आर्थिक वर्ष २०७०/७१ लागि नेपाल सरकार चुनावमा केन्द्रित रहनुपर्ने बाध्यताबीचमा पनि ५.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखी ऊर्जा तथा कृषिमा विशेष लगानी तथा गतिशील अर्थतन्त्र नयाँ सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यसहित बजेट प्रस्तुत गरेको छ।समग्रमा बजेटको मिश्रित प्रतिक्रिया आएको छ। राजनीतिक दल, अर्थविद्, उद्योगी, व्यवसायका संघ संगठन र तिनका नेताले सकरात्मकरूपमा लिएका छन्। नेपाल इतिहासको कठीन परिस्थितिमा उभिएको छ। संसदविहीनताको अवस्था छ। सरकार निर्दलीय छ। समाज आर्थिक राजनीतिक अनुशासनबाट विचलन भएको अवस्थामा छ। अहिलेसम्म चुनावी वातावरण बनिनसकेको छैन। बजेट आर्थीक मुद्दाहरुमा सम्बोधन उन्मुख भएको तर प्रवर्द्धन र कार्यान्वयनमा शंका देखिएको छ। त्यसकारण सम्रगमा बजेट कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको छ।
नेपाललाई सन् २०२२ सालसम्म अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने दीर्घकालीन उद्देश्यसहित बजेट आएको छ। प्रमुख प्राथमिकतामा जलविद्युत्, ऊर्जा क्षेत्रको विकास विस्तार, प्रवर्द्धन तथा कृषिको उत्पादकत्व वृद्धि, व्यावसायीकरण र बजारीकरण छ। आर्थिक वृदिद्धर ५.५ प्रतिशत पुर्याषउने लक्ष्य लिएको बजेटले आर्थिक वृद्धिदर हासिल गर्न यसका सूचकहरुमा ध्यान नगएको देखिन्छ। अन्तर्राष्ट्रिय स्तरमा या भनौं विकसित राष्ट्रहरुको बजेटमा रोजगार स्वास्थ्य सेवा, विकासका पूर्वाधार लगानीमैत्री वातावरणको सुक्ष्मतवरले विश्लेषण गरेकेा पाइन्छ। तर यहाँ बजेटले समग्रमा सबै कुराको सम्बोधन गरिएको देखिए तापनि सारमा यो पाइँदैन। बजेटमा उत्पादन वृद्धिको कुरा गरे तापनि उत्पादन वृद्धि हुने कुनै वातावरण सृजना गरिएको छैन। रोजगारी वृद्धि गर्नमा कुनै त्यस्ता उद्योगधन्दा स्थापना गर्ने ठूला कामको थालनी गरिएको छैन। निर्यात प्रवर्द्धन दिन/प्रतिदिन संकुचनको अवस्थामा छ। व्यापार घाटा बढेको छ। यता निजी क्षेत्रको नाम उच्चारण गर्दा नै निजी क्षेत्र हर्षित भएको पाइन्छ तर नेपालको निजी क्षेत्रको स्तर, लगानीमैत्री वातावरण निकै कमजोर देखिएको छ। सँगै तीन खम्बेको केही सन्त्रास यसपाली पनि निजी क्षेत्रमा परेको छ। निर्यातमुखी व्यापार वृद्धि तथा उद्योगधन्दा व्यवस्थापनमा केही त्यस्ता योजना नहुनु पनि निजी क्षेत्रका लागि दुर्भाग्य हो।
निजी क्षेत्र वा समग्र नेपालको आर्थिक विकास बलियो पक्ष मानिएको जडीबुटी, गलैंचा, तयारी पोशाक, पस्मिना, वनस्पति घ्यु र ह्याण्डीक्राफ्ट जस्ता निर्यातजन्य वस्तुको निर्यातमा अन्य छिमेकीसगँको उत्पादनको प्रतिस्पर्धामा आएको ह्राससँगै निर्यात बजार संकुचन भएको छ। अर्कोतर्फ कृषिमा लगानी वृद्धि गरे तापनि कृषिसँग सम्बन्धित उद्योगहरुलाई सबल बनाउन कुनैखालको बजेट छुट्याइएको तथा सहयोगको कार्यक्रम छैन। ऊर्जा क्षेत्रको अनुशासनहीनताका कारणले बढेको लोडसेडिङ, राजनीतिक अवस्था, मजदुर आन्दोलन, बन्द हड्ताल, सरकारी कर्मचारीको तलव वृद्धि, बढ्दो महँगी, लगानीमैत्री वातावरणको अभावका कारण पनि बजेट निजी क्षेत्रलाई त्यति खुसियाली मनाउने अवस्था देखिँदैन। साथै बजेट कार्यान्वयनका पक्षमा थप चुनौती देखिएको छ।
विशेषगरी बजेटको सोच र आधारभूत सिद्धान्त उत्पादन र उत्पादकत्वमा वृद्धि गरी दिगो, उच्च र फराकिलो आर्थिक वृद्धि एवम् वृद्धिको आधारशीलता विकास बताइएको छ। जसलाई प्राप्तिका लागि सरकाले जलविद्युत् एवं ऊर्जा र कृषिलाई प्राथमिकतामा राखेका देखिएको छ। तर अरुलाई प्रतिनिधित्वका रूपमा लिइएको छ। आर्थिक वृद्धिको परिसूचकका रूपमा नेपालजस्तो देशमा कृषि तथा ऊर्जा क्षेत्रको उत्पादनलाई सकारात्मकरूपमा लिइएको हो। तर नेपालको आर्थिक समृद्धि, सामाजिक, राजनीतिक परिवर्तनसँग जोडेर हेर्नुपर्छ भन्ने लाग्छ। साथै विगतको बजेटझैँ यसपालि पनि नेपालमा रहेका बहुसङ्ख्यक दलित, जनजाति, मधेसी समुदायको सामाजिक र साँस्कृतिक मुद्दालाई प्रतिनिधित्वको मुद्दामा मात्रमा सीमित गरिएको छ।
नेपालको सामाजिक र आर्थिक परिवर्तनका लागि नेपालको दलित समुदायलाई बजेटको प्रमुख प्राथमिकतामा राख्नु जरुरी देखिन्छ। किनकि नेपालमा दलित समुदाय परम्परागत पेशाबाट सुसज्जित छन्। दलित समुदायभित्रका जातहरु आ–आप्ा्क्न्ोा भिन्नभिन्न कला, कैाशल, परमपरागत पेशा गर्दै आएका छन। करिब १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायले बजेटबाट धेरै आशा गरेको थियो तर सरकार आफ्नो नीतिमा सामाजिक सुरक्षा र समावेशी विकासका कार्यक्रमअन्तर्गत अन्तरजातीय विवाहको कार्यक्रमलाई निरन्तरता गरे पनि त्यसले एथेष्ठ मात्रामा सम्बोधन नगरेको देखियो। यसले दलित समुदाय लाभान्वित हुने देखिँदैन किनकि बजेट स्पष्टरूपमा दलित समुदायको परम्परागत पेशालाई आधुनिकीकरण र लगानी गर्ने, राम्रो बजारीकरण गरी उद्यमशीलताको प्रवर्द्धन गर्नेखालको कार्यक्रमका लागि बजेट तर्जुमा गरिएको छैन।
यस कारण सरकारले गरेको उत्पादन वृद्धिको नारालाई साकार रूप दिने तथा देशलाई विकासशील बनाउन दलित समुदायको पेशालाई बजारीकरण एवं आधुनिकरण गर्न जरुरी छ। नयाँ उद्यमीहरु उत्पादन गर्न जरुरी छ। सरकार करिव १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायलाई विकासको या भनौं बजेटको मूल प्रवाहमा सामेल नगराई खाली प्रतिनिधित्वमूलक बजेट र नीतिमात्रै ल्याउने अनि नेतृत्वमूलक बजेट नल्याउँदा झन् बजेट कार्यान्वयनका पक्षमा थप चुनौती थपिन्छ। अतः बजेटका कार्यक्रममा दलित समुदायलाई प्रतिनिधिमूलक होइन कि नेतृत्वमूलक बनाउनु जरुरी देखिन्छ। समग्रमा दलित समुदायलाई जातीयरूपमा विभेदका समस्यालाई सामाजिक समस्याका रूपमा लिए पनि यसले समग्र नेपालको अर्थतन्त्रलाई र देशको विकासलाई असर पुर्या एको छ। करिब १३ प्रतिशत जनसङ्ख्यालाई देशको मुख्य योजना र नीतिबाट बाहिर राखेर सामाजिक आर्थिकरूपमा तिरष्कृत गरेर, सदाजसो गरिवी निवारणका लागि भनेर एउटा बाख्रा पालन गर्नप्रति उत्पे्ररणा जगाएर उत्पादन र आर्थिक परिवर्तनको संवाहक मानिने मानवस्रोत चलायमान गराउन नसक्नु देशको आर्थिक विकास र सवल राष्ट्र निर्माणमा खतरनाक देखिन्छ।
नेपालमा सबैभन्दा पछाडि पारिएको यो समु्दाय केही मात्रामा आफ्नो आर्थिक क्षमता वृद्धिसँगै देशको अर्थतन्त्रमा पनि टेवा पुर्याकएको देखिन्छ। किनकि नेपाल सरकारको २०६९/७० सालको आर्थिक रिपोर्टअनुसारको विप्रेषण आय करिब ३ खर्ब ८८ अर्ब ४६ करोड छ, जसमा अधिकांश विप्रेषण दलित युवाले पठाएका देखिन्छ तथा आफ्नो वित्तीय अनुशासन पनि हरेक दलित उद्यमीले पालन गरेको देखिन्छ। त्यसकारण सरकारले निश्चित बजेटको व्यवस्था गरी दलित समुदायलाई स्वास्थ्य, शिक्षा, सामाजिक सेवा, रोजगारी र व्यावसायिक कार्यक्रम दिन जरुरी छ। अनिमात्रै देशको आर्थिक वृद्धिदर देश विकास र सामाजिक परिवर्तनमा सहयोग पुग्छ। त्यसकारण नेपालमा आफ्नो परम्परागत पेशा तथा कलाकारद्वारा सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँगै आर्थिक वृद्धिदर गर्न सम्भव छ। सरकार सीप नभएकालाई सीप सिकाएर भन्दा सीप भएकालाई पहिले व्यवसायी बनाएर व्यावसायिक उद्यमी बनाउनु सबैभन्दा उत्तम देखिन्छ।
अन्त्यमा सहकारी अभियानमार्फत् सबै वर्ग, क्षेत्र र समुदायको पहुँच वृद्धि गर्नका लागि सबै गाउँ विकास समितिमा सहकारीको संयन्त्र पुर्यावएको छ। सरकारी सहकारी साझेदारीमा व्यवसायजन्य उद्यमी महिला तथा दलितका लागि परम्परागत पेशालाई व्यवसायीकरण गराउन पुँजीको व्यवस्था गरेको छ भन्ने लाग्ला तर पूर्ण बजेट ल्याएर कम विवादित भएर हाई–हाई पाएको सरकार सहकारीको विगतमा लक्षित वर्ग कति लाभान्वित भएका छन् वा छैनन् मूल्यांकन गरेर सहकारीको सही सदुपयोग गरी देश विकासमा लाग्नुपर्छ। अनिमात्र सवल र समृद्ध राष्ट्र निमार्णमा बजेटकेा उद्देश्य प्राप्त हुनेछ। अन्यथा आर्थिक संकटको भुमरी देश फस्ने पक्का छ।