काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा बढ्दो सैनिक अतिवाद र फैलँदो धार्मिक कट्टरपन्थप्रति चिन्ता व्यक्त गरेका छन्। उनले अतिवाद र कट्टरपन्थका कारण राष्ट्र तथा समाजको शान्ति, स्थिरता र विकास खतरामा परेको बताएका छन्।
नेपाल विश्व सम्बन्ध परिषदले बुधबार राजधानीमा आयोजना कार्यक्रममा प्रधानमन्त्री कोइरालाले शान्ति तथा विकासविरोधी क्रियाकलाप रोक्न इमान्दारीपूर्वक लाग्न विश्व जगतलाई आग्रहसमेत गरे। 'नेपाल सबै प्रकारका आतंकवादी क्रियाकलापका घटनाको भर्त्सना र निन्दा गर्छ,' उनले भने, 'कुनै पनि आधारमा पेसावरदेखि पेरिससम्मको आतंकवादी घटनालाई उचित मान्न सकिँदैन।'
कार्यक्रममा उनले विश्वमा अहिले आतंक मच्चाइरहेको सुन्नी अतिवादी समूह आइएसआइएस (इस्लामिक स्टेट्स अफ इरान एन्ड सिरिया) को उदय विश्वका लागि चुनौती बनेको बताए। आइएसआइएसको आतंकवादी क्रियाकलापका विरुद्धमा उनले सार्वजनिक कार्यक्रममा पहिलोपटक मुख खोलेका हुन्।
इराक, सिरिया, लिबिया लगायतका देशमा बलियो पकड जमाएर विश्वका विभिन्न देशमा आतंकवादी क्रियाकलाप गर्दै आएको आइएसआइएसजस्ता 'गैरसरकारी एक्टर' को उदय र गतिविधिलाई बेलैमा पृथ्वीबाट हटाउनुपर्ने प्रधानमन्त्री कोइरालाको भनाइ थियो। उनले सैनिक अतिवाद र धार्मिक कट्टरपन्थका क्रियाकलाप सभ्य समाजका लागि बर्बर घटना मात्र भएको बताए।
'आइएसआइएस जस्ता गैरसरकारी एक्टरको उदय विश्वसामु जटिल चुनौतीका रूपमा उभिएको छ। उनीहरूबाट राष्ट्र र समाजको शान्ति, स्थिरता र विकासमा खतरा परेको छ। हामीले पृथ्वीबाट यस्ता आतंकवादी क्रियाकलाप हटाउन इमान्दारीपूर्वक प्रयास गर्नैपर्छ,' प्रधानमन्त्री कोइरालाले भने।
कार्यत्रममा नेपालको विदेश नीति पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्तिको मूल्य मान्यतामा आधारित रहेको बताए। उनले नेपालको विदेश नीतिको प्राथमिकता छिमेकी भारत र चीनबाट सुरु हुने दोहोर्यायए। भारत र चीनसँग ऐतिहासिक सम्बन्ध भएकैले उनीहरूलाई ठूलो महŒव दिइएको उनको भनाइ थियो।
'नेपाल र भारतबीचको सम्बन्ध 'युनिक' छ। खुला सीमा, सामाजिक–सांस्कृतिक गहिरो सम्बन्धसँगै अन्य समानता पनि छन्। पछिल्लोपटक भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेपछि दुई देशबीचको बहुआयामिक सम्बन्धले नयाँ गति लिएको छ। चिनियाँ विदेशमन्त्रीबाट हालै भएको नेपाल भ्रमण र राष्ट्रपतिले निकट भविष्यमा गर्ने चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो पार्नेछ,' उनले भने।
प्रधानमन्त्री कोइरालाले दुई छिमेकीसँगको साझेदारीमा ठूलो सम्भावना रहेको समेत उल्लेख गरे। आपसी हितका लागि सहयोग क्षेत्र बिस्तार र प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको उनले दाबी गरे। 'हाम्रा छिमेकीको संवेदनशीलताप्रति हामी एकदमै प्रतिबद्ध छौं, हाम्रो भौगोलिक संवेदनशीलताप्रति पनि उनीहरूको वैधानिक प्रतिबद्धताको आशा राख्छौं,' उनले स्पष्ट पारे।
भारतको 'छिमेक नीति' र चीनको 'परिधीय कूटनीति' को उनले मुक्तकण्ठले स्वागत गरे। भारत र चीन दुवैको विदेश नीतिले शान्ति, स्थिरता र समृद्धिका लागि छिमेकीलाई साझेदारका रूपमा लिएको उनको ठहर थियो। एकअर्काको संवेदनशीलताको सम्मान गर्दै आपसी समझदारीमा 'विन–विन' (जित–जित) हुने गरी सहकार्य गर्नुपर्ने उनले सुझाए। छिमेकमा भएको आर्थिक परिवर्तनबाट लाभ लिन सक्ने विश्वास उनले व्यक्त गरे। सरकारी स्तरको द्विपक्षीय साझेदारी र सहयोगका अलावा सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रबर्द्धन गर्नुपर्ने पनि उनले बताए।
'आन्तरिक राजनीतिक विकासक्रम, आफ्नै विदेश नीतिदेखि दु्रत गतिमा परिवर्तित अन्तर्राष्ट्रिय वातावरणका दृष्टिले अहिले हामी महŒवपूर्ण मोडमा छौं। विश्वकै सबैभन्दा गतिशील क्षेत्रका रूपमा एसियाको उदय, हाम्रा छिमेकीको विश्व राजनीति र अर्थतन्त्रमा भएको उदय सबैभन्दा उल्लेखनीय विषय हुन्,' प्रधानमन्त्री कोइरालाले भने।
भौगोलिक अवस्थाले पनि नेपाललाई यो गतिशील क्षेत्रमा एकअर्काबीच सम्पर्क गराउने महत्वपूर्ण भूमिका मिलेको दाबी उनले गरे। 'नेपालको स्वार्थ धेरै तरिकाले हाम्रा छिमेकीको स्वार्थसँग मिल्छ। भारत र चीनसँगको निकटताले विकास र समृद्धिका लागि नेपाललाई अभूतपूर्व अवसर प्रदान गरेको छ। आपसी हित हुने कुरामा सहकार्य तथा साझेदारी गर्न कुनै ढिला गर्नु हुँदैन।'
अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव र शुभेच्छाका कारण नेपाल र नेपाली जनता खुसी भएको उनले जनाए। अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई उनले 'मैत्रीपूर्ण र सहयोगी' बताए। लोकतन्त्र, मानवअधिकार, सुशासन र शान्तिको साझा मूल्य मान्यताले नेपाल र बाँकी विश्वलाई एक ठाउँमा ल्याएको उनले जनाए।
'संक्रमणकालीन न्याय प्रदान गर्न हालै गठन भएको सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानबिन आयोग महत्वपूर्ण कदम हो भन्ने हाम्रो विश्वास छ। यसले द्वन्द्वका बेला भएको मानवअधिकार हननका घटनालाई सम्बोधन गरी पीडितलाई न्याय दिन्छ भन्नेमा हामी विश्वस्त छौं,' प्रधानमन्त्री कोइरालाले भने।
राष्ट्रसंघको बडापत्रमा नेपालको अटल विश्वास रहेको बताउँदै उनले राष्ट्रसंघको बृहत पुनःसंरचना हुनुपर्छ भन्ने पक्षमा नेपाल रहेको जनाए। पछिल्लो विश्व राजनीति परिस्थिति झल्किने गरी सुरक्षा परिषदको अपेक्षित पुनःसंरचना गर्नुपर्ने उनको सुझाव थियो। 'देशभित्र राजनीतिक बहुलवादलाई पछ्याइरहेका बेला नेपाल बहुधुव्रीय अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिन चाहन्छ। गरिबी, रोग र अभाव जस्ता चुनौतीको सम्बोधन गर्न यो अवधारणा उपयुक्त हुन्छ भन्ने हाम्रो विश्वास छ,' उनले भने।