गोविन्द परियार, काठमाडौं, वैशाख १९ -सत्ता घटक माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बहुमतका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढाउन सहमति भएको छ। तीन दल र मोर्चाबीच पटकपटक भएका बहुपक्षीय बैठकको समीक्षा गर्दै बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्ने सहमति गरेको हो।
'कांग्रेस-एमाले सहमतिमा नआउने भए प्रक्रियाअनुसार बहुमतका आधारमा संविधान निर्माण अघि बढाउने सहमति भएको छ,' बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवले नागरिकसँग भने, 'हामी भोलि (मंगलबार) सम्म पर्खन्छौं, सहमति नभए (माओवादी र मोर्चा) बहुमतका आधारमा प्रक्रिया सुरु गर्छौं।'
दुई सत्ता घटकबीचको बैठकले संविधान निर्माणका जटिल विषयमा छलफल जारी भएको बेला कांग्रेस-एमालेले सरकार परिवर्तनको विषय प्रवेश गराएर संविधान निर्माणमा अवरोध सिर्जना गरेको निष्कर्ष निकालेको छ। 'पहिला कांग्रेस-एमालेले शान्ति प्रक्रिया पूरा होस् अनि संविधान निर्माणमा सहमति गरौं भने,' यादवले भने, 'अहिले शान्ति प्रक्रिया पूरा भएपछि फेरि संविधान निर्माणमा सहमति नै नगरी सरकार परिवर्तनको विषय ल्याएपछि अविश्वास उब्जिएको छ, यसले उनीहरू संविधान नबनाउने बाटोमा अघि बढेको देखिएको छ।'
संविधान निर्माणसँगै दीर्घकालीन साझेदारी गर्ने रणनीति बनाएका माओवादी र मोर्चाले कांग्रेस-एमालेबाट सरकार परिवर्तनको प्रस्ताव आएपछि आफ्नो मोर्चाबन्दी थप बलियो पार्ने निर्णय गरेका हुन्। उनीहरू कांगे्रस-एमालेले संविधान निर्माणका विषयमा छलफल भइरहेका बेला सरकार परिवर्तनको एजेन्डा प्रवेश गराउनु 'संविधान बन्न नदिने षड्यन्त्र' भन्दै बहुमतका आधारमा संविधान बनाउने निर्णयमा पुगेका हुन्।
माओवादी र मोर्चाबीच एकपटक कांग्रेसलाई बाबुराम भट्टराई नेतृत्वकै सरकारमा सहभागी हुन आह्वान गर्ने, नभए बहुमतका आधारमा अघि बढ्ने सहमति भएको छ। 'कांग्रेसलाई यही सरकारमा सहभागी हुन आह्वान गर्छौं,' सिचाइँमन्त्री समेत रहेका यादवले भने, 'उहाँहरू सहभागी हुनु भएन भने पनि यही सरकारले प्रक्रियामा गएर जेठ १४ मा संविधान जारी गर्छ।'
सत्ताका यी दुई घटकले संविधान निर्माणलाई बहुमतीय प्रक्रियाबाट अघि बढाउने सहमति गरेपछि दलहरूबीच विगत केही सातादेखि जारी छलफल उपलब्धिहीन भएका छन्।
दलहरूबीच सहमति गराउने सम्भावना क्षीण हुदै गएपछि माओवादी-मोर्चा बुहमतका आधारमा संविधानको मस्यौदा निर्माण तिर लाग्ने रणनीतिमा देखिएका हुन्। संविधानको मस्यौदा संवैधानिक समितिबाट बहुमतका आधारमा पारित गराउन सकिन्छ। संवैधानिक समितिमा माओवादी र मोर्चाको स्पष्ट बुहमत छ। संविधानसभा अन्तरगतको संवैधानिक समितिले बहुमतका आधारमा पारित गरेको मस्यौदा जारी गर्न मात्रै संविधानसभामा दुई तिहाई बुहमतको आवस्यकता पर्छ। माओवादी र मोर्चाबीच बहुमतका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढाउने सहमतिले उनीहरू कांग्रेस-एमालेलाई बाहिरै राखेर संविधानको मस्यौदा तयार गर्ने रणनीतिमा रहेको देखिन्छ। संविधानसभाको समयसीमा जेठ १४ भित्र संविधानको मस्यौदा पारित गर्दा त्यसपछि संविधान जारी हुन सकेन भने त्यसको दोष कांग्रेस-एमालेलाई लगाउन सकिने माओवादी मोर्चाको ठहर छ।
हात्तीवन रिसोर्टदेखि भएका तीन दल र मधेसी मोर्चाबीच भएको बैठकका श्रृंखलामा मुख्यतयाः शासकीय स्वरूप र संघीयताका विषयमा तीव्र विवाद देखिएको थियो। ती बैठकमा राज्य पुनर्संरचनाबारे माओवादीले दस, कांग्रेसले सात र एमालेले सातदेखि बाह्र प्रदेशको प्रस्ताव ल्याएपछि दलहरूबीच विवाद थप चुलिएको थियो।
शासकीय स्वरूपमा पनि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति कुनै हालतमा नछोड्ने र कांग्रेसले स्वीकार नगर्ने अडानका कारण पटक-पटकका वार्ता निष्कर्षविहीन भएका थिए। एमालेले भने माओवादी र कांग्रेसले उठाउँदै आएको प्रणालीबीच प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा आफूलाई उभ्याएको छ।
माओवादी-मोर्चा बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव पोष्टबहादुर बोगटी सहभागी थिए। मोर्चाबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्त ठाकुर, गणतान्त्रिक फोरमका कार्यवाहक अध्यक्ष राजकिशोर यादव, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री राजेन्द्र महतो, सिंचाइँमन्त्री यादव लगायत सहभागी थिए।