महेन्द्रनगर, वैशाख ३०- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष लक्ष्मण थारुले जेठ १४ मा नयाँ संविधान नबने मुलुक राष्ट्रपतीय शासनमा जाने बताएका छन्। पार्टीद्वारा आयोजित बहुराष्ट्र पुनर्जागरण अभियानको कार्यक्रममा बोल्दै उनले राष्ट्रपतीय शासन भनेको सैनिक शासन नभएको पनि बताए।
अन्तरिम संविधान २०६३ ले प्रावधान गरेअनुसार राष्ट्रपतीय शासन लाग्ने उल्लेख गर्दै अध्यक्ष थारुले नयाँ संविधान नभएको अवस्थामा गोलमेच सम्मेलनमार्फत् सर्वदलीय र सर्वजातीय राष्ट्रिय सरकार आवश्यक रहेको पनि बताए।
माओवादीको भ्रममा परेर दुई हजार थारुले बलिदान गरे तर के उपलब्धि हासिल भयो ? माओवादी अध्यक्ष प्रचण्डलाई उनले प्रश्न गरे।
अध्यक्ष थारुले संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नहुने जिकीर गर्दै जेठ १४ मा संविधान नआए सभासद्हरूलाई गाउँगाउँबाट लखेटिने चेतावनी पनि दिए।
- रासस