काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हराइरहेको तारा एयरको विमानप्रती चिन्ता व्यक्त गरेका छन्। भारत भ्रमणको शिलसिलामा मुम्बइमा रहेका प्रधानमन्त्री ओलीले विमानको खोजी र उद्धारमा लाग्न कार्यबाहक प्रधानमन्त्री बिजयकुमार गच्छदार र पर्यटनमन्त्री आनन्द पोखरेललाई निर्देशन समेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रेस नोट जारी गर्दै बताएका छन्।
विमान सम्पर्कहीन भएको खबर पाउनासाथ प्रधानमन्त्री ओलीले कार्यबाहक प्रधानमन्त्री गच्छदार र पर्यटनमन्त्री पोखरेललाई टेलिफोन सम्पर्क गरी विमानमा रहेका सबैको सकुशल उद्धार र खोजी कार्यमा सक्रिय रहन निर्देशन ओलीले निर्देशन दिएका हुन्।