प्रधानमन्त्रीको चिन्ता
१६ भदौ २०७१
•
१३ मिनेट पाठ
प्रधानमन्त्रीको चिन्ता
साउन अन्तिम साता प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारबाट देशलाई मुक्त पार्न ढिला गरे देशै डुब्ने अभिव्यक्ति दिए। राष्ट्रिय सतर्कता केन्द्रको १२ औँ प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि समय गुजि्रए देश डुब्ने भन्दै चिन्ता व्यक्त गरे।
यतिमात्र होइन, भदौ पहिलो साता सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री कोइरालाले ठूला भ्रष्टाचारीलाई कारबाही हुन नसकेकामा चिन्ता पनि व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकायले तल्ला तहका कर्मचारीलाई मात्र कारबाही गरेर झारा टारेको र भ्रष्टाचारको मुहानसम्म पुग्न नसकेको आरोपसमेत लगाए।प्रधानमन्त्री कोइरालाले भ्रष्टाचारका कारण देश डुब्न लाग्यो भनेर सार्वजनिक समारोहहरुमा चिन्ता व्यक्त गरिरहँदा भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने धमाधम विभिन्न कार्यालयका कर्मचारीलाई रंगेहात पक्राउ गरिरहेको छ। खासगरी सूर्यनाथ उपाध्यायको पदावधि सकिएसँगै ओइलाएको अख्तियार पदाधिकारीबिहीन हुँदा निकै सेलायो। उक्त समयमा कर्मचारीतन्त्रले संवैधानिक आयोगको नेतृत्व गर्दा आइपर्ने स्वाभाविक समस्याहरुबाट अख्तियार अछुतो रहेन। यद्यपि आफ्ना सीमितता र बाध्यताबीच पनि कर्मचारीतन्त्रले अख्तियारमा सास जोगाउने काम भने गरिरह्यो। पछिल्लो समयमा अख्तियारका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिसँगै अख्तियारले कर्मचारीतन्त्रमा मौलाएको भ्रष्टाचार र घुसखोरीलाई नियन्त्रण गर्न उसकै भाषामा "दरिलो उपस्थिति" जनाएको छ। भ्रष्टाचारका घटनामा कर्मचारीलाई रंगेहात पक्राउ गरिरहेको छ। अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरिरहेको छ। भर्खरै सार्वजनिक भएको एक तथ्यांकअनुसार अख्तियारले हरेक दिन एउटा जस्तो मुद्दा दायर पनि गरिरहेको छ।

भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियारको यस किसिमको सक्रियता रहँदारहँदै पनि मुलुकका प्रधानमन्त्री किन सन्तुष्ट हुन सकेनन्? के अख्तियारको सक्रियतामा भइरहेको भ्रष्टाचार निवारण र नियन्त्रणका कामले भ्रष्टाचार नियन्त्रणमा योगदान गर्न सक्दैनन्? के कारणले भ्रष्टाचारले देश डुबाउँछ भन्ने निष्कर्षमा प्रधानमन्त्री पुगे? अनि अब के गर्यो भने भ्रष्टाचार नियन्त्रणका कामहरुलाई प्रधानमन्त्रीको चिन्ता घटाउने गरी अगाडि बढाउन सकिन्छ? यी र यस्ता विचारणीय सवाल बनेर अगाडि आएका छन्। त्यसैले भ्रष्टाचारका प्रवृत्ति, यसका निराकरणका लागि भइरहेका प्रयास र भावी दिनमा चाल्नुपर्ने कदमबारे थप बहस र छलफल आवश्यक छ।

यदि विहंगमरूपमा हेर्ने हो भने भ्रष्टाचार निवारणका सवालमा अहिले हामीले अवलम्बन गरिरहेको पद्धति खोटबिहीन छैन। किनकि पहिलो कुरा भनेको भ्रष्टाचार नियन्त्रणको मुख्य दायित्व र जिम्मेवारी भनेको कार्यपालिकाको हो। अनि न्यायपालिका, व्यवस्थापिका तथा अन्य सबै सरोकारवाला निकाय र व्यक्तिको हो। अहिले यो काम संवैधानिक निकायको जिम्मेवारीको रूपमा बुझिँदै आइएको छ। यो आफँैमा गलत छ। कार्यपालिकाको दृढ इच्छाशक्तिबेगर अख्तियार जतिसुकै सक्रिय र प्रभावकारी देखिए पनि भ्रष्टाचार नियन्त्रण हुन सक्दैन। किनकी उपचारात्मक विधिबाट कारबाही गरेरमात्र भ्रष्टाचार नियन्त्रण हुन्न। यदि हुने भए चीनमा भ्रष्टाचारीलाई मृत्युदण्डको कानुन छ तर त्यहाँ भ्रष्टाचार नियन्त्रण हुनुको साटो झन् झन् मौलाउँदै गइरहेको छ। कडा कानुन र उपचारात्मक विधिले मात्र होइन प्रवर्द्धनात्मक र निरोधात्मक काम प्ानि उत्तिकै हुनु आवश्यक छ।

यसै कुरालाई मध्यनजर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा रहने गरी राष्ट्रिय सतर्कता केन्द्र व्यवस्था गरेको हो। तर नेपालका प्रधानमन्त्रीहरुले यस तथ्य नबुझ्दा वा नबुझे जस्तो गर्दा सतर्कता केन्द्र निष्प्रभावी बन्दै गइरहेकेा छ। प्रधानमन्त्रीकै प्रत्यक्ष रेखदेख र निगरानीमा रहने राष्ट्रिय सतर्कता केन्द्रको बैठकमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्री पुगेका छैनन्। यति महत्वपूर्ण निकायमा सरुवा हुने सचिवले आफूलाई कारबाही गरेर पठाएको भन्ने बुझ्ने गर्छन्। यस्तो अवस्था रहुञ्जेलसम्म कहाँबाट हुन्छ भ्रष्टाचार नियन्त्रण? अहिले भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा उपचारात्मक विधिलाई मात्रै अवलम्बन गरिएको छ, प्रवर्द्धनात्मक र निरोधात्मक विधिलाई ध्यान दिन सकिएको छैन। यसले समस्या ल्याएको छ।

दोस्रो भनेको अवलम्बन गरिएको उपचारात्मक विधिमा पनि कैयौँ खोट छ। भ्रष्टाचारको जरा मास्तिर र हाँगाबिँगा तल हुन्छन् भनिन्छ। तल रहेका हाँगाबिँगा जतिसुकै काटे पनि त्यो भ्रष्टाचारजन्य रुख मर्दैन बरु मौका पाउँदासाथ मौलाउँछ। कुनै पनि रुख काट्ने वा मार्ने हो भने त्यसको जरा काट्नुपर्छ। जरा माथि भएको भ्रष्टाचारजन्य रुखलाई तलबाट जति सुकै काटे पनि त्यो मर्दैन। नेपालमा भ्रष्टाचार नियन्त्रणबारे अहिले यही तल रहेका हाँगाबिँगा काट्ने काम भइरहेको छ। अख्तियारले तल तलका हाँगाबिँगा काटेर भ्रष्टाचार निर्मूल पार्छु भन्ने जुन अभियान सञ्चालन गरिरहेको छ यो आफँैमा अपूर्ण छ। यसको मतलब कर्मचारीतन्त्रमा भइरहेका सानातिना भ्रष्टाचारजन्य सवाल छाड्नुपर्छ भनेको होइन। तर यो सत्य हो कि यस्ता गतिविधिले मात्र भ्रष्टाचार नियन्त्रणको समग्र परिणाम प्राप्त हुन सक्दैन। यसका लागि त माथिमाथि रहेका भ्रष्टाचारका खास कारण वा जरा काट्ने आँट देखाउन सक्नुपर्छ। त्यो जरा भनेको राजनीतिक तथा नीतिगत भ्रष्टाचारलाई नियन्त्रणको दायराभित्र ल्याउने काममा अगाडि बढ्नुपर्छ। राजनीतिक तहका उपल्लो पदमा रहेकाहरुमाथि छानविन गर्ने र मुद्दा दायर गर्ने आँट अख्तियारले नदेखाएसम्म भ्रष्टाचार नियन्त्रणको खास अभियान अगाडि बढ्न सक्दैन।

भ्रष्ट कर्मचारीतन्त्रलाई संरक्षण दिने राजनीतिक क्षेत्र हो। यही राजनीतिक क्षेत्रले गरेका भ्रष्टाचारबारे अख्तियारमा प्रशस्तै उजुरी छन्। त्यस्ता राजनीतिक भ्रष्टाचारका घटनाबारे विस्तृतरूपमा अध्ययन/अनुसन्धान गरेर मुद्दा चलाउने हो भने त्यसले फरक अर्थ राख्नेछ। जबसम्म अख्तियारले राज्य सञ्चालनको माथिल्लो तहमा बसेकाको गतिविधिलाई खरिदार र सुब्बाको गतिविधिलाई जत्तिकै निगरानी राख्न सक्दैन तबसम्म भ्रष्टाचार नियन्त्रणको अभियान कहीँ नपुग्ने बाटोमा रुमल्लिरहनेछ।

तेस्रो भनेको भ्रष्टाचार सामाजिक संरचना, संस्था, व्यवहार तथा सम्बन्धहरुको उपज हो। अख्तियारले अहिले सञ्चालन गरिरहेका गतिविधि हेर्दा यी यथार्थता र तथ्य बिर्सेर रंगेहात पक्राउ गरेर र मुद्दा दायर गरेरमात्र नियन्त्रण गर्न सकिन्छ भन्ने भ्रममा रहेको देखिन्छ। यसरी समातेर मुद्दा दायर गरेर कारबाहीमा ल्याउनेबित्तिकै समाधान हुने हो भने चीनमा रहेकेा मृत्युदण्डको कानुनले भ्रष्टाचार निमिट्यान्नै पार्नुपर्ने थियो त्ार त्यो भइरहेको छैन। किनभने हाम्रो सामाजिक संरचना, सम्बन्धहरुले भ्रष्टाचारलाई अहिले पनि गलत काम हो भनेर आत्मसात गरिसकेको छैन। बरु जसरी कमाएको भए पनि सम्पत्ति हुने र नहुनेबीचको व्यवहार फरक छ। सम्पत्तिवाललाई गर्ने व्यवहार उच्च भएका कारण बालबच्चा उच्च नैतिकवान होइन सम्पत्तिवाल बन्न सक्रिय छन्। यो अवस्था रहेसम्म भ्रष्टाचार निवारणका उपचारात्मक प्रयासहरु बालुवामा पानीसरह हुन्छ। भ्रष्टाचारीहरुले नयाँ नयाँ उपाय ख्ाोज्न समयमात्र लाग्ने हो।

अन्त्यमा, भ्रष्टाचारका देखिएका र सार्वजनिक भइरहेका स्वरूपलाई मात्र ध्यान दिएर नियन्त्रणका अभियान सञ्चालन गर्दा यस्तै हुन्छ। सामान्य आँखाले हेर्दा नियन्त्रणको प्रयास भइरहेको छ तर भित्र बसेर शासन सत्ता सञ्चालन गरिरहेका अधिकारीहरुले त्यसको अनुभव गर्न पाइरहेका छैनन्। फेरि भ्रष्टाचार नियन्त्रणको कामलाई अख्तियारको मात्र जिम्मेवारी र दायित्व हो भनेर अन्य निकाय त्यसबाट अलग्गिँदा उत्पन्न समस्या हामीले भोगिरहेका छौँ। त्यसैले अबको दिनमा यदि भ्रष्टाचार नियन्त्रण गर्ने हो भने त्यसमा सबै सरोकारवालाको बीचमा दरिलो समन्वय र सहकार्यको वातावरण र संयन्त्र विकसित गर्नु आवश्यक छ। तबमात्र प्रधानमन्त्रीले पनि अनुभव गर्नेगरी भ्रष्टाचार नियन्त्रणको काम अगाडि बढ्नेछ।
अर्को समाचार
प्रधानमन्त्रीको चिन्ता- 'माघ ७ भित्र तीनै चुनाव नभए के गर्ने?'
०४ साउन २०७३
•
६ मिनेट पाठ
प्रधानमन्त्रीको चिन्ता- 'माघ ७ भित्र तीनै चुनाव नभए के गर्ने?'
काठमाडौं- 'मैले त पद छाडूँला, संविधानले तोकेअनुसार २०७४ माघ ७ भित्र तीनै तहका निर्वाचन हुन नसके त्यतिबेलाका प्रधानमन्त्रीले पदत्याग गर्छन् भन्ने के ग्यारेन्टी?' उच्च स्रोतअनुसार प्रधानमन्त्री केपी ओली निकटस्थसँग छलफलमा यही चिन्ता जाहेर गर्छन्। उनले आफू पदबाट हट्नुअघि यही सुनिश्चितता खोजेका छन्।

नयाँ सरकार गठनका लागि संवैधानिक संकट रहेको औंल्याउँदै आएका उनी माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके त्यसताकाका सरकारप्रमुखको विकल्प के हुने भन्नेमा चिन्तित छन्।

'माघ ७ भित्र तीनै तहको निर्वाचन नभए त्यस समयमा हुने प्रधानमन्त्री (शेरबहादुर देउवा) ले सत्ता छाड्छन् भन्ने ग्यारेन्टी के छ?' छलफलमा सहभागी एक निकटस्थले ओलीलाई उद्धृत गरे, 'अहिले जसरी परिस्थिति विकास हुँदै गएको छ, त्यसले संविधानले निर्धारण गरेको समयभित्रै तीनै तहको निर्वाचन हुन नसके विकल्प सुनिश्चित अहिले नै गरिनुपर्छ।'

अब बन्ने सरकार चुनाव हुन नसकेको अवस्थामा लामो समय जाने र त्यतिबेला एमालेको भूमिका कहाँ हुने भन्ने संवैधानिक रुपमै निश्चित गर्न एमालेले चाहेको स्रोत जनाउँछ।

'भद्र सहमतिले मात्रै नहुने अवस्था अहिलेको परिस्थितिमा देखिएको छ,' ओली निकट एक नेताले भने, 'त्यसैले चुनाव नभएको परिस्थितिमा संवैधानिक २०७४ पछिको व्यवस्थाबारे ग्यारेन्टी खोजेका छौं।' स्रोतअनुसार २०७४ साल माघ ७ पछि पनि देउवा नै प्रधानमन्त्रीमा निरन्तर रहे भने के गर्ने भन्ने एमालेको मुख्य चिन्ता हो।

कांग्रेस र माओवादीबीच दुवै दलले अहिलेको संसदको कार्यकाल २०७४ माघ ७ सम्म आलोपालो गरी ९–९ महिना सरकारको नेतृत्व गर्ने सहमति छ।

यसैबीच, प्रमुख राजनीतिक दलबीच विवाद चुलिइरहँदा सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र मध्यमार्ग खोज्ने प्रयास हुने भएको छ।

मंगलबारका लागि आह्वान गरिएको एमाले स्थायी कमिटी बैठकमा नेताहरुले प्रमुख राजनीतिक दलबीच द्वन्द्व बढ्दै गए त्यसले संविधान कार्यान्वयनमा समस्या पार्ने भन्दै सहमतिका लागि सबै पक्षले एक एक कदम पछि हटेर सहमति खोज्ने प्रयास हुन लागेको हो।

एमाले उच्च स्रोतअनुसार बैठकमा मध्यमार्गी प्रस्तावका रुपमा पहिले

प्रधानमन्त्री ओलीले राजीनामा दिने, त्यसपछि सबै दल मिलेर बजेटका बाँकी विधेयक पारित गर्ने र त्यसपछि सहमतिको सरकार निर्माण र संविधान कार्यान्वयनसहितका विषयमा नयाँ शिराबाट सहमति प्रयास गर्ने विषय आउनेछ।

'यसमा सरकारको नेतृत्वसहितका विषयमा खुला छलफल हुनुपर्नेछ,' एमालेको एक स्थायी कमिटीका सदस्यले भने, 'नयाँ सरकार गठन हुँदा त्यसका नीति तथा कार्यक्रम मात्र नभएर तीन तहको निर्वाचन, पुनर्निर्माणसहितका समस्या समाधानका लागि स्पष्ट खाकाका साथ दलहरुबीच सहमति गरेर जानुपर्छ।'

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पछिल्लो विकसित राजनीतिक घटनाबारे निर्णय लिन स्थायी कमिटी बैठक बोलाएका हुन्।

स्थायी कमिटी बैठक तत्कालीन राजनीतिक घटनाक्रमबारे निर्णय गर्न संसद्मा अविश्वास प्रस्ताव आएको पाँच दिनपछि बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रले एमालेसँग गठबन्धन तोड्दै नयाँ सरकार गठनका लागि कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको छ। त्यसयता दलहरुबीच तीव्र ध्रुवीकरण छ।

यसैबीच, नेकपा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र संविधानसभामा पूर्वअध्यक्ष तथा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले दलहरुबीच देखिएको तिक्तता कम गर्न माओवादी केन्द्र र कांग्रेस नेतासँग छलफल तीव्र पारेका छन्।

नेता नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटेका छन्। नेपालले नयाँबानेश्वरस्थित अर्याल होटलमा भेटघाट गरेका थिए। 'नेपालले भेट्न चाहने नेताहरुसँग नेम्वाङले सोमबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेट गरेका थिए। अध्यक्ष ओलीलाई जानकारी गराएरै नेम्वाङले विपक्षी दलका नेतासँग छलफल सुरु गरेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस