काठमाडौं, साउन २४ (नागरिक)- प्रधानमन्त्रीको चुनावले मूर्त परिणाम लिन नसकेकाले मुलुक अनिर्णयको बन्दी भएकोप्रति गैह्रआवासीय नेपालीले चिन्ता प्रकट गरेका छन्।
गत साउन ५, ७, १७ र साउन २१ गते संसदमा भएको प्रधानमन्त्री चुनावले ठोस उपलब्धी हाँसिल गर्न नसकेकोमा आन्तरिक एवं बाह्य रुपमा नै देशको छवि नकारात्मक रुपमा गएकोप्रति उसले चिन्ता प्रकट गरेको हो। आज एक प्रेश विज्ञप्ति जारी गर्दै उसले यदि यस्तै अवस्थाले निरन्तरता पाए त्यसले राष्ट्रलाई असफलतातर्फ धकेल्ने कुरामा उसले जोड दिएको छ।
दोश्रो जनआन्दोलनको मूल्य र मान्यतालाई संस्थागत गर्न नसकि दलहरु नै आन्तरिक द्धन्द्धको शिकार भएकोप्रति औंल्याउँदै देशले समयमा संविधान नबन्ने कुरामा शंका पैदा भएको विज्ञप्तिमा जनाइएको छ।
देशले पूर्ण गलत पाउन नसकेको विकास निर्माणको कार्य ठप्प भएको आर्थिक विकासले गति पाउन नसकेको तर्फ संकेत गर्दै हाल कायम रहिरकेको खिचातानीले मुलुको छवि धमिलिनेमा जनताको त्रास रहेको उसले विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तीमा उसले सरकारनिर्माणको प्रकृयालाई पूर्णता दिइ मुलुकलाई अनिर्णयको बन्दी बन्नबाट बचाउन गैह्रआवासिय नेपालीले सरकारलाई आग्रहसमेत गरेका छन्।