सहमति भए समयमै बन्छ : उप प्रधानमन्त्री-
काठमाडौं, माघ २८ (नागरिक) - माओवादी नेता चन्द्रप्रकाश गजुरेलले दलबीच सहमति भए सात दिनभित्रै संविधान बन्ने विराटनगरमा बताएका छन्। उता उपप्रधान मन्त्री विजयकुमार गच्छदारले पनि दलबीच सहमति भए निर्धारित समयमै संविधान बन्ने नेपालगन्जमा बताएका छन्।
गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा र गच्छदारले नेपाल प्रेस युनियनले नेपालगन्जमा आयोजना गरेको पत्रकार कार्यक्रममा यस्तो धारणा राखेका हुन।
माओवादीले जनताको सङ्घीय गणतन्त्र संस्थागत हुने संविधान बनाउन चाहेको गजुरेलले उल्लेख गरेका छन् भने गच्छदारले चाहिँ एकीकृत नेकपा (माओवादी) ले सरकार परिर्वतनको बखेडा झिकेर मुलुकलाई पुनःद्वन्द्वतिर धकेल्ने प्रयास गरेको आरोप लगाएका छन्।
उपप्रधानमन्त्री गच्छदारले संविधानसभाको समयावधि थप्ने पक्षमा सरकार छैन भन्दै अहिले सरकार परिवर्तनको समय नभएको पनि बताए। उता गजुरेलले भने माओवादी नेतृत्वको राष्ट्रिय सरकार गठन नभएसम्म संविधान बनाउन कठिन हुने बताएका छन्।