उजिर मगर, काठमाडौं, फागुन ९- प्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख सल्लाहकार रघुजी पन्तले एकीकृत माओवादीका कारण जेठ १४ भित्र संविधान नबन्ने परिस्थिति बन्दै गएकाले चुनावमा जानुपर्ने बताएका छन्। उनले माओवादीलाई एक्लाउन एमाले, कांग्रेस र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को मोर्चा बनाएर चुनावमा भाग लिनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा शनिबार पन्तले जेठ १४ भित्र संविधान निर्माण नहुने र त्यसबीचको 'भ्याकुम'मा अहिलेकै सरकारले चुनाव घोषणा गर्ने धारणा व्यक्त गरे।
'माओवादीले लिएको रणनीतिले समयमा संविधान नबन्ने अवस्था आउँदै छ,' पन्तले बैठकपछि नागरिकसित भने, 'यो अवस्थामा सकेसम्म सहमतिको प्रयास गर्ने हो।
निकासका लागि चुनावमा एमाले, कांग्रेस, फोरम, माले, मजदुर किसान पार्टीसहितको वाम लोकतान्त्रिक मोर्चा बनाएर जानुपर्छ भनेको हुँ।'
आफ्नो धारणा प्रधानमन्त्रीको सल्लाहकारको हैसियतमा नभई एमालेको केन्द्रीय सदस्यले व्यक्तिगत धारणा राखेको उनले बताए। 'वाम लोकतान्त्रिक मोर्चा बनाएर चुनाव गरेपछि उग्रवामपन्थीको एकाधिकारवाद र दक्षिणपन्थीहरूको मोर्चालाई कम बनाउँछ भन्ने मेरो धारणा हो,' उनले भने।
पन्तले वाम लोकतान्त्रिक मोर्चाका कारण माओवादीले चुनाव बनाउन नदिने भएकाले सरकारले दमनको नीति लिनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए।
पन्तको धारणामा अन्य केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए। 'पार्टीलाई दक्षिणपन्थी दिशामा उन्मुख गराउने गरी यी धारणा बालुवाटारभित्र पाकेका कुरा हुन् कि होइनन्? यो धारणाले मुलुकलाई पुनः मुठभेडतिर लाने स्थिति छ,' सदस्यहरूले भने।
स्थायी कमिटीका सदस्य केपी ओलीले मुलुकको समस्याका मुख्य बाधक माओवादी भएको बताए। 'केही साथीहरुलाई माओवादीसँग सहकार्यबिना अघि बढ्न सकिँदैन भन्ने भ्रम छ। उसका उग्र गतिविधिको विरूद्ध संघर्षको विकल्प छैन,' ओलीले भने।
बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ।
प्रतिवेदनमा सरकारले राष्ट्रिय संयुक्त सरकार बनाउन नसकेको, माओवादीका गतिविधि उग्र भए पनि वामपन्थी शक्ति रहेको विश्लेषण छ।
छलफलमा ओली, प्रदीप नेपाल, दलबहादुर राना, तुलबहादुर गुरूङ, अग्नि खरेल, किरण गुरूङ, प्रकाश ज्वालालगायतले भाग लिएका थिए। बोल्ने सदस्यहरूले पार्टीभित्रको गुटगत आधारमा आ-आफ्ना पक्ष लिएर धारणा राखेका थिए।
सदस्यहरूले संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सेना समायोजन, राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिएका थिए। राजनीतिक निकासका लागि राष्ट्रिय सहमति जुटाउन एमाले कांग्रेस र माओवादीसँग नयाँ प्रस्ताव लानुपर्ने सदस्यहरूले धारणा राखेका थिए।
'राष्ट्रिय सहमति जुटाउन, नयाँ प्रस्ताव लिएर माओवादी र कांग्रेससँग जानुपर्छ। अहिलेकै सरकारमा माओवादीलाई सहभागि बनाउने मात्रै भनेर हुँदैन', एक केन्द्रीय सदस्यले अधिकांश सदस्यहरूको भनाई उद्धृत गर्दै भने।