सम्पूर्ण देशले प्रश्न गरिरहेको छ : जेठ १४ गतेसम्म संविधान बन्ला त? त्यसभन्दा गम्भीर अर्कोे प्रश्न गरिएको छ : जेठ १४ गतेभित्र संविधान बनेन भने के हुन्छ? त्यस अवस्थामा दुईवटा सम्भावना देखिन्छन् : प्रथम, सरकारद्वारा पुनः कुनै एउटा वा अर्को तरिका अपनाएर संविधानसभाको म्याद थप्ने प्रयत्न गर्ने। द्वितीय, देशमा कुनै एक वा अर्कोप्रकारको गम्भीर राजनीतिक परिस्थिति उत्पन्न हुने।
यी दुईमध्ये जुन घटना भए पनि त्यो अप्रिय नै हुनेछ। सर्वोच्च अदालतले अन्तिमपल्ट जेठ १४, २०६९ भन्दा बढी संविधानसभाको म्याद थप्न नपाइने फैसला गरेको छ। त्यस अवधिसम्म संविधान निर्माण नभएर संविधानसभाको म्याद थप्ने काम गरियो भने सर्वोच्च अदालतको फैसलाको उललंघन हुनेछ। त्यति बेलासम्म संविधान नबनेरै संविधानसभा विघटन भयो भने त्यो ठूलो राजनीतिक क्षति हुनेछ र त्यसका कैयौँ दुष्परिणाम हुनसक्छन्। ती दुवैप्रकारका परिणामहरूबाट बच्न एउटै उपाय छ : तोकिएको अवधिभित्र संविधानको निर्माण। किन्तु, अहिलेसम्मको सरकार, संविधानसभा र प्रमुख राजनीतिक शक्तिहरूको भूमिकाको मूल्यांकन गर्दा तोकिएको समयभित्र संविधान निर्माणको सम्भावना अत्यन्त कम देखिन्छ। त्यसरी तोकिएको समयभित्र संविधान निर्माण भएन भने एक वा अर्को प्रकारको दुष्परिणामको सामना गर्नुबाहेक हाम्रा अगाडि अरू विकल्प छैन। त्यस प्रकारका दुष्परिणाम के हुनेछन् र तिनको कुन रूपमा वा कसरी सामना गरिनेछ? त्यसरी सामना गर्नु सम्भव हुने छ वा छैन? निश्चय नै, त्यो भविष्यले नै बताउने विषय हो।
विगतमा तोकिएको समयभित्र संविधान नबनेपछि संविधानसभाको म्याद थप्नुलाई नै समस्याको समाधान ठान्ने गरिएको छ। अनिश्चित समयसम्म त्यसप्रकारको खेललाई कायम राख्नु भने पक्कै पनि सही हुनेछैन। सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्दै जाने, तर संविधान नबनाउने गैरजिम्मेवार कारबाही नियन्त्रण गर्न सही निर्णय गरेको छ। प्रधानमन्त्री र सभामुख दुवैले त्यस निर्णयविरुद्ध पुनरावेदन गरेका छन्। अहिले उनीहरूको पुनरावेदनको निवेदनलाई दर्ता नगरेको बारे निवेदन परेको छ र त्यसमा सर्वोच्च अदालतमा सुनवाइ पनि भइरहेको छ। त्यसबारे के निर्णय हुन्छ? निवेदनलाई दर्ता नगरेको कार्यलाई बदर गरेर त्यसलाई दर्ता गरियो भने पुनः पुनरावेदनको निवेदनमाथि के फैसला हुन्छ? त्यो पनि पछि नै थाहा हुनेछ। जे होस्, प्रधानमन्त्री वा सभामुखको त्यस प्रकारको निवेदनको उद्देश्य पुनः संविधानसभाको म्याद थप्ने बाटो खुलाउने नै हो भन्ने बुझ्न गाह्रो पर्दैन। त्यसरी उनीहरू सर्वोच्चको पहिलेको फैसलालाई बदर गराएर संविधानसभाको म्याद थप्न सफल भए भने पनि संविधानसभाको म्याद थप्दै जाने र संविधान नबनाउनेजस्तो गैरजिम्मेवार कारवाहीलाई अनिश्चित समयसम्म लम्याउदै जान त समय र परिस्थितिले पक्कै साथ दिनेछैन। त्यस प्रकारको खेलका विरुद्ध सर्वप्रथम जनतामै व्यापक असन्तोष पैदा हुनेछ। त्यस अवस्थाबाट फाइदा उठाउन अहिले मैदानमा नदेखिएका कैयौंँ कारक तत्व वा कारण अगाडि आउनेछन्। त्यति बेला एक वा अर्कोप्रकारको असंवैधानिक वा अप्रजातान्त्रिक प्रक्रियाद्वारा संविधानसभा वा गणतन्त्रलाई नै समाप्त गर्ने प्रयत्न हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यसप्रकारको परिस्थिति तयार भयो भने त्यसका लागि अहिलेका देशका प्रमुख राजनीतिक शक्तिहरू नै जिम्मेवार हुनेछन्। यिनैको गैरजिम्मेवारपूर्ण कार्यप्रणालीका कारणले संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्य हुन जो सकिरहेका छैनन्।
जेठ १४ भित्र संविधानको निर्माण नभएर संविधानको विघटन भएको अवस्थामा सर्वोच्च अदालतले दुईवटा विकल्प अगाडि सारेको छ : जनमत संग्रह वा नयाँ जनादेश। ती दुवैमध्ये कुन विकल्प उपयुक्त हुनेछ? वा अन्य कुनै विकल्प अपनाउनु आवश्यक वा उचित हुनेछ? त्यो पछिको स्थितिअनुसार निर्णय हुने विषय हो। अहिले नै त्यसबारे भविष्यवाणी गर्नु सम्भव छैन। कुनै बेला भविष्यका लागि बनाइएको योजना वा विकल्पहरू पूर्व निर्णयानुसार नै अगाडि बढ्ने गर्दैनन् र घटनाक्रममा हुने नयाँ विकासअनुसार सोचेभन्दा बेग्लै दिशा वा रूपमा पनि परिणामहरू अगाडि बढ्ने वा देखापर्ने गर्छन्। संविधानसभाको विघटनपछि देखापर्ने सम्भावित परिस्थितिका सन्दर्भमा पनि यही मान्यता लागु हुन्छ। संविधान निर्माण नगरी संविधानसभा विघटन भयो भने त्यस अवस्थामा देश सर्वोच्च अदालतले गरेको फैसला वा त्यसले निर्धारित गरेका विकल्पहरू अनुसार नै अधिघ बढ्नेछ भन्ने कुनै ग्यारेन्टी छैन । राजनीतिमा कैयौँ नयाँ कारक तत्व वा कारणहरूले काम गर्न सक्छन् वा अहिले विद्यमान नभएका कतिपय नयाँ कारक तत्वहरू उत्पन्न हुन सक्छन् र तिनीहरूले देशको राजनीतिलाई बेग्लै दिशामा लैजान सक्छन्।
संविधानको निर्माण नभई संविधानसभाको विघटन भए सरकारको स्वरूप के हुनेछ? अन्तरिम संविधानले संविधानको निर्माण नगरी संविधानसभा विघटन हुने कुनै परिकल्पना गरेको छैन। त्यसैले त्यस अवस्थामा सरकारको रूप के हुनेछ भन्ने बारे पनि कुनै निर्देशन छैन। त्यो बेला मन्त्रीमण्डल वा राष्ट्रपतिमध्ये कसको कति अधिकार वा भूमिका हुनेछ? त्यसबारे पनि संविधानले कुनै व्यवस्था गरेको छैन। यस्तै सर्वोच्च अदालतको फैसलानुसार जनमत संग्रह वा नयाँ जनादेशमा जाने ठेगान गरियो भने पनि ती कार्यहरू कसका मातहतमा हुनेछ? त्यो बेला कार्यकारी अधिकार कसमा निहित हुनेछ? त्यसबारे पनि संविधानमा केही उल्लेख नगरिएकाले त्यो प्रश्नमा सरकार र राष्ट्रपतिबीचमा द्वन्द्वको स्थिति हुने र त्यसको परिणास्वरूप देशमा राजनीतिक अस्थिरता पैदा हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न। जनमत संग्रह वा नयाँ जनादेशमा जाने ठेगान भइसकेपछि पनि तिनीहरूको मिति निर्धारणको प्रश्नमा विवाद देखा पर्न सक्छ। कतिपय अवस्थामा बारम्बार तिनको मिति परिवर्तन हुँदै गएर पुनः अन्योल र अनिश्चय पैदा हुने वा ती विषय नै खारेज भएर देशको राजनीतिले बेग्लै मोड लिने पनि सम्भावना रहनेछ। संविधानसभाको विघटनका बेलामा जुन सरकार विद्यमान हुन्छ, त्यसपछिको अवस्थामा त्यसले नै आफूलाई कायम राख्न प्रयत्न गर्ने सम्भावना रहनेछ र सामान्यतः त्यसो गर्नु स्वाभाविक पनि देखिन्छ। तर त्यो सरकार संविधानसभा वा संसद्प्र्रति जिम्मेवार हुनु नपर्ने भएकाले, प्रथम, त्यसले आफ्नो कार्यकाल अनियन्त्रित प्रकारले लम्बाउँदै जाने र, द्वितीय, त्यसले अधिनायकवादी रूप लिने बढी सम्भावना रहनेछ। अहिले देशमा माओवादीहरूको सरकार छ। यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न, कहीँ माओवादीहरूले जेठ १४ गतेसम्म संविधान बन्न नदिएर संविधानसभाको विघटनपछि आफ्नो नेतृत्वको सरकारअन्तर्गत नै जनमत संग्रह वा नयाँ जनादेशमा जाने वा ती दुवै हुन नदिएर आफ्नो अधिनायकवादी शासन कायम गर्ने योजना अन्तर्गत योजनाबद्ध प्रकारले काम गरिराखेका त छैनन्? तर उनीहरूका लागि त्यस प्रकारको उद्देश्य पूरा गर्नु पनि सजिलो छैन। कैयौंपल्ट उनीहरूले ताकेका बन्दुक उल्टो पड्कने गरेका छन्, जस्तै कि कटुवाल प्रकरण। संविधानको निर्माण नगरी संविधानसभाको विघटनको अवस्थामा स्वयं उनीहरूभित्र चलिरहेको अन्तरसंघर्षको कारणले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई निरन्तरता दिनु सम्भवतः वैद्य वा पुष्पकमल दाहाल दुवै पक्षहरूलाई स्वीकार्य हुनेछैन। तर एकपल्ट भट्टराई सरकारले राजीनामा दिएपछि उनीहरू दुवै पक्षले चाहेको वा माओवादीको नेतृत्वमै सरकार बन्ने पनि कुनै ग्यारेन्टी छैन। त्यस स्थितिले प्रारम्भमा नै उनीहरूको संविधानसभाको विघटनपछि सत्ता कब्जा गर्ने महत्वाकांक्षालाई असफल पारिदिन सक्छ।
अहिले देशका विभिन्न राजनीतिक शक्तिहरूले देश र जनताप्रतिका जिम्मेवारी पूरा गर्नुभन्दा पनि संकीर्ण स्वार्थहरूलाई बढी प्राथमिकता दिएर काम गर्नेगरेका हुनाले नै आजसम्म संविधान निर्माण हुन नसकेको हो र देशमा अन्योल तथा अनिश्चयको स्थिति उत्पन्न भएको हो। पुस १ गते वा माघ १९ गतेपछि देशमा कायम भएको राजनीतिक अवस्थाका लागि पनि राजनीतिक शक्तिहरूका त्यसप्रकारका प्रवृत्ति पुरै नभए पनि धेरै हदसम्म जिम्मेवार थिए। अहिले पनि देशका राजनीतिक शक्तिमा त्यस्तै प्रवृत्ति विद्यमान भएको हुनाले अहिलेसम्म संविधानको निर्माण हुन नसकेको हो र देश संविधानसभाको विघटन हुने वा त्यसपछि अनिश्चय तथा अन्योलपूर्ण अवस्थामा पुग्ने खतराको मुखमा उभिएको छ। देशी वा विदेशी अवाञ्छित शक्तिहरूलाई देशका राजनीतिक शक्तिहरूको त्यसप्रकारको चरित्रबाट फाइदा उठाएर देशको राजनीतिमा खेल्ने र विभिन्न राजनीतिक शक्तिलाई आफ्ना स्वार्थका पक्षमा उपयोग गर्ने प्रशस्त अवसर मिल्ने गरेको छ। संविधान निर्माण नभई संविधानसभा विघटनको अवस्थामा पनि देशका विभिन्न राजनीतिक शक्तिले आआफ्ना स्वार्थका लागि देश, जनता वा भविष्यको व्यापक हितहरूको सौदावाजी गर्ने जोखिम रहनेछ। त्यससित जोडिएको अर्को गम्भीर समस्या हो : विभिन्न राजनीतिक शक्तिहरू आफ्ना गलत राजनीतिक सोचका पक्षमा ठूलो संख्यामा जनतालाई आफ्नो पक्षमा लैजान वा गोलबन्द गर्न सफल हुनेगरेका छन्। जनता विभिन्न राजनीतिक शक्तिले अपनाउने गरेका गलत नीति वा कार्यको सचेत रूपले विरोध गर्नसक्ने अवस्थामा भएको भए देशको राजनीतिक अवस्था यति धेरै बिग्रन पाउने थिएन। जे होस्, उक्त सबै कुराको परिणामस्वरूप देश गम्भीर संकटको मुखमा उभिएको छ। विसं २०६२-६३ का आन्दोलनका उपलब्धिहरू समाप्त हुने, संविधानको निर्माण हुन नसक्ने, संविधानसभाको विघटन हुने, गणतन्त्र समाप्त हुने, राष्ट्रियतामा आँच पुग्ने तथा त्यसपछि देशमा अन्योल र अनिश्चयको अवस्था उत्पन्न हुने सम्भावनाहरू पनि देखापरेका छन्। तैपनि त्यस्तो अवस्थाप्रति देशका राजनीतिक शक्तिहरू, बुद्धिजीवी वा सम्पूर्ण सचेत समूहहरू चिन्तित भएको र देशमा त्यसप्रकारको स्थिति उत्पन्न हुन नदिन गम्भीर भएको तथा त्यसअनुसार आआफ्ना नीति, कार्यक्रम वा प्रयत्न अघि बढाउन गम्भीर भएको कमै देखिन्छ। देश डुब्दैछ तर त्यसप्रति उनीहरूको ध्यान कम गइरहेको छ।
त्यसैले आजको प्रश्न संविधान बन्छ वा बन्दैन भन्नेमात्र होइन। त्यसभन्दा गम्भीर प्रश्न संविधान नबने लोकतान्त्रिक प्रणाली, गणतन्त्र वा देशको भविष्यमा त्यसबाट पर्ने असरको हो। प्रश्न त यो छ : गणतन्त्र, राष्ट्रियता, सार्वभौमिकता र अखण्डता वा देशको अस्तित्वसमेत कायम रहन्छ वा रहन्न? वास्तवमा अहिलेको अवस्था अत्यन्त संवेदनशील र निर्णायात्मक प्रकारको छ। यस बेला हुने राजनीतिक गल्तीका गम्भीर र दूरगामी दुष्परिणाम हुनसक्छ। त्यसप्रकारका राजनीतिक गल्तीहरूमध्ये तोकिएको समयमा संविधानको निर्माण हुन नसक्नु मुख्यरूपमा उल्लेखनीय छ। त्यसैले त्यो कार्य सम्पन्न गर्नु अहिलेको मुख्य राष्ट्रिय आवश्यकता भएको छ।
(लेखक नेकपा (मसाल)का महामन्त्री हुन्)