काठमाडाैं-पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर बधाई दिएका छन्।
तराई-मधेस, थारूवान, मगरात लगायत संविधानमा असन्तुष्ट पक्षको जायज माग पुरा गर्न उनले अोलीलाई अाग्रह गर्दै त्यसका लागि अाफू सहयोगी हुने बचन दिएका छन्।
भट्टराईले पहाड–तराई–मधेसबीच राष्ट्रिय एकता कायम गरि सबै नेपालीले दीपावली मनाउने वातावरण बनाउन प्रधानमन्त्री ओलीलाई अाग्रह गरेका भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिए।