यसरी दाहालले रोजेको काठमाडौं–१० ले ६ वर्षपछि दाहाललाई रोजेन। अपरिचित प्रचण्डलाई जिताएको काठमाडौं–१० ले प्रधानमन्त्री भइसकेको परिचित दाहाललाई भने हरायो।
‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन,’ दाहालले दुखेसो पोखे।
‘उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लात्ता नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे।’
यसअघि मङ्गलवार माओवादी अध्यक्ष दाहालले माओवादीले सहकार्यको राजनीति गर्दा घाटा भएको दाबी गर्दै त्यो सहकार्यबाट कहिले कांग्रेस, कहिले एमाले ठुलो भएको बताएका थिए।
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।
‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डकी छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ। आजको मितिमा नेपाली कांग्रेस जुन श...