‘अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ’
०८ वैशाख २०८२
•
९ मिनेट पाठ
‘अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ’
गोन्द्राङ–पुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्‌घाटन भएको छ । कार्यसम्पन्न हुनु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ । यस अवसरमा यो कार्यमा सहयोग र सहयोगी हात अगाडि बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु । यसमा योगदान गर्ने झन योगदानका पात्र हुँदै हुनुहुन्छ ।




वास्तवमा यो पूर्वपश्चिम राजमार्गलाई एसियाली स्ट्याण्डरमा विकास गर्नु थियो र यसलाई यसै ठाउँबाट मैले सुरु गर्न किन चाहे भने बुटवल–भैरहवा पनि यहाँबाट नजिकै पर्छ, हेटौँडा–वीरगञ्ज पनि नजिकै पर्छ, काठमाडौँ जाँदा सेन्टर नै पर्छ, पोखरा जाँदा सेन्टर पर्छ । यो सबै ठाउँको सेन्टर छ । विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षा, स्वास्थ्यका हिसाबले र अनेक हिसाबले यो केन्द्रको रुपमा छ । यसलाई तदअनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसअन्तर्गत नै यस ठाउँबाट सुरु गर्नुपर्छ भनेर नै सडक विकासको काम एसियाली मापदण्डमा निर्माणको काम यहीँबाट थालिएको थियो । 

यहाँहरू सबैलाई थाहा छ, सोच कसैले बनाउनुपर्छ । त्यस सोचलाई अगाडि बढाउन सबैको साथ चाहिन्छ । सबैको तत्परता चाहिन्छ, सबैको योगदान चाहिन्छ । जजसले जहाँबाट योगदान पुर्‍याउन सकिन्छ, सबैको योगदान चाहिन्छ । त्यसैकारण अघि मैले भनेको हुँ,  यसमा योगदान गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ । 

देश अनेक उतार चढावहरूबाट अगाडि बढ्दै आएको छ । यद्यपि २०४७ सालभन्दा पछि हामी यत्ति अल्झिनु र अल्मलिनु हुँदैनथ्यो होला । योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यताअनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी विना अलमल तीव्र गतिमा लाग्नु पर्दथ्यो होला । आफ्नो ठाउँमा आआफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो । केही कमीहरू रहेका छन् । अलिक ढिला भएको छ तर विकासले गति लिएको छैन भन्ने कुरा होइन । हामीले सडकमा काफी उन्नति गरेका छौँ । 

यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्वकालमा मैले  देश विकासमा पूर्वाधारमा जोड दिनुपर्दछ, आधारभूत रुपमा पूर्वाधार तयार भएपछि अरु विकासलाई त्यस पूर्वाधारमा, त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ भनेर कामहरू अगाडि बढाएको थिए । त्यसमा पनि कनेक्टिभिटी, विद्युत् जस्ता कुराहरू आवश्यक छ । कनेक्टिभिटीमा बाटा, पुलहरू, हवाइ यातायात त पर्ने नै भयो, गर्मी ठाउँबाट चिसो ठाउँमा फुत्त गएर आराम गर्नुपर्‍यो भने केवलकार चाहियो, एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन । 

सञ्चारको राम्रो प्रबन्ध हुनुपर्‍यो, सञ्चारको विकास हुनुपर्‍यो । त्यसकारण ७७ वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुुर्‍याउने कार्यहरु तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ । त्यो पूरा भएको छ । आज इन्टरनेट सेवा केही दुर्गम ठाउँहरुमा पुग्दैन तर आमरुपमा भन्ने हो भने इन्टरनेट सेवा पुुगेको छ । जहाँ पुुग्दैन, जहाँ पुुगेको छैन र जहाँ अत्यावश्यक छ, जस्तै अस्पताल, विद्यालय त्यहाँ दूरसञ्चार कर्पोरेशनबाट हामी बन्दोवस्त गर्न सक्छौँ । त्यसै गरेर अरु विभिन्न पूर्वाधारका क्षेत्रहरुका साथै यस बीचमा विद्युत् उत्पादनमा असाधारण र उल्लेख्य प्रगति भएको छ ।

खेलकुदका क्षेत्रमा जम्मा एउटा दशरथ रङ्गशाला थियो । त्यो पनि २०७२ सालको भूकम्पले भत्काएपछि देश रङ्गशालाविहीन थियो । अहिले देशका विभिन्न ठाउँमा विभिन्न रङ्गशालाहरु निर्माण भइरहेका छन् । दशरथ रङ्गशाला निर्माण भएको छ, पोखरा रङ्गशाला निर्माण भएको छ, सुर्खेत रङ्गशाला निर्माण भएको छ । अरु पनि रङ्गशालाहरु निर्माण भएका छन् र काम अगाडि बढिरहेको छ । एकैचोटी हामीले यति धेरै कामहरु गरिरहेका छौँ । हामीले विकासको गतिलाई अगाडि बढाएका छौँ । 

खानेपानीको क्षेत्रमा भन्ने हो भने आश्चर्यचकित भइन्छ । अहिले विश्व बंैकले तथ्याङ्कहरु निकालेको छ । जो हामी आफैँ आश्चर्य लाग्ने खालका तथ्याङ्कहरु छन् । यस बीचमा अलिकति गति अवरुद्ध भएको थियो । त्यसका पछाडि केही राजनीतिक कारणहरु थिए । तर ती कुराहरुलाई पनि हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ । 

विकासका लागि स्थिरता र स्थायित्व चाहिन्छ, अहिले देशका प्रमुख दुुई पार्टीहरु मिलेर स्थायित्व र स्थिरता दिने संकल्प र अठोटका साथ अघि बढिएको छ । स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिइएको छ । अहिले सुशासन र देश विकासको कामलाई अगाडि बढाइएको छ । 

अहिले एउटा मान्यता स्थापित भएको छ, जोसुकै होस्, कानुन तोड्छ, देशमा विध्वंस मच्चाउन खोज्छ, देशमा संविधान विपरीतका क्रियाकलाप गर्छ वा खासगरी आपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन । त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ । शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रणका यी कामहरू दृढताका साथ गरिने छन् । सुशासनको प्रत्याभूति गर्दै जनतालाई राम्ररी सेवा सुविधाहरू यथाशक्य क्षमताअनुसार उपलब्ध गराउँदै जाने, त्यसका निम्ति पूर्वाधार र अन्य मानव संशाधनको पक्षसमेत विकास गर्दै जाने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ । त्यसैको फलस्वरुप अघि भर्खर मैले कुरिनटारमा इच्छाकामना गाउँपालिका भवनको उद्‌घाटन गरेर आएँ । यहाँ बाटो शिलान्यास भएको होइन, निर्माण कार्य सम्पन्न भएको हो । शिलान्यास त भयो, बन्ला कि नबन्ला भन्ने कुरा होइन, बनिसकेपछिको यो उद्‌घाटन हो । त्यसकारण काम हुन्छ, हुँदैछ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त हो । 

एक ठाउँमा मात्रै होइन, देशभरि पूर्वपश्चिमका आठ खण्डमा यसलाई विभाजन गरेर यसको स्तरोन्नति हुँदैछ । मध्यपहाडी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदैछ । मदन भण्डारी राजमार्ग केही केही कारणहरू, जस्तै पहिलेकै बाटोसँग जोडेर लैजानुपर्ने अवस्था छ, केही वनका र निकुञ्ज, आरक्षणजस्ता कारणले केही केही ठाउँमा अझै ती समस्याको समाधान गरेर निर्माण गर्नुपर्नेछ । नत्र भने काम लगभग सम्पन्न भएका छन् । हुलाकी राजमार्ग मैले भनिरहनुपरेन । अलिकति आरक्षले गर्दा ठोरीदेखि यता रोकिएको छ । चितवनको खासगरी तीन नम्बर क्षेत्र माडी र पश्चिमको क्षेत्रलाई जोड्ने ठाउँमा बाटो छुटेको छ । नारायणीमा थप पुलको विकास गर्नुपर्नेछ । नारायणीको तटबन्धलाई सम्पूर्ण रुपमा निकट भविष्यमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ । यी कुराहरूतर्फ सरकारको ध्यान गएको छ । 

यो जिल्ला बहुतै ऐतिहासिक जिल्ला छ । यहाँको इतिहास अहिलेको मात्रै होइन, यस ठाउँको इतिहास त्रेतायुगदेखिकाे छ । रामजन्मदेखिको इतिहास छ । त्यहाँ देखिको लामो इतिहास छ । यो भूभाग हाम्रो वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो । जनकपुरजस्ता, चतराजस्ता ठाउँहरू वा अरु विभिन्न ठाउँहरू, त्यसपछि द्वापरयुगमा विभिन्न दार्शनिकहरूको यहाँ जन्म भएको थियो । तीन हजार वर्षभन्दा यताका मात्रै कुरा गर्ने हो भने स्वास्थ्य विज्ञान, त्यसको पुरानो इतिहास छ । त्यसलाई हामीले विकास गर्न सकिराखेका थिएनौँ । अहिले हामी ध्यान दिइरहेका छौँ । त्यस क्षेत्रमा पनि आयुर्वेद र परम्परागत उपचार पद्धति, हाम्रा जडिबुटीहरूकाे विकास गरेर हामी लिएर जाँदैछौँ । यहाँ क्यान्सर अस्पताल, शिक्षण अस्पताल र अरु विभिन्न अस्पताल बनेका छन् । त्यसबाट विद्यार्थीहरु उत्पादन भइरहेका छन् । अब धेरै नयाँ नयाँ कुराहरू यहाँका अस्पतालहरुले गर्दै छन् भन्ने कुरा मैले थाहा पाएको छु । तसर्थ, यस ठाउँलाई हामीले त्यसैगरी एउटा फराकिलो पन र फराकिलो मनका साथ यसलाई विकास गर्नुपर्छ । 

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको व्यक्ति हुँ । जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेस्ट गरिहाल्छु । तर, अहिले चुनाव लागेको पनि छैन, चुनाव प्रचार गर्नु परेको पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म सबैलाई आग्रह गर्न चाहन्छु, सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, हामीले विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन, एकतामा जोड दिउँ । विचारमा र अरु कुरामा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ । देशको विकास गर्नुपर्छ, सबैले विकास गर्नुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । अरुले आएर हाम्रो देश बनाउँदैन, कसैले बनाइ दिँदैन । जे सहयोग व्यक्तिहरू वा देशहरूले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोग धरापमा पर्ने गरेको हामीले देखेका छौँ । अरुको भर पर्दा के हुँदो रहेछ, कति वटा देशले अरुका बलमा लड्ने लडाइँ, अरुका बलमा गरिने विकास यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन । आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर अगाडि बढेर हामीले विकास गर्नुपर्छ । त्यसरी मात्रै हामीले हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो  राष्ट्रियतालाई मजबुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ । त्यसकारण डेमोक्रेसीलाई मजबुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु । 

अहिले एसियन स्ट्याण्डरको भनेर हामीले झण्डै सात ९६.०८०    किलोमिटर एसियन स्ट्याण्डरमा एउटा बाटो पहिलो बनाएका छौँ । यो हाइवे पूर्वदेखि पश्‍चिमसम्म (काकडभिट्टादेखि गड्डाचौकीसम्म) यो स्ट्याण्डरको बाटो हुनुपर्दछ । एउटा कुरा के भन्दा यत्तिकै फराकिलो, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनुपर्ने अथवा खाली क्षेत्रमा बनाउनुपर्ने वा जङ्गल क्षेत्रमा बनाउनुपर्ने भन्ने हुँदैन । यो सहरी क्षेत्रमा भएको हुनाले एउटा नमूना हो । यो भन्दा अलिक साँघुरोले पनि एसियन स्ट्याण्डर हुन्छ । त्यसकारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरू बनाएका छौँ, हाइवेलाई र अरु बाटाहरूलाई पनि ताकी सहरका सवारीका चापहरूदेखि लिएर सबै कुरालाई ध्यानमा राखेर । जेहोस् यसलाई हामी चौडा गर्दैछौँ, अघि पनि मैले भनेँ आठ खण्डमा हामीले निर्माण कार्य अगाडि बढाएका छौँ, सबै ठाउँलाई एसियन स्ट्याण्डरमा बनाउने भनेर । यसमा आठ लेनभन्दा ठूलो छ, फुटपाथ पनि चौडा छ । यस्ता बाटाहरू सहरी क्षेत्रमा निर्माण गर्दै जानुपर्छ । 

मुख्यमन्त्रीजीले भन्नुभयो बनाउँदै फेरि भत्काउँदै, भत्काउँदै बनाउँदै, एउटा नाममा भत्काउने त्यसो नगरौँ । कुनै चिजको निर्माण सम्पूर्ण रुपमा एकैचोटी गरौँ । ढलको निर्माण, खानेपानी पाइपलाइनको विस्तार, बिजुली वा टेलिफोनको छ भने बाटो निर्माण हुनुुभन्दा अगाडि गर्नुपर्छ । यति स्ट्याण्डरको बाटो बनाएपछि फेरि गैती लिएर बीचमा टङ्र्‍याङ टङ्र्‍याङ खन्ने खालका कामहरू बीचमा गर्नुहुँदैन । त्यसका लागि पहिले नै समग्र डिजाइन गर्नुपर्छ । डिजाइनिङभित्र सर्भिस लेनहरु, अरु सबै कुराको हामीले प्रबन्धहरु गरेका छौँ । त्यसरी नै अगाडि बढाउनुुपर्छ । यो स्ट्याण्डरमा सडक बनेको छ, म खुसी व्यक्त गर्न चाहन्छु। 

देश नै विकासको बाटोमा अगाडि बढ्दै छ । यहाँका जनताहरूलाई यो सुविधा उपलब्ध भएको छ, म बधाई भन्न चाहन्छु । यहाँका सबै जनताले साथ र सहयोग दिनुभएको छ । म महानगरपालिका र अन्य पालिकाहरूलाई धन्यवाद दिन चाहन्छु । यहाँका नागरिकहरू कतिले आफू बसोबास गरिरहेको ठाउँ छोड्नुपरेको होला । विसं २०२२ मा यसको निर्माण गर्ने कार्यको सुरुवात भयो भनौँ अथवा लगभग परिकल्पनाको स्थितिबाट अगाडि बढ्न थाल्यो । त्यसबेलादेखि बसिरहेका ठाउँहरू हुनसक्छन् । ती छोड्नुपरेको होला । जेसुकै भए पनि आफ्नो घर भत्किँदा व्यक्तिलाई रमाइलो लाग्दैन तर देशको विकासका लागि त्यस्तो कामहरू गर्नुपर्ने हुन्छ । त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था पहिला नगरिएको भए पनि आजको समयमा र जनताका पीरमर्काप्रति हामी अत्यन्त संवेदनशील छौँ । त्यसकारण जनतालाई परेका पीरमर्काहरूको वैकल्पिक व्यवस्था गरेर नै अगाडि बढेका छौँ र त्यसै गरी अगाडि बढ्छौँ । म यस सफलताका लागि खुसी व्यक्त गर्दै बधाइ र शुभकामना भन्न चाहन्छु । नयाँ वर्ष पनि भर्खरै प्रारम्भ भएको छ । नयाँ वर्ष अझै ३६० दिन चोखै बाँकी छन् । सबैका निम्ति सुखमय, सफलताका र सुस्वास्थ्यका दिनहरू रहून् । धेरै धेरै शुभकामना छ । 

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ वैशाख ५ गते पूर्वपश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गर्नुभएको सम्बोधनका आधारमा उहाँको स्वकीय सचिवालयबाट तयार गरिएको)
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस