विराटनगर–नेपाली काँग्रेसका नेता रामशरण महतले संविधानमा भएका प्रावधान बारे गलत सूचना प्रवाह गरी तराई मधेसमा आन्दोलन चर्काइएको आरोप लगाएका छन्।शनिबार विराटनगरमा नेपाल प्रेसयुनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले गलत सूचनाकै आधारमा तराई मधेस आन्दोलित भएको दाबी गरेका हुन्। महतले संविधानले पछाडि पारिएका, दलित, जनजाती र मधेसीलाई नै सबै भन्दा बढी अधिकार दिएको बताए।
उनले भने, 'संविधानले अधिकार दिएपनि गलत सूचना प्रबाह गरी आन्दोलन गराईएको छ।' उनले समस्याको संवैधानिक रुपमा राजनीतिक निकास निकाल्नु पर्ने बताए। उनले भने, 'संवैधानिक रुपमा संसदबाट निकास निकाल्नु पर्छ, नाकाबन्दी गरेर जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन।' उनले बैदेसिक व्यापारलाई आन्तरिक राजनीतिसँग जोडेर पारबहन अबरुद्ध नपार्न भारतलाई आग्रह पनि गरे।