अजित तिवारी, विराटनगर, फागुन २८ - नेपाली कङ्ग्रेसका नेता शेरबहादुर देउवाले आउँदो जेठ १४ सम्म संविधान जारी हुन नसके ०४७ सालको संविधानलाई परिमार्जन गरेर लागू गर्नुपर्ने बताएका छन्। उनले २०४७ सालको संविधानमा गणतन्त्र, संघीयता, धर्म निरेपक्षता र समावेशीकरण थपेर जारी गर्न सकिने बताए।
नेपाल प्रेस युनियनको आयोजनामा विराटनगरमा भएको पत्रकार सम्मेलनमा देउवाले माओवादीले शान्ति प्रकृया लम्व्याएर संविधान निर्माणमा ढिलाई गरेको हुनाले ०४७को संविधानलाई परिमार्जन गरेर लागु गर्नु पर्ने बताए।
उनले संघीयताको सवालमा जनतालाई सोधेर मात्र सिमाङ्कन तथा नामाङ्कन गर्नुपर्ने बताए।