्यक्ष कर्ण र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रायको सहभागिता थियो।