प्रधानमन्त्रीको प्रस्ताव लिएर ओलीलाई भेट्न आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको दाहालले बताए।
एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या अहिले गर्न सम्भव पनि छैन, अब आवश्यक पनि छैन,’ उनले भने।
यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै रहेको बताउँदै उनले जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष रहेको दाबी गरे।
‘अहिले जे भइराख्या छ, समितिका प्रतिवेदनमाथि भएका छेडखानीहरू। त्यो त्यस्तै हो। देखाउँदा खेरी चाहिँ खसीको टाउको देखाइया छ लोकतन्त्र, बेच्दाखेरी कुकूरको मासु बेच्ने गरिएको छ भित्रभित्रै। त्यस्तै चिज चलिर...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टीले आफ्नो आधार वर्ग र जनतासँगको सम्बन्धलाई कमजोर बनाएको भन्दै गल्ती स्वीकार गरेका छन्।
संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।