काठमाडौं- सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता भएको छ।बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा भएकाे वार्तामा सरकारी टोलीबाट कमल थापा, रामजनम चौधरी र रेखा शर्मा सहभागी थिए। मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ सुक्ला, रामनरेश राय यादव र लालबाबुरा राउत सहभागी छन्। वार्तामा राजेन्द्र महतोको पार्टीबाट कुनै नेता उपस्थित छैनन्।
यसअघि नारायणकाजी श्रेष्ठ नेतृत्वको वार्ता टोलीसँग मोर्चाले पाँच बुँदे मागहरु अघि सारेकाे थियाे। सरकारले अधिकांश माग पूरा गरेपनि अहिलेसम्म कार्यन्वयन नगरेको मोर्चाका नेताहरुले आरोप लगाएका छन्। आज हुने वार्तामा त्यही मागहरु पूरा कार्यन्वयन गराउन जोड दिने वार्तामा सहभागी रामनरेश राय यादवले जानकारी दिए। ती मागहरु पूरा गरेमात्र राजनीतिक मुद्दामा वार्ता हुने उनले बताए।
'अहिले अनौपचारिक छलफल भइरहेको छ। यसअघि सरकारले वाचा गरेका हाम्रा सर्तहरु तत्काल कार्यन्वयन गर्नुपर्छ। अनिमात्र राजनीतिक मुद्दामा वार्ताको थालनी हुन्छ,' नेता यादवले बताए।