मधेसी दलमा व्यापक असन्तुष्टि
२५ असोज २०७२
•
८ मिनेट पाठ
मधेसी दलमा व्यापक असन्तुष्टि
काठमाडौं- व्यवस्थापिका संसदमा आइतबार प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी भएपछि दुई महिनादेखि आन्दोलनरत तराई–मधेस केन्द्रित दलको मोर्चाभित्र विभाजन रेखा देखिन थालेको छ। नयाँ संविधानमा विमति जनाउँदै दुई महिनादेखि आन्दोलनरत दल अचानक प्रधानमन्त्री निर्वाचनमा सहभागी भएकामा कतिपय दलमा असन्तुष्टि प्रकट भइसकेका छन्।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको सोमबार बैठकलाई सहयात्री दल राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बहिष्कार गरेको छ। राजधानीको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बोलाइएको मोर्चाको बैठक बहिष्कार गरिएको महासचिव मनीष सुमनले जानकारी दिए।




'जबर्जस्ती र दबाबमा पारेर राजीनामा दिएका हाम्रा सभासदलाई प्रधानमन्त्री निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराइयो, यो आन्दोलन र मधेसप्रति धोका हो,' सुमनले नागरिकसँग भने, 'त्यसैले उक्त बैठकमा सद्भावना अनुपस्थित रह्यो।'

तर, सद्भावनाकै पाँच सांसदले मोर्चाको निर्णयअनुसार नै प्रधानमन्त्री उम्मेदवारलाई मतदान गरेका थिए। सुमनका अनुसार प्रधानमन्त्री उम्मेदवार सुशील कोइरालालाई मतदान गर्ने मोर्चाको निर्णयमा सद्भावनाले प्रस्ट असहमति प्रकट गरे पनि दबाबमा मतदान गरिएको हो।

आफूले विमति राख्दै आएको संविधान नै कार्यान्वयन गर्ने पहिलो 'स्टेप' प्रधानमन्त्री निर्वाचनमा सहभागी हुन मोर्चाले औपचिारक निर्णय नै गरेको थियो। उक्त मोर्चामा आबद्ध दलका ३४ सांसदले कोइरालालाई मतदान गरेर संविधान स्वीकार गरेका छन्।

यसैगरी, प्रधानमन्त्री निर्वाचनमा मतदान गरेसँगै विजयकुमार गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चामा त विभाजनै सुरु भइसकेको छ। गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्री उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गरे भने उक्त मोर्चामा रहेका अन्य दुई घटक दलले कोइरालालाई।

मोर्चामा आबद्ध शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले कोइरालालाई मतदान गरेका थिए। यी दुई दलबाट चार सांसद छन्। गच्छदारले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

यता, आन्दोलन छाडेर प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको भन्दै नेपाल सद्भावना पार्टीकी नेत्री सरिता गिरीले पार्टी नै परित्याग गरेकी छन्।

सामाजिक सन्जालमार्फत परित्याग घोषणा गरेकी गिरीले उचाइमा पुगिसकेको मधेस आन्दोलनलाई कुनै निष्कर्षमा नपुर्या ई मतदान प्रक्रियामा भाग लिएको आरोप लगाएकी छन्। आन्दोलन र मधेसी जनतालाई धोका दिएर मतदान गरेको ठम्याइ उनको छ।

अनिल झा नेतृत्वको सद्भावनासँग केही महिनाअघि मात्रै पार्टी एकीकरण गरेकी गिरी उक्त पार्टीमा वरिष्ठ नेता जिम्मेवारीमा थिइन्। उक्त पार्टीबाट एक मात्र सांसद डिम्पल झा छिन जो अध्यक्ष झाकी श्रीमती हुन्। झाले कोइरालालाई मतदान गरेकी थिइन्।

तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले प्रधानमन्त्री निर्वाचनमा पक्ष र विपक्ष दुवैमा मतदान गर्ने मधेस केन्द्रित दल सत्ता पक्षीय हुन पुगेको टिप्पणी गरेका छन्।

'वर्तमान मधेस आन्दोलन निर्णायक उत्कर्षमा पुगेको समयमा संयुक्त मधेसी मोर्चाका चारवटै घटक र विजय गच्छदारले आन्दोलन, सहिदहरु र मधेसी जनतालाई धोका दिएका छन्' गुप्ताको आरोप छ, 'उनीहरुले गरेको यो गद्दारी अनपेक्षित थिएन, पहिलो र दोस्रो मधेस आन्दोलनमा झैं यसपटक पनि गद्दारी गरेका हुन्, यिनीहरुको राजनीतिक लाइन नै सत्ता समर्पण– मुद्दा विसर्जन हो र यसको अन्तिम परिणाम सहिदहरुको रगतलाई कुल्चेर सत्ताकी देवीसामु आत्मसमर्पण गर्नु नै हो भन्ने स्पष्ट भएको छ।'

मधेस आन्दोलनलाई उचाइमा पुर्यासउन नयाँ शक्तिको खाँचो रहेको गुप्ताको ठहर छ। संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले प्रधानमन्त्री निर्वाचनमा भाग लिएका मधेसकेन्द्रित दल र नेतालाई अब आन्दोलनमा रहने नैतिक आधार नरहेको बताएको छ।

मोर्चाका सहसंयोजक गोपाल ठाकुरले प्रधानमन्त्री निर्वाचनमा भाग लिएर गद्दारी गरेको आरोप लगाए। 'यो संविधान जलाए पनि व्यवस्थापिका संसदमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य मधेसी दलका नेता हिजो प्रधानमन्त्री निर्वाचनमा बिनासर्त सहभागी हुन पुगे,' ठाकुरले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'त्यस निर्वाचनको दौरानमा जसले जुन पक्षका उम्मेदवारलाई सघाए पनि मधेसविरोधी तीनदलीय सिन्डिकेटलाई संविधान कार्यान्वयनमा आँखा चिम्लेर सघाएका छन्।'

समितिले आन्दोलन जारी राख्नुपर्ने जनाउँदै अगाडि भनेको छ, 'तिनीहरुको यो कार्यले कार्यान्वयन धरापमा परेको यस संविधानलाई अभूतपूर्व सफलता हात परेको छ भने ती मधेसी नेताका लागि मधेस आन्दोलनमा रहने नैतिक आधार समाप्त भएको छ।'

आन्दोलन छाडेर प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको भन्दै व्यवस्थापिका संसदभित्र रहेका अन्य दलका नेताले पनि व्यापक असन्तुष्टि प्रकट गरेका छन्। आ–आफ्नो शीर्ष नेतृत्वसमक्ष असहमति जनाई पार्टीको गलत निर्णय गरेको आरोप लगाउन थालेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस