मधेसी मोर्चाभित्र असन्तुष्टि चुलियो
२७ वैशाख २०७३
•
७ मिनेट पाठ
मधेसी मोर्चाभित्र असन्तुष्टि चुलियो
काठमाडौँ-जारी संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन आबद्ध दलहरुबीच नै असन्तुष्टि चुलिएको छ। तराई मधेस केन्द्रित राजनीतिक दलले मोर्चाबन्दी गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गर्दै आएका थिए ।लामो समयको तराई आन्दोलनपश्चात् आन्दोलन कमजोर बन्दै गएपछि संविधानप्रति असन्तुष्टि जनाउने अन्य जातीय तथा क्षेत्रीय राजनीतिक दललाई एकत्रित गरी सङ्घीय गठबन्धन बनाइएको थियो । गठबन्धनको बैठकले फोरम अध्यक्ष यादवलाई संयोजक बनाएपछि मोर्चा आबद्ध प्रमुख दलबीच तीव्र असन्तुष्टि बढेको हो ।

पछिल्लो समय मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउन गठबन्धनभित्र र बाहिरका दल, सङ्गठनसँग छलफल गर्दै आइरहेको भएपनि मुख्य गठबन्धनभित्रै असन्तुष्टि बढिरहेको छ । गठबन्धनले बोलाएको पछिल्ला बैठकमा प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टीलगायतका नेताहरु उपस्थिति नभएपछि गठबन्धन अन्योलमा परेको छ ।

यद्यपि ती दुवै दलका नेताले भने पार्टीको आन्तरिक कार्य व्यस्तताले गर्दा बैठकमा सहभागी हुन नसकेको बताएका छन् । असोजको पहिलो साता संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको थियो । बुझिएअनुसार गठबन्धनप्रति असन्तुष्टि जनाउने अधिकांश तराई केन्द्रित दल छन् । उनीहरुले मोर्चाको आडमा आन्दोलन उचाइमा पुगेको र अहिले मोर्चालाई बाइपास गरेर गठबन्धनलाई प्राथमिकता दिइएको भन्दै नेताहरुले समाजवादी फोरमका अध्यक्ष यादवप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् ।

गठबन्धनको एक घटक तमलोपाका महामन्त्री एवम् प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले आन्दोलनको मुटु मधेसी मोर्चालाई बाइपास गरेर गठबन्धनलाई प्राथमिकता दिएकाले केही विवाद बढेको बताए। "देशमा आन्दोलन खडा गरेको मधेसी मोर्चाले हो, त्यसैले यो आन्दोलनको मुटु हो सङ्घीय गठबन्धन शरीर हो, मुटुबिना शरीर कसरी चल्छ । आज पनि आन्दोलनको सशक्त ऊर्जा मोर्चामा नै छ, आन्दोलनबारे असन्तुष्टि देशभर छ भनेर गठबन्धन बनाइएको हो" उनले भने। मोर्चालाई बेवास्ता गरेर अघि बढ्दा आन्दोलन नै कमजोर हुने मोर्चाका नेताहरुको भनाइ छ ।

प्रवक्ता शुक्लले भने-"सबैको असन्तुष्टिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पुर्याउन गठबन्धन बनाएका हौँ । पहाडको आन्दोलन पहाडमै मधेसको आन्दोलन मधेसीले नै र राजधानी केन्द्रित आन्दोलन सबै मिलेर गर्ने गठबन्धनको मूल सूत्र यही नै हो । तर मोर्चा (मूल आधार) लाई छोडेर अघि बढ्दा आन्दोलन कमजोर हुन्छ ।"

मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको सक्रियतामा पहाड, हिमाल केन्द्रित जातीय तथा क्षेत्रीय सङ्गठनलाई समेटेर सङ्घीय गठबन्धन बनाइएको थियो । गठबन्धनमा २९ दल सहभागी छन् । करिब एक महिनाअघि उक्त गठबन्धनको पहिलो संयुक्त कार्यक्रम राजधानीमा गरिएको थियो, जहाँ गठबन्धन आबद्ध सबै दलका शीर्ष नेताहरुको सहभागिता थियो ।

सद्भावना पार्टीका महासचिव मनिस सुमनले गठबन्धनको पछिल्ला बैठकमा पार्टीको कार्यव्यस्तताले उपस्थिति जनाउन नसके पनि पछिल्लो समय गठबन्धनभित्र अन्तरसङ्घर्ष चलिरहेको स्वीकारे। "गठबन्धन राम्रो हो तर मधेसी, थरुहट, लिम्बुवान, जनजाति आन्दोलनलाई निमिट्यान्न गर्ने अधिकार कसैलाई छैन, सबैको आ–आफ्नो पहिचानलाई जोगाएर अघि बढ्नुपर्छ । सङ्घीय गठबन्धन सबैको छाता सङ्गठन हो ।"

गठबन्धनभित्रको विवाद बढ्दै गए पनि दुवै पक्षका नेताहरुले भने आउँदो जेठ २ गतेदेखि हुने राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउन गठबन्धन लागिपरेको बताएका छन् । सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनभित्र कुनै किसिमको समस्या नरहेको बताउँदै राजधानी केन्द्रित आन्दोलनलाई प्रभावकारी बनाउन लागिपरेको जानकारी दिए।

"गठबन्धनमा कुनै खटपटी आएको छैन, एकाध पार्टीका नेता राजधानीमा नहुँदा केही नकारात्मक हल्ला छाएको हो । अब सबै नेताहरु राजधानीको आन्दोलनमा केन्द्रित हुनेछन्" – उनले भने। गठबन्धनभित्र विभिन्न किसिमका टीकटिप्पणी चलिरहे पनि सङ्घीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई प्रभावकारी बनाउन लागिपरेको बताएका छन् ।

भोलि मङ्गलबारसम्म मोर्चाका शीर्ष नेताहरु काठमाडौँमा जम्मा भई गठबन्धनको बैठक बसी आवश्यक रणनीति तय गरिने बताइएको छ । हाल तमलोपाका अध्यक्ष महन्थ ठाकुर उपचारका सिलसिला भारतमा छन्, फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो भने काठमाडौँमै छन्। रासस
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस