हेटौँडा, चैत १५- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारुले जेठ १४ गतेभित्र संविधान नबने विद्रोह गर्ने चेतावनी दिएका छन्। ९ प्रदेश कायम नगरिए समयमै संविधान बने पनि त्यसलाई नमान्ने चेतावनी पनि उनले दिए। तुरुन्तै संविधान जलाउँछौं र आफैं संविधान बनाउँछौं- उनको भनाइ थियो।
जातीय राज्यको माग गर्दै गठन गरिएको मञ्चअन्तर्गत अर्धसैन्य दस्ता सङ्घीय भोलेन्टियर्स फोर्स (एफभीएफ) को राष्ट्रिय भेलालाई मकवानपुरको पदमपोखरीमा आइतबार सम्बोधन गर्दै उनले विद्रोहबाट मात्र जनजातिको अधिकार प्राप्त हुने दाबी गरे। आदिवासी जनजाति पटकपटक लामो समयदेखि अरुका लागि लडेको भन्दै उनले जातीय अधिकार, पहिचान, आत्मसम्मान र स्वतन्त्रताका लागि सबै आदिवासी जनजातिले विद्रोह गर्नुपर्ने अवस्था आएको बताए।
जनजातिको रगत पसिना बगेको आन्दोलनबाट स्थापित संविधानसभाले निर्धारित मितिमा संविधान नबनाए विद्रोह गरेर आफैं संविधान बनाउने चेतावनी पनि उनले दिए। आदिवासी जनजातिको पहिचान गराई सम्मानजनकरुपमा जातीय आधारमा ९ प्रदेश निर्माण गर्न आग्रह गर्दै उनले त्यसो नभए जेठ १४ भित्रै संविधान बने पनि 'मान्य नहुने' बताए। 'संविधान जेठ १४ भित्रै बन्नुपर्छ, जातीय ९ प्रदेश कायम गर्ने संविधान बन्नुपर्छ। नत्र भोलिपल्टै हामी संविधान जलाउँछौँ र खरानी बनाउँछौ'- उनले चेतावनी दिए। 'जनजातिलाई नजरअन्दाज गरिए विद्रोह हुन्छ, त्यसले तीन ठूला दललाई सखाप पार्छ, हामी आफैँ आफ्नो संविधान बनाउँछौँ'- उनको भनाइ थियो।
सैन्यदस्ताको रणनीति तथ सैन्य संरचना बनाउन आयोजना गरिएको प्रशिक्षणसहितको भेलाको उदघाटन कार्यक्रममा मञ्चका वरिष्ठ नेता कमल छाराङ, उपाध्यक्ष खड्ग किराँती, महासचिव रवीन्द्र थिङ, सचिव लासिम लिम्बू, प्रवक्ता छवि साम्बाहाम्फेलगायतले जनजातिको अधिकार प्राप्तिका लागि सङ्घर्ष र विद्रोह गर्न तयार रहेको बताएका थिए।
- रामशरण पुडासैनी