नयाँ संविधान '२२ दिनभित्रै'
०८ साउन २०७२
•
५ मिनेट पाठ
नयाँ संविधान '२२ दिनभित्रै'
काठमाडौं- सोह्रबुँदे सहमतिकर्ता संविधानसभाका प्रमुख राजनीतिक दलबीच २२ दिनभित्रै नयाँ संविधान जारी गर्ने सैद्धान्तिक सहमति जुटेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बसेको अनौपचारिक बैठकले साउनभित्रै नयाँ लोकतान्त्रिक संविधान जारी गर्ने सैद्धान्तिक सहमति जुटाएको हो।

सोही मितिलाई केन्द्रबिन्दुमा राखेर संविधान लेखनका बाँकी कामलाई पूर्णता दिन संविधानसभाले नयाँ कार्यतालिका बनाउनेछ।

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साउन २५ भित्रै नयाँ संविधान जारी गर्ने प्र्रमुख दलबीच सैद्धान्तिक सहमति जुटेको जानकारी दिए।

'साउन १५ मै नयाँ संविधान दिनुपर्छ भन्ने थियो तर त्यो सम्भव हुन सकेन, अव त्यसमा केही दिन थपिने देखिएको छ,' श्रेष्ठले भने, 'चाँडोभन्दा चाँडो अर्थात् साउन २५ भित्रै संविधान ल्याउने तयारीमा छौं।'

मुस्लिम समुदायको इद पर्व र सुझाव संकलनका लागि छुट्ट्याइएका थप दुई दिनलगायत कारण साउन १५ मा संविधान घोषणा गर्ने १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलको लक्ष्य पूरा हुन नसकेको उनले जानकारी दिए।

प्रमुख चार दलले कुनै पनि बहानामा संविधान जारी गर्न ढिलाइ नगर्नेमा पनि पुनः प्रतिबद्धता जनाएका छन्। बैठकले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने र आफ्नो राय व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ।

'जनताबाट आएका सुझावलाई पनि मध्यनजर गर्दै दलहरुबीच सहमति पनि खोज्दै जाने र संविधान लेखनका प्रक्रियाका काम पनि अघि बढाउँदै लैजानेमा सहमत छौं,' फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले नागरिकसँग भने, 'भोलि (शनिबार) सभाध्यक्षसँग छलफल गरेर साउन मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधान लेखनको कार्यतालिका बनाउनेछौं।'

उनका अनुसार प्रमुख दलका शीर्ष नेता र सचेतकले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेटेर नयाँ कार्यतालिका बनाउनेछन्।

कांग्रेस सचेतक चिनकाजी श्रेष्ठका अनुसार साउन ११ देखि जनताबाट आएका सुझावमा संविधानसभाको पूर्ण बैठकमा छलफल चलाउने लक्ष्यसमेत राखिएको छ।

'जनताबाट आएका सुझावलाई १० गतेभित्र निर्क्याेल गरिसक्ने र त्यसलाई संविधानसभाको ११–१२ गतेका पूर्ण बैठकमा छलफल गर्ने तयारीमा लाग्नुपर्छ,' श्रेष्ठले नागरिकसँग भने, 'त्यहाँ छलफल भएका उचित सुझाव र सभासदको सुझावसमेत संवैधानिक–राजनीतिक संवाद समितिमा पठाउने, त्यहाँ छलफल गरेर टुंगाएपछि उक्त प्रतिवेदन मस्यौदा समितिमा जाने प्रक्रिया छ।'

उनका अनुसार मस्यौदा समितिले संविधानको परिमार्जित मस्यौदा तयार पारेर संविधानसभाको पूर्ण बैठकमा लैजानेछ। 'त्यहाँ पनि संशोधनका प्रस्ताव आउन सक्छन्, फरक मत पनि दर्ज हुन सक्छन् तर संविधान पारित गर्दा नियमावलीअनुसार दुई तिहाइ बहुमतका आधारमा गरिनेछ,' श्रेष्ठले भने।

बैठकले धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत विषयमा पुनर्विचार गर्ने संकेत पनि गरेको छ। एमालेले भने चाँडोभन्दा चाँडो संविधान जारी गर्न जोड गरेको बैठकमा उपस्थित नेताहरुले जनाएका छन्। जनमत संकलन सम्पन्न भएपछि प्रमुख दलबीचको पहिलो बैठक यही हो।

सभाध्यक्ष नेम्वाङसँग कार्यतालिकाबारे छलफल सम्पन्न गरिसकेपछि प्रमुख दलबीच जनमतले सबैभन्दा बढी चाहेको मुद्दा र विषयमा प्रमुख दलबीच छलफल हुने देवले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेतृत्वको उपस्थिति थियो।
अर्को समाचार
निधिले भने– 'संविधान संशोधन प्रस्ताव ४ दिनभित्रै तयार हुन्छ'
२३ कार्तिक २०७३
•
२ मिनेट पाठ
निधिले भने– 'संविधान संशोधन प्रस्ताव ४ दिनभित्रै तयार हुन्छ'
फाइल तस्बिर
धादिङ– उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आउँदो ४ दिनभित्रै संविधान संशोधन प्रस्ताव तयार हुने र कात्तिक मसान्तभित्रै विधेयकका रुपमा संसदमा दर्ता हुने बताएका छन्।

धादिङको ढोला गाविसमा रहेको ढोला आधारभूत विद्यालयको भवन पूननिर्माणको उद्घाटन गर्न धादिङ आइपुगेका निधिले यस्तो बताएका हुन्।  

संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरुबीच सहमति भएको भन्दै मन्त्री निधिले एमालेले आफूहरुसँग छलफल नभएको भन्नु आश्चर्यजनक भएको बताए।

‘प्रमुख प्रतिपक्षी दल एमालेसँग संविधान संशोधनका विषयमा प्रधानमन्त्री र नेपाली कांग्रेसले पटक पटक छलफल गरेका छन्,’ उनले भने, ‘यति गर्दा पनि एमालेले आफूहरुसँग कुनै छलफल नै भएको छैन भन्नु आश्चर्यजनक छ।’

संविधान कार्यान्वयमा एमाले बाधक बनेको आरोप लगाउँदै मन्त्री निधिले एमालेलाई संविधान कार्यान्वयनमा बाधक नबन्न चेतावनी दिए।  

‘दलहरुबीच भएको सहमतिअनुसार संविधान संशोधन गरी तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिकको विषयमा हो,’ उनले भने, ‘यस कार्यमा सबै दलको सहयोग चाहिन्छ।’

अंगीकृत नागरिकताको विषयमा अन्तरिम संविधानले गरेको व्यवस्थालाई नै नयाँ संविधानमा राख्नु पर्ने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस