प्रधानमन्त्री सुशील कोइरालाले बढ्दो भ्रष्टाचार र स्थानीय निकायको निर्वाचन हुननसकेको विषयमा चिन्ता व्यक्त गरेर आफ्नो जिम्मेवारीबोध र गंभीरता प्रकट गरेका छन्।व्यवस्थापिका संसद्मा आफ्ना मन्त्रालयका लागि विनियोजन गरिएको शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनका लागि आफूले पहल गरेको र यसबाट अहिले स्थानीय स्तरमा भइरहेको भ्रष्टाचार कम हुने विश्वास पनि व्यक्त गरेका छन्। उनले देखाएको चिन्ता र समस्या समाधानार्थ देखाएको दृढताले कोइरालाको शासन कालमा सकारात्मक परिवर्तन हुनसक्ने आशा पलाएको छ। तर अशक्त र सुस्त प्रधानमन्त्रीका रूपमा भइरहेको कोइरालाको आलोचनाको निवारण भने संसद्मा दिएको जवाफबाट मात्र हुँदैन। प्रधानमन्त्री कोइरालालाई जुन जुन विषयमा चित्त बुझेको छैन, जुन विषयमा परिवर्तन गर्ने चाहना छ र जस्ता विषयमा अन्य राजनीतिक दलहरूको समर्थन चाहिने हो त्यस्ता विषयलाई जनसमक्ष स्पष्टरूपमा प्रस्तुत गर्नुपर्छ र ती विषयमा आफ्नो दल र सरकार कसरी अगाडी बढ्दैछ भनेर पनि जनतालाई स्पष्ट जानकारी दिनुपर्छ।
प्रधानमन्त्रीले स्वच्छ र भ्रष्टाचाररहित सरकारको जति दुहाई दिए पनि उनका मन्त्रीहरू चोखा छैनन्। तर यस विषयको प्रमाण लिएर कोही प्रधानमन्त्री समक्ष गुनासो गर्न पनि जाँदैनन्, जान सत्तै्कनन्। त्यसैले प्रमाण लिएर आएमा तुरुन्त कारवाही गर्छु भनेर वचन दिएको भरमा उनको सरकार स्वच्छ र इमान्नदार हुँदैन। आफ्ना मन्त्रिपरिषद्का सदस्यको क्रियाकलाप थाहा पाउने इच्छा भए सबै मन्त्रालयसँग सम्बद्ध ठूला व्यापारिक संस्थाहरूसँग सिधा सम्पर्क राखेर तिनलाई विश्वासमा लिन सक्नुपर्छ। यो कामका लागि पनि स्वच्छ, इमानदार र उनले विश्वास गर्नसक्ने सानो तर सशक्त सहयोगीको समूह निर्माण गर्नुपर्छ। त्यस्ता समूहले ठूला आयोजनाहरूमा कुनै कमिसनबिना काम हुने वातावरण बनाए भने बल्ल सरकार स्वच्छ र इमानदार देखिन्छ। ठूलामात्र होइन जनताको सरोकार हुने हरेक साना कार्यालयमा पनि पैसा बिना एउटा फाइल दायाँबायाँ सर्दैन। यस्ता जनताको सम्पर्क हुने कार्यालयबाट उठेको रकम धेरै माथिसम्म भागबन्डा हुन्छ। त्यसैले प्रधानमन्त्रीले चाहँदैमा यस्तो भ्रष्टाचार पनि रोकिने अवस्था छैन। यसका लागि मन्त्री, सचिव र अन्य उच्च ओहोदामा स्वच्छ र इमानदार व्यक्तिलाई मौका दिनुपर्छ। नियुक्ती दिने बेलामा राजनीतिक भागबन्डा गर्ने अहिलेको परम्परा तोड्न नसक्ने हो भने भ्रष्टाचार उन्मूलन हुँदैन। प्रधानमन्त्रीले भ्रष्टाचार निवारणका लागि नयाँ संरचना व्यवस्था गर्नुको अर्थ दामासाहीमा बाँडिने भ्रष्टाचारमा दाबा गर्ने थप निकायको स्थापना गर्नुमात्र हुन्छ। त्यसले जनतालाई अझ बढी घुस तिर्न बाध्य बनाउँछ।
प्रधानमन्त्री कोइरालाको अर्को चिन्ता स्थानीय निकायको निर्वाचन हुन नसक्नु देखिएको छ। त्यो सही सोच पनि हो। स्थानीय निर्वाचन गर्न सकेको खण्डमा जनताप्रति उत्तरदायी स्थानीय सरकारको निर्माण हुने र त्यसले केही हदमा भ्रष्टाचार र ढिला सुस्ती हटाउने विश्वास गर्न सकिन्छ। तर अहिलेको राजनीतिक अवस्थामा निर्वाचन सहज छैन। माओवादीहरू आफू अझ जनताबाट बढारिने डरका कारण स्थानीय निर्वाचन गराउने पक्षमा छैनन्। माओवादीलाई सधैँ सानो कम्युनिस्ट पार्टीको रूपमा बस्नुपर्ने बाध्यताबाट निस्कनका लागि पनि नयाँ निर्वाचन चाहिन्छ र स्थानीय निर्वाचन त्यसतर्फको एक सशक्त कदम हुन सक्छ ज्ञान दिन भने सायद प्रधानमन्त्री आफैँले कदम चाल्नु आवश्यक हुनेछ।
त्यसबाहेक पनि प्रधानमन्त्री कोइरालाले आफू स्वस्थ रहेको र राज्य सञ्चालनका लागि सक्षम रहेको प्रमाण दिँदै जानुपर्ने अवस्था छ। यसका लागि उनका सहयोगीले विशेषरूपमा योजना बनाएर अघि बढ्नुपर्छ। हालसालै अमेरिका भ्रमणका क्रममा सामाजिक मिडियामा प्रधानमन्त्री कोइरालाको व्यक्तित्वलाई नसुहाउने फोटा जसरी बाहिर आए त्यसले उनका निकटका सहयोगीमा अनुभवी र सक्षम व्यक्तिको कमी देखिन्छ। वास्तवमा प्रधानमन्त्रीको चिन्ताको औषधि करिब करिब सबै उनैसँग छ। यत्ति हो, उनले प्रयोग गर्न भने जान्नुपर्योा।