नयाँ संविधानमा तराई
०७ असोज २०७२
•
१४ मिनेट पाठ
नयाँ संविधानमा तराई
संविधान सभाका ९० प्रतिशतभन्दा बढी सभासद्को सहमतिमा नवीन संविधान जारी भयो। ८ वर्षदेखि संविधानको प्रतीक्षामा रहेका जनतामा मूल कानुन जारी भएको खबरले उत्साह ल्याउनु अस्वाभाविक भएन। अक्षमताको आरोप खेप्तै आएका सभासद्लाई संविधान निर्माणले जिउ हलुँगो हुने नै भयो। तर, के बहुप्रतिक्षित संविधानको घोषणाले मेचीदेखि महाकाली तथा हिमालदेखि तराईसम्मका नेपालीलाई एकताको सूत्रमा बाध्यो त? त्यसको चिरफार हुनुपर्छ।




सहभागितात्मक प्रजातन्त्र संस्थागत गर्न केवल उत्कृष्ट नियमकानुन बनाउनुमात्र पर्याप्त हुँदैन, त्यसमा सबै पक्षको सहभागिता आवश्यक हुन्छ। प्रजातन्त्र मजबुत बन्न विधिको शासन मात्र पर्याप्त हुँदैन। नियमकानुनको अक्षरसः पालन भएर पनि न्यायोचित परिणाम आउन नसक्ने हो भने प्रजातन्त्रले संस्थागत स्वरूप लिन सक्दैन। संविधान लेख्न थाल्नुअघि नै नेपाली कांग्रेस, नेकपा (एमाले) तथा एनेकपा (माओवादी) बीच संविधान जारी भएपछि राज्यका प्रमुख पदहरू कसरी बाँडफाट गर्ने भन्ने विषयमा सहमति भयो। संविधान बनेपछि प्रधान मन्त्रीको पद एमाले, राष्ट्रपति कांग्रेसले पाउने र सभामुख एमाओवादीको हुनेगरी मिलाइयो। केपी शर्मा ओली प्रधान मन्त्री बन्ने, राष्टरूपतिको रूपमा रामवरण यादलाई सुशील कोइरालाले प्रतिस्थापन गर्ने सहमति भएको खबर सार्वजनिक भयो। जति छिटो संविधान जारी गर्न सक्यो त्यति छिटो प्रधान मन्त्री बन्न पाउने नशा चढ्यो ओलीलाई। त्यस्तै, गिरिजाप्रसादले हत्याउन नसकेको राष्ट्रपति पद पाउन सुपर फास्ट ट्रयाकबाट संविधान जारी गर्न तयार भए सुशील। दोस्रो संविधान सभामा साख गुमेको एमाओवादी आफ्नो अस्तित्व जोगाउन संविधान निर्माणको लागि कुनै पनि सम्झौता गर्न तयार भयो। सभामुखको पद पाउने भएपछि एमाओवादी थप पुलकित हुने नै भयो। कांग्रेस, एमाले तथा एमाओवादीले संविधान सभामा पाएको सिट संख्या संविधान बनाउन आवश्यक दुईतिहाइभन्दा अधिक भएपछि तिन चाहँदा संविधान बन्ने भयो। बाँकी रहेका दलहरू थपिँदा संविधानका विषयमा सहमति गर्न अधिक समय लाग्ने तथा पदप्राप्तिमा थप समय लाग्ने भएकाले ३ दल धेरै पक्षलाई संविधान लेखनको अभियानमा ल्याउने प्रयासमा लागेनन्। पछि मधेसवादी कित्ताबाट वहिस्कृत भएका विजय गच्छेदार संविधान लेख्ने ३ दलमा मिसिन पुगे। दोस्रो संविधान सभाको निर्वाचनमा दयनीय अवस्था भोगेका तराईकेन्द्रित दलहरू सभासद्को संख्याले गर्दा संविधान लेखनमा आफ्नो कुनै भूमिका नरहने ठहर गर्दै बाहिरिए, संविधान सभाबाटै राजिनामा गरे। मधेसवादी दलहरूको निर्णय ३ दलका लागि 'के खोज्छस् कानो आँखो'जस्तै भयो। गच्छेदारले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक मात्र तराईको प्रतिनिधिको रूपमा संविधान लेखनमा सहभागी भयो। ४ दल मिलेर संविधान लेख्ने काम गरे।

प्रथम पुस्ताको नेतृत्वमा झन्डै शून्यको संख्यामा मधेसी प्रतिनिधि रहेका कांग्रेस, एमाले तथा एमाओवादीले संविधानको मस्यौदा लेखनलाई समावेशी बनाउन सकेनन्। नियतिले 'मधेसेहरू पनि नेपाली नै हुन् त' भन्ने मानसिकता रहेका वर्गको संविधान लेखनमा बोलवाला रह्यो। पूर्वप्रधान मन्त्री तथा एमालेको पूर्वअध्यक्ष झलनाथ खनालले मधेसेलाई 'धोती' भनेर सम्बोधन गर्नु अनि आफ्नो राज्यमा समथर भूभागजति सबै चाहिने भए बिहार तथा उत्तर प्रदेश जानु भन्ने अभिव्यक्ति तथा तराईमा भएको आन्दोलनमा मारिएका नागरिकलाई धेरै फलेको आँपको रुखबाट केही आँप झर्दा आत्तिनु हुँदैन भनी एमाले अध्यक्ष ओलीले दिएको उपमा हेर्दा वर्तमान संविधान लेखनमा तराईका नागरिकलाई गैरनेपाली नागरिक ठान्ने व्यक्ति संविधान लेखनमा हाबी भए भन्न कठिन पर्दैन। अन्तरिम संविधानमा लिखतले संघीय प्रदेशको भौगोलिक सीमा कायम नगरी नयाँ संविधान पूर्ण हुन नसक्ने भनी फैसला दिने सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल तथा सीमांकनसम्बन्धी सर्वोच्चले दिएको आदेश पालन गरियोस् भनी कानुनी राज्यको अवधारण स्मरण गराउँदा राष्ट्रपति यादवले खेप्नुपरेको आरोप पुरानो भएको छैन। प्रचलित कानुनअनुरूप फैसला गर्ने न्यायमूर्ति लाल र सर्वोच्चको आदेशको पालन गरियोस् भनी अभिव्यक्ति दिने राष्ट्रपतिले यदि मधेसे भएकै कारण आलोचनाको पात्र बन्नु पर्ने भएपछि मधेसेले नेपाली नागरिकको रूपमा बस्ने वातावरण बनेको छ–छैन त्यसको निर्क्योल बौद्धिक बहसको विषय बन्यो।

करिब ८ वर्षअघि तराई आन्दोलनका कारण मधेस जलिरहेको थियो। राष्ट्रिय पार्टीका अधिकांश नेता किंकर्तव्यविमूढ भएको अवस्थामा कांग्रेसका तत्कालीन महामन्त्री रामवरण यादव तराई आन्दोलनविरुद्ध एक्लो उभिन पुगे। हिमाल, तराई र पहाडको अपरिहार्यताको वकालत गर्दा रामवरणलाई राष्ट्रवादीको दोसल्ला ओढाइयो त्योबेला। अहिले प्रक्रियाबाट बाहिर भएका मधेसकेन्द्रित दलहरूलाई सामेल गरी संविधान जारी गरौँ भन्दा त्यही रामवरणले राष्ट्रविरोधी र मधेसी समर्थकको बिल्ला भिड्नुपर्ने अवस्था आउँछ भने हाम्रो सहिष्णुतालाई कसरी मूल्यांकन गर्ने होला! मुलुकको राष्ट्रपतिका विरुद्धमा कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले संविधान सभामा बिष बमन गर्दा सभासद्हरूले कर्तलध्वनिका साथ उनको स्वागत गर्छन् भने मधेसीसहितको नेपाल बन्न सक्ला भनी प्रश्न गर्नैपर्ने हुन्छ।

कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसहितको ४ दलले भौगोलिक सीमांकनसहितको ६ राज्यको घोषणा गरे। उक्त सीमांकनमा केकस्ता राजनीतिक तथा प्राविधिक पक्षलाई समेटिएको थियो, त्यो बेग्लै बहसको पाटो बन्न सक्छ। सीमांकनको विरुद्धमा बाग्लुङ, सुर्खेत तथा जुम्लामा आन्दोलन भयो। केही धनजनको क्षति हुनेबित्तिकै गच्छेदारको विरोधका अतिरिक्त ३ दलले एकमतका साथ राज्यको क्षेत्रफल हेरफेर गरे अनि प्रदेश संख्या ७ पुग्यो। यद्यपि, उक्त परिमार्जनको कुनै पनि वैज्ञानिक आधार देखिन्न। त्यसलगत्तै राज्यको भौगोलिक सीमांकनको विषयलाई लिएर कैलालीलगायत तराईका विभिन्न भागमा लामो आन्दोलन भयो, दर्जनौँ नागरिकको ज्यान गयो। तर, ठूला ३ दल उनीहरूको माग सुन्न तयार छैनन्। बाग्लुङ, सुर्खेत तथा जुम्लामा आन्दोलन हुनेबित्तिकै समाधान खोज्ने ठूला ३ दलले तराईको विस्तारित भूभागमा हिंसात्मक आन्दोलन चम्कँदा समेत किन समाधान खोज्न तत्परता देखाएनन्? पहाडेको बर्चस्व रहेको ३ दलका नेताले पहाडी भूभागको आन्दोलनमा पहाडे मारिएकाले महŒव दिएको अनि तराईमा मधेसे मारिएकाले वास्ता नगरेको हो? समान समस्यालाई समन्यायको आधारमा समाधान खोजिनुपर्छ।

संविधान निर्माणको प्रक्रियामा मधेसवादी दलहरूलाई समेत सहभागी गराउन संविधान घोषणाको कार्यक्रम केही दिन पछि धकेल्ने उद्देश्यका साथ भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीका विशेष दूत नेपाल आए, तर आफ्नो लक्षमा पुग्न सकेनन्। कूटनीतिकरूपमा अन्तर्राष्ट्रिय क्षितिजमा भारतको यो एउटा लज्जास्पद पराजय हो। विश्व राजनीतिमा उदीयमान भारतले आफ्नो कूटनीतिक पराजयको प्रतिशोध नेपालजस्तो सानो छिमेकीको आन्तरिक राजनीतिमा दखल गरी नहाल्ला। तर, अन्तर्राष्ट्रियस्तरमै कद उँचो बनाइसकेको भारतले आफ्ना निर्देशन पूरा गर्न २०४६ सालमा जस्तै नेपालबिरुद्ध नाकाबन्दी गर्ने अवस्था देखिन्न, तर ठोकुवाचाहिँ गर्न सकिन्न! यद्यपि, आफ्नो देशको सीमासँग जोडिएको भूभागमा हुने दंगाफसादको प्रभावप्रति भारत सजग नहुने भन्ने प्रश्नै हँुदैन।

कलकत्तामा जन्मिएका प्रशान्त तामाङ सन् २००७ मा भारतमा सञ्चालित 'इन्डियन आइडल' नामको गायन कार्यक्रममा प्रथम भए। उनको नेपालसँगको साइनो भनेको नेपाली भाषाभन्दा अरु केही थिएन। नेपाली भाषा बोल्ने एउटा तामाङ केटो भारतीय टेलिभिजनको कार्यक्रममा उत्कृष्ट हुँदा नेपालको, मुख्य त पहाडी समुदायमा ठूलो खुसियाली मनाइयो। प्रधान मन्त्री गिरिजाप्रसादले आफ्नो निवासमै तामाङको स्वागत गरे। नेपाली मूलका भूटानीलाई नेपालले शरणार्थीको रूपमा ग्रहण गर्योा। सिक्किम तथा भारतको अन्य भागमा नेपाली मूलका मानिसमा ज्यादति हुँदा नेपालमा बस्ने पहाडेको मन दुख्छ भने त्यही कुरा भारतीय जनता तथा सरकारको हकमा पनि लागु हुने सत्य स्वीकार्न अन्कनाउनु हुँदैन। नेपालको तराईमा बस्ने मधेसे र सीमापारि बस्ने भारतीय भाषा, रहनसहन चाडपर्वले मात्र बाँधिएका छैनन् बरु शदियौँदेखि चल्दै आएको वैवाहिक सम्बन्धका कारणसमेत उनीहरूको पारिवारिक सामिप्य छ। मधेसमा सरकारले जति ज्यादति गर्दा पनि भारतले नेपालको आन्तरिक मामला भनी कानमा तेल हाली बस्ला भन्ने कसैले सोच्छ भने त्यो गलत हुनेछ। भारतका गृह मन्त्री राजनाथ सिंहले तराई आन्दोलनलाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई गम्भीरताका साथ लिनैपर्छ। नेपाली भाषाभाषी भएकै कारण अन्य देशका नागरिकलाई हामी सम्मान प्रकट गर्छाैं भने उक्त मान्यता अन्य मुलुकको हकमा पनि लागु हुन्छ नै।

वर्तमान संविधान सभामा मधेसी, थारू सभासद्को संख्या ९६ थिए, तर उक्त समुदायका केवल ४० सभासद्ले मात्र संविधान निर्माण प्रक्रियाको विरोध गरे। यही कारण तराईको समस्यामा कुनै दम नरहेको एउटा पक्षको मान्यता छ। संख्याको हिसाबमा हेर्दा कुरा ठीकै जस्तो देखिन्छ। तर, राजनीतिक यथार्थ गणितको जोडघटाउभन्दा फरक हुन्छ। तराईमा निर्दोष मानिस दिनदहाडै मारिँदा कुन नेपालीको मन रुँदैन?
अर्को समाचार
थारुका पाँच मुद्दा नयाँ संविधानमा समेटिएको छैन : गोपाल दहित
०२ असोज २०७२
•
१७ मिनेट पाठ
थारुका पाँच मुद्दा नयाँ संविधानमा समेटिएको छैन : गोपाल दहित
काठमाडौं- थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सभासद् गोपाल दहितले नयाँ संविधानमा थारुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनले यो संविधानले सहमति भइसकेका धेरै कुरालाई कटौति गरेको आरोप लगाउँदै यस्तो संविधान स्वीकार्न नसक्ने बताए।'आन्दोलनरत जनताले यो संविधान हाम्रो पक्षमा नभएको बताइरहेका छन्। यसर्थ जनताको निर्णय हाम्रो निर्णय हो। यसलाई हामी स्वीकार्दैनौं। बहिस्कार गर्छौं,' नागरिकन्युसँगको कुराकानीमा दहितले भने।




उनले मुख्यतः पाँच कुरा संविधानसभा नसमेटिएको आरोप लगाए। सीमांकन, समानुपातिक समावेशी रोजगारीको हक, सरकारी कामकाजीमा स्थानीय भाषाको प्रयोग, मातृभाषामा सूचनाको हक र मातृभाषामा पढ्न पाउने हकको ग्यारेन्टी र संवैधानिक आयोगमा समानुपाति समावेशी नियुक्तिको हकलाई कटौति गरिएको उनले बताए।

उनीसँग गरिएको कुराकानी पढ्नुस्

'यो संविधानलाई हामी स्वीकार्दैनौं'


Gopal_Dahit_02.jpg

दोस्रो संविधानसभाले नेपालको संविधान २०७२ घोषणा गर्दैछ। संविधानसभा बाहिर रहेर आन्दोलन गरिरहँदा तपाईँलाई कस्तो लागिरहेको छ?
थरुहट तराई पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने हामी दुई जना सभासद् संविधानसभाको साक्षी होइन। हामीले सदियौंदेखि उत्पीडनमा परेका थारु, आदिवासी जनाजति, मुस्लिम, महिला र मधेसीको पक्षमा संविधान बनाउनुपर्छ भनिरहेका छौं। त्यसका निम्ति संविधानका धारा उपधारा व्यवस्थित हुनुपर्छ भनेर संघर्ष गयौंन। संविधानसभाभित्र तर्कसहित बहस गर्यौंा। संविधानसभाका विभिन्न समितिमा आवाज उठायौं। थारुलाई जुन मधेसीको बास्केटमा राखिएको थियो, त्यसलाई अलग गर्नुपर्छ भनेर लड्यौं। यसमा सफल पनि भयौं। नयाँ संविधानमा थारुको छुट्टै पहिचान समेटिएको छ। त्यो हाम्रो लडाइँ र उपस्थितिको कारणले सम्भव भएको हो। धर्मनिरपेक्षताको सबालमा पनि हामीले धेरै बसह गर्यौंस। त्यसमा पनि सफलता प्राप्त गर्यौंर। हामीले समानुपातिक समावेशी प्रतिनिधित्वको सबालमा हामी लड्यौं। कांग्रेस-एमालेले समानुपातिक निर्वाचन प्रणालीको विरोधका बावजुद निर्वाचन प्रणालीमा प्रत्यक्ष र समानुपातिक प्रणाली सम्भव भयो। त्यसमा पनि हामी जित्यौं। यस मानेमा संविधानसभाभित्र हाम्रो भूमिका सक्रिय रह्यो।

हामीले प्रतिनिधिको रुपमा धेरै गर्यौं । त्यति हुँदाहुँदै पनि सदियौंदेखि उत्पीडनमा परेकाहरुको थप अधिकार सुनिश्चित गर्नुपर्ने सबालमा धेरै बहस भयो। संविधानसभामा फरक मत र संसोधन प्रस्ताव पनि दर्ता गरायौं। पहिचानका पाँच र सामर्थ्यका चार आधारमा सीमांकन गर्ने सहमति बन्यो। सहमति कार्यन्वयन गर्ने क्रममा तीन दलका तीन नेताको ब्यक्तिगत स्वार्थले, उनीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई सुरक्षित राख्ने हर्कत गरे। र, संविधानसभाले सीमांकनको मुद्दालाई सम्बोधन गर्न सकेन। जसको मारमा थारु, मधेसी र मगरहरु परेका छन्। त्यही कारणले अहिले हामी सडकमा छौं। आन्दोलनमा छौं।

संविधानसभाले संविधानको धारा पारित गर्दा वा संविधान जारी गरिरहँदा उपस्थित हुनपाए हुन्थ्यो जस्तो लागेन?
संविधानसभाका विभिन्न गतिविधिमा भाग लिँदा के महसुस हुन्थ्यो भने, केही दलका केही नेताहरुको संकीर्ण स्वभावले अन्ततगोत्वा थारुविरुद्ध, आदिवासी जनजातिवरुद्ध संविधान आउँछ। यस्तो स्थिति देखिसकेपछि संविधानसभाको विभिन्न गतिविधिमा हामी सहभागी भएनौं। बहिस्कार गर्यौंक। संविधानसभा बिहस्कार गएर हामीलाई पछुतो छैन। किनभने हामी त्यहाँ उपस्थित भए पनि फरक म राख्ने थियौं। सुझावमात्र राख्ने थियौं। पाउने स्थिति केही थिएन। जतिसुकै जनताका पक्षमा कुरा गरेपनि पार्टी ह्विपले हाम्रो पक्षमा भोट दिने सभासद् हुँदाहुँदै उहाँहरु हाम्रोविरुद्ध भोट दिने स्थिति बनेकाले बाहिर आयौं। उँदा पनि असहज स्थिति भएन।

नयाँ संविधानमा तपाईँहरुका कुन कुन माग समेटिएनन्?
प्रमुख कुरा भनेको प्रदेशको सीमांकन हो। प्रदेशको सीमांकन एकदमै एकपक्षीय भएको छ। प्रदेशको सीमांकन कथित उच्च जाति, बाहुन क्षेत्रीहरु बहुमतमा हुनेगरी गरिएको छ। यहाँका थारु, मगर, मुस्लिमहरुको सघन क्षेत्रलाई खण्डित गर्नेगरी सीमांकन गरिएको छ। यो सीमांकन एकदमै विभेद्पूर्ण, अवैज्ञानिक र अव्यवहारिक छ। पहिले भएका सहमतिविरुद्ध छ।

दोस्रो भनेको समानुपातिक समावेशी रोजगारीको हक। जुन जनताको पक्षमा छैन। उत्पीडनमा परेका जाति वर्गको हकमा छैन। अन्तरिम संविधान २०६३ को धारा ३८ मा स्पष्ट व्यवस्था गरिएको थियो। जहाँ समाजिक न्यायको हक छ। सरकारी जागिरमा जातीय जनसंख्याको आधारमा, विविधताको आधारमा समानुपातिक समावेशी रोजगारी हकको सुनिश्चित गरिएको थियो। तर अहिलेको व्यवस्थामा मौलिक हकमा समानुपातिक समावेशी रोजगारी र प्रतिनिधित्वको कुरा राखिएको छैन। जानाजान त्यसलाई कटौति गर्ने काम भएको छ। जुन सीमांकन/नामांकनपछिको प्रमुख मुद्दा हो।

यसलाई विविधमा गएर समानुपाति समावेशी रोजगारीको व्यस्था गरिनेछ भनी घुमाइ फिराइ भाषा प्रयोग गरिएको छ। जुन नियतबश गरेको देखिन्छ।

तेस्रो, सम्बन्धित प्रदेशमा दुई वा दुईभन्दा बढी भाषाहरु सरकारी कामकाजको भाषा हुनसक्नेछन् भनी पहिल्यै सहमति भएको थियो। 'सम्बन्धित प्रदेशमा एक वा एकभन्दा बढी स्थानीय भाषाहरुलाई प्रदेशको कानुनले तोकिएबमोजिम सरकारी कामकाजीको भाषा बनाउन सकिने' भनिएको छ। जुन गोलमटोल छ। यसले गर्दा कुनै पनि स्थानीय भाषा सरकारी कामकाजी भाषा बन्न सक्दैन। स्थानीय भाषाहरु सरकारी मान्यता प्राप्त गर्न सक्थ्यो त्यसलाई पनि नदिने स्थिति बनाइएको छ।

चौथो, मातृभाषामा सूचनाको हक र मातृभाषामा पढ्न पाउने हकको ग्यारेन्टी योभन्दा पहिले संविधानसभाले गरिसकेको थियो। सहमति पनि भइसकेको थियो। मस्यौदामा पास भइसकेको विषयलाई संविधान पारित गर्ने बेला हटाइयो। जुन कुरामा नेपालले अन्तर्राष्ट्रिय दस्तावेजमा पनि हस्ताक्षर गरिसकेको छ। यसले जानाजान थारु, मधेसी, दलित, राइ, लिम्बुले मातृ भाषामा सूचना र पढ्न नपाउन् भनिएको हो।

पाँचौं, प्रतिनिधि सभा र राष्ट्रिय सभा गठन गर्दा र प्रदेश सभा गठन गर्दा समानुपातिक समावेशीको आधारमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो। तर अहिले यो प्रावधानलाई पनि हटाइएको छ। प्रत्यक्ष निर्वाचनमा मात्र सहभागी गराउने तर कसरी त्यहाँ सबै जातजातिको उम्मेदवार बनाउनेबारे केही कुरा राखिएको छैन। जुन जानाजान गरिएको छ। प्रत्यक्षमा ६० प्रतिशत राखिएको छ। जुन हामीविरुद्ध छ।

विभिन्न संवैधानिक आयोगहरुमा कर्मचारी नियुक्ति गर्दा समानुपाति समावेशी नियुक्ति गरिनेछ भनिएको थियो। जुन सहमति भएको कुरा हो। तर अन्तिम समयमा त्यो पनि हटाइयो। यस्ता धेरै कुरा नयाँ संविधानमा समेटिन सकेको छैन। यहाँका थारु आदिवासी दलित र मुस्लिमहरुको प्रतिनिधित्व र अधिकार कटौति गरेर कथित उच्च जातिकै पक्षमा उनीहरुकै हालीमुहाली बनाउनेगरी एकपक्षीय रुपमा ब्रह्मणवादी संविधान बनाइएकोफ छ। यो जनताको पक्षमा छैन। यो कथित उच्च जातिको पक्षमा छ।

कसले किन कटौति गर्यो?
स्पस्ट छ। जो ठूला दलका ठूला नेताहरु छन्। उनीहरुले नै निर्णायक भूमिका निर्वाह गरे। उहाँहरुकै निर्देशनमा संविधानका मस्यौदा तयार भयो। आदिवासी, मधेसी, थारुहरुको अधिकार सुनिश्चित भएकालाई उहाँहरुले नै कटौति गर्न लगाए। कसको निर्देशमा कटौति भएको हो नेपाली जनताले बुझेका छन्।

सुशील कोइराला केपी ओली र प्रचण्डले कटौति गरेका हुन्?
त्यसमा दुई मत छैन। उहाँहरुकै प्रत्यक्ष संलग्नतामा आदिवासी जनाजति, थारु, मधेसीको अधिकार, पहिचान कटौति गरेर संविधान जारी गरिएको हो।

सरकारले असJज ३ गते संविधान जारी गरेसँगै आम जनतालाई दीपावली गर्न आह्वान गरेको छ। तपाईँहरु चाहिँ के गर्नुहुन्छ?
यो संविधान जनताको पक्षमा छैन। संविधान जनताको पक्षमा आउँदैन भनेरै हामीले संविधानसभा पनि बहिस्कार गर्यौंह। परिणामस्वरुप तराईका हजारौं जनता आन्दोलनमा छन्। आन्दोलनरत जनताले भनिरहेका छन्- यो संविधान हाम्रो पक्षमा आएन। यसलाई हामी स्वीकार्दैनौं। बहिस्कार गर्छौं। यसर्थ जनताले जे निर्णय गर्छ त्यसलाई हामीले स्वीकार्छौं।

३ गतेपछि आन्दोलनको स्वरुप कस्तो हुन्छ?
आन्दोलन शान्तपूर्ण हुन्छ। तर सशक्तरुपमा लाखौं जनताको सहभागीमा आन्दोलन अगाडि बढ्छ। हामीले सरकारी निकाय, राजमार्ग, ब्यापार व्यवसायलगायत ठप्प पार्छौं। यो आन्दोलन तबसम्म जारी रहन्छ जबसम्म हाम्रो अधिकार पहिचान स्थापित हुँदैन। प्रदेशहरुको सीमांकन सच्याइँदैन।

थारु अगुवाहरुले नेतृत्व लिन सकेनन् भन्ने आरोप छ नि?
आन्दोलन गरिरहँदा विभिन्न खालका क्रिया प्रतिक्रिया आउँछन्। सत्ता पक्ष र विभिन्न शक्तिले आन्दोलनकारीलाई लोभ लालच, धरधम्की देखाउँछन्। यो विश्वब्यापी ट्रेन्ड हो। त्यसबाट थारुको आन्दोलन पनि अछुतो छैन। जनताको आन्दोलनले जब आधीबेरी सिर्जना गर्छ तब कमजोर नेतृत्व पाखा लाग्छन् र सशक्त र जनताको भावनाअनुसार नेतृत्व गर्नेहरु अगाडि बढ्छन्। उनीहरुले उठाएका माग एजेन्डा स्थापित पनि हुन्छ।

तर यसले आन्दोलन झनै कमजोर बनाउँदैन र?
नेतृत्व कमजोरले मात्र आन्दोलन कमजोर हुँदैन। मुख्य चिज भनेको मुद्दा हो। मुद्दाले आन्दोलनलाई नेतृत्व गर्छ। थरुहट आन्दोलन पनि कुनै ब्यक्तिको अनुहार हेरेर गरिएको होइन। मुद्दा स्थापित गराउनेगरी आन्दोलन गरिएको हो। त्यही भएर ब्यक्ति भन्दा मुद्दा अहं हुन्छ।

तराई-मधेसको आन्दोलन एकदमै हिंस्रक भयो भन्ने आरोप छ नि?
आन्दोलनको प्रमुख केन्द्रबिन्दु तराई बन्दै गएको छ। यसको मूल कारण शासक र ठूला दलका ठूला नेताहरुको व्यवहारले भएको हो। पहाड-हिमालमा दुई चार हजारले आन्दोलन गरे माग सम्बोधन हुने। तर तराईमा महिनौंदेखि लाखौं संख्यामा थारु मधेसी र मुस्लिमहरुले आन्दोलन गर्दा उल्टै आन्दोलन दबाउने, सेना-प्रहरी परिचालन गरेर दमन गर्ने काम भइरहको छ। यही व्यवहारले राज्य थारु मधेसीप्रति कति संकीर्ण छन् बुझ्न सकिन्छ। राज्य र शासकको गल्ती र कमीकमजोरीले सबै भइरहेका छन्। त्यसैले उनीहरुको सद्धबुद्धि पलाउन जरुरी छ।

प्रधानमन्त्रीसँग किन सार्थक वार्ता भइरहेको छैन। खासमा के कुरा हो नमिलेको?
प्रधानमन्त्रीले पटक-पटक हामीलाई वार्तामा बोलाएकै हो। वार्ता बस्नका लागि केही सर्त पनि हामीले अघि सार्यौ्। तर मूल कुरा वार्तालाई सार्थक बनाउन सक्नुपर्छ। वार्ता सार्थक भएन भने त्यसको कुनै अर्थ छैन। विगतमा नेपाल सरकासँग, संविधानसभासँग सरोकार राख्नेहरुसँग १ सय ४८ सम्झौता भएका छन्। त्यसमध्ये अधिकांश सम्झौता कार्यन्वयन भएको छैन। यसर्थ उधारो सम्झौता गर्न हुँदैन। तत्काल कार्यन्वयन हुने भएमात्र वार्ता र सम्झौता गरिनुपर्छ।

आन्दोलनमा होमिएका एमाओवादी र नेपाली कांग्रेसका थारु सभासद्हरु पनि संविधानसभामा सहभागी भए त?
संविधानसभामा रहेका एमाले, कांग्रेस र एमाओवादीका थारु, मधेसी र दलित सभासद्हरुले आफ्नो तर्फबाट संसोधन प्रस्ता राखेकै हो। तर पार्टीको दबाबका कारण उहाँहरु बाध्य भएर संसोधन प्रस्ताव फिर्ता लिनुभयो। सभासद् पद बचाउने दाउँ पनि हुनसक्छ उहाँहरुको। तर उहाँहरु फर्कियो भन्दैमा आन्दोलन रोकिँदैन। कथित बाहुनहरुले थारु, मधेसीलाई दबाब दिएर संविधान बनाउन बाध्य पारियो। खण्डित गरेर संविधान बनाउने काम ऐतिहासिक भूल हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस