काठमाडौं- राष्ट्रिय योजना आयोगले आगामी साउनदेखि लागू हुने १४औं त्रिवर्षीय योजना अवधिमा करिब सात प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। नयाँ आर्थिक वर्षदेखि भूकम्पपछिको पुनर्निर्माणले तीव्रता लिने र यही गतिमा अन्य विकास बजेट खर्च हुने अनुमानका आधारमा वृद्धिदर प्रक्षेपण गरिएको हो। आयोगले जलविद्युत तथा पूर्वाधार आयोजना निर्माण र संघीय प्रदेश आर्थिक गतिविधिले जोड्ने गरी योजनाको मस्यौदा तयार गर्दैछ।देश संघीयतामा गएकाले एक वा दुई प्रदेशबीचको आर्थिक गतविधिमा १४औं योजनामा विशेष कार्यक्रम समेटिने आयोगका सहसचिव गोपिनाथ मैनालीले बताए। 'जलविद्युत तथा पूर्वाधार विकास त पहिलो प्राथमिकतामै पर्छ, प्रदेश–प्रदेशबीचको समृद्धिमा सरकारले ध्यान दिनु जरुरी छ,' उनले नागरिकसँग भने।
विगतमा कार्यक्रम कार्यान्वयन फितलो हुँदा महत्वकांक्षी लक्ष्य राखे पनि पूरा नहुने परिपाटी १४औं योजनामा कम गर्दै लैजाने आयोगको तयारी छ। यो योजनाले कार्यक्रम कार्यन्वयनमा पनि विशेष ध्यान दिने बताइएको छ। विकासे मन्त्रालयलाई मासिक प्रगति विवरण पेस गर्न लगाउने र यसैको मूल्यांकन गरी कार्यान्वन प्रक्रियालाई चुस्त बनाइने आयोग अधिकारी बताउँछन्।
राष्ट्रिय महŒवका कार्यक्रम योजनामा समेट्न अवधारणापत्र बनाएर अधिकांश जिल्लाबाट आयोगले सुझाव संकलन गरिसकेको छ। छलफल तथा सुझाव संकलन गर्न काठमाडौं उपत्यका र मध्यमाञ्चलका केही क्षेत्र बाँकी रहेको मैनालीले जानकारी दिए। उनका अनुसार छलफल र सुझाव संकलनको काम सकिएपछि मस्यौदा लेखन सुरु हुन्छ।
आगामी साउनदेखि नै १४औं योजना लागू गर्नुपर्ने हुँदा अवधारणापत्रको मस्यौदा चैतको अन्तसम्म तयार गर्न आयोग अधिकारी जुटेका छन्। मस्यौदाबारे वैशाखभित्र पुनःछलफल र सरोकारवाला निकासँग परामर्श लिएर अन्तिम रुप दिइने मैनालीको भनाइ छ। आयोगले कार्यक्रम कार्यान्वयनमा जोड दिने बताए पनि अघिल्ला योजनाको परिणामका आधारमा १४औं योजनामा पनि लक्ष्य प्राप्ति हुने सम्भावना कम देखिने विभागकै अधिकारी बताउँछन्।
'समग्र आर्थिक समृद्धिमा ध्यान दिन ऊर्जा, पूर्वाधार, रोजगारीलगायत क्षेत्र उच्च प्राथमिकतामा राखिएको छ,' उनले थपे, 'सम्भावित प्रदेशको क्षमता विकास र जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणमा समेत कार्यक्रम लक्षित हुनेछन्।' १४औं योजनाले २४ प्रतिशतमा रहेको गरिबी १८ मा झार्ने लक्ष्य राखेको छ। १३औं योजनाले गरिबी १८ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो तर लक्ष्य पूरा हुन सकेन।
संयुक्त राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्यअनुसार सन् २०२२ सम्म विकाशील मुलुकको स्तरमा उकाल्ने लक्ष्य छ। त्यस्तै, सन् २०३० सम्म मुलुकलाई पूर्ण विकसित मुलुकमा रुपान्तरण गर्ने परिकल्पना गरिएको छ। उक्त 'दिगो विकास लक्ष्य'लाई सहयोग पुग्ने कार्यक्रमसमेत १४औं योजनामा समेटिने आयोगले जनाएको छ।
जनआन्दोलन २०६२/६३ पछि सरकारले तीनवटा त्रिवर्षीय योजना कार्यान्वयनमा ल्याइसकेको छ। तर, कुनै योजनाले पनि लक्षित उपलब्धि हासिल गर्न सकेको छैन। ११औं योजनाअघि सरकारले पाँचवर्षीय आवधिक योजना कार्यान्वयन गर्दै आएको थियो।
सरकारले ११औं योजनामा साढे पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। तर, राजनीतिक अस्थिरताका कारण विकास निर्माणका काम नहुँदा वृद्धिदर खुम्चिएर साढे चार प्रतिशतमा झरेको थियो। विगत चार दसकदेखि आर्थिक वृद्धि दुईदेखि पाँच प्रतिशतभन्दा माथि जान सकेको छैन। सरकारले हरेक योजनामा सातदेखि १० प्रतिशतसम्म आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य राखे पनि कुनै पनि योजनामा लक्ष्य हासिल हुन सकेको छैन।
आयोगका अनुसार १२औं योजनामा पनि साढे पाँच प्रतिशत वृद्धिदरको लक्ष्य राखिएको थियो। उक्त योजनामा झन वृद्धिदर खुम्चिएर चार प्रतिशतमा सीमित भएको थियो। १३औं योजनामा ६ प्रतिशत वृद्धिदर राखिएको थियो। वैशाखमा आएको भूकम्प र त्यसलगत्तै भारतले गरेको नाकाबन्दीका कारण पूर्वाधार निर्माण क्षेत्र अस्तव्यस्त भएको छ।
भूकम्प र नाकाबन्दीको असरले ६ प्रतिशतको आर्थिक वृद्धिदर चार प्रतिशतमा खुम्चिने आयोगले अनुमान गरेको छ। 'वृद्धिदर चार प्रतिशतमा झर्ने प्रारम्भिक अनुमान गरिएको छ, वास्तविक नतिजा असार मसान्तसम्म आउँछ,' मैनालीले भने, 'भूकम्प र नाकाबन्दीले पारेको असरको परिणाम अर्को आर्थिक वर्षमा बढी देखिन सक्छ।'
आगामी आवमा भूकम्प र नाकाबन्दीको असर देखिने भए पनि १४औं योजनाले महत्वाकांक्षी प्रक्षेपण गरेको छ। बढी महत्वकांक्षा राखे पनि योजना सकिँदा पुरानै योजनाको परिणाम दोहोरिने आयोगकै अधिकारीको टिप्पणी छ। भूकम्पका कारण करिब सात खर्ब रुपैयाँबराबरको भौतिक संरचनामा क्षति पुगेको थियो भने यसको पुनर्निर्माण गर्न करिब ६ अर्ब ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ।