काठमाडौं, फागुन ७ (नागरिक) - सरकारले चालु आवमा आर्थिक वृद्धिदर (उत्पादनको मूल्यमा) ४.१ प्रतिशतमा रहने अनुमान गरेको छ। अर्थ मन्त्रालयले 'काम चलाउ' बजेट सार्वजनिक गर्दा आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहने अनुमान गरेको थियो।
मन्त्रालयमा आइतबार बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले विकास खर्च सोचेअनुरुप हुन नसकेको र कृषि उत्पादन पनि घटेकाले आर्थिक वृद्धिदर केही घट्ने अनुमान गरिएको जानकारी दिए।
उनले सरकारको निरन्तर प्रयासले पनि वार्षिक बजेट आउन नसकेको बताउँदै गत वर्षकै नीति तथा कार्यक्रम र आयोजनालाई निरन्तरता दिँदा जनआकांक्षा अनुरुप पूर्वाधार निर्माण, समावेशी विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न चाहेजति नसकेको जानकारी दिए।
उनले यो वर्ष सरकारले विशेष अभियानकै रुपमा काठमाडौं उपत्यका सहरी सडक विस्तारलाई अगाडि बढाएर राम्रो काम गरेको दाबी गरे। यो वर्ष काठमाडौं उपत्यकामा १ सय ८६ किलोमिटर सडक विस्तार गर्ने योजना भएकामा ६ महिनामा ३५.९० किलोमिटर सडक विस्तार भएको मन्त्री पुनले जानकारी दिए। यो समेत काठमाडौंमा ८४.६९, ललितपुरमा १५.६० र भक्तपुरमा २.५० गरी जम्मा १०२.७९ किलोमिटर सडक विस्तार भएको छ।
उनका अनुसार मध्य पहाडी लोकमार्गको पश्चिम खण्डमा १३ किलोमिटर ट्र्याक खोलिएको , ४ किलोमिटर ग्राभेल र ४ वटा सडक पुल निर्माण पूरा भएको छ। 'पूर्वी खण्डमा २३ वटा सडक पुलको निर्माण कार्य भइरहेको छ। साथै १८ किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ,' उनले भने।
काठमाडौं-तराई मधेस द्रुतमार्गको ७६ किलोमिटरमध्ये यस अवधिमा ६ किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न भई हालसम्म ७० किलोमिटर ट्र्याक खोलिएको छ। हुलाकी राजमार्ग निर्माण/स्तरोन्नतिका लागि प्रथम चरणको ६ सय ८ किलोमिटर सडक निर्माण सुरु भएको छ। यस राजमार्गमा निर्माण गर्नुपर्ने पुलहरुमध्ये ६२ को निर्माण कार्य भइरहेको मन्त्री पुनले जानकारी दिए।
उनका अनुसार रेल तथा मेट्रो विकास आयोजनाअन्तर्गत जयनगर-जनकपुर-बर्दिबास खण्डमा अधिग्रहण गरिएको ६० हेक्टर जग्गाको मुआब्जा वितरण भएको छ। उत्तरदक्षिण लोकमार्गअन्तर्गत कोसी कोरिडोरमा ६ किलोमिटर ग्राभेल सडक निर्माण सकिएको छ। कर्णाली कोरिडोरको खुलालु-लैफु-सिमीकोट खण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ।
मन्त्री पुनले बाह्य मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज सडकहरुलाई सीमानासँग जोडी ६ लेनमा विस्तार गर्ने कार्यअन्तर्गत हाल भैरहवा र बिराटनगरमा काम सुरु भइसकेको जानकारी दिए।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक/बाँध निर्माणको करिब ६० प्रतिशत काम पूरा भएको उनले बताए। यस्तै बबई सिँचाइ आयोजनाको नहरबाट पश्चिम प्रणालीमा पानी लैजान ४ सय १ मिटर लामो साइफन निर्माण भएको छ। 'सिक्टा सिँचाइ आयोजनाको मूल नहरको १५ देखि ३५ किलोमिटर खण्डको नहर निर्माणको कार्य भइरहेको छ,' मन्त्री पुनले भने। यो खण्डमा पर्ने विभिन्न ६० वटा संरचनाहरुको ६० प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भएको छ।
३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको ८१ प्रतिशत निर्माण सकिएको मन्त्री पुनले बताए। यस्तै लोडसेडिङ न्यूनीकरण गर्न भारतबाट ३ सय ४५ मेगावाट विद्युत आयात गरिएको छ। थर्मल/डिजेल प्लान्टबाट थप ३८ मेगावाट विद्युत उत्पादन भएको छ। यसबाट दैनिक १९ घन्टासम्म लोड सेडिङ हुनसक्ने अनुमान गरिएकोमा १२ घन्टामा सीमित भएको छ। निजी क्षेत्रबाट ३० मेगावाट विद्युत उत्पादन भई केन्द्रीय प्रसारणमा जडान भएको छ। लघु जलविद्युतवाट १,०४५ र सामुदायिक लघु जलविद्युतवाट १३,८३२ किलोवाट विद्युत उत्पादन भएको छ।
पुनका अनुसार ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिभिलतर्फको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ।
यस्तै ४८ मुक्त कमैया घर परिवारलार्ई आय आर्जन गर्न ऋण प्रदान गरिएको छ। २ सय २५ मुक्त कमैया घर परिवारलार्ई घर निर्माण गर्न प्रति परिवार १० हजार र ३५ क्यु.फिटका दरले काठ उपलब्ध गराइएको उनले बताए। त्यसैगरी १ सय ७७ मुक्त कमैया घर परिवारलार्ई जग्गा खरिद गर्न प्रति परिवार १ लाख ५० हजारका दरले अनुदान प्रदान गरिएको छ। मन्त्री पुनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत मुद्रास्फीति दर १०.७ प्रतिशत रहेको जानकारी दिए।
आर्थिक वर्षको ६ महिनामा १ खर्ब ३४ अर्ब ५६ करोड राजस्व संकलन भएको छ। यो लक्ष्यको तुलनामा ४६.४७ प्रतिशत र समीक्षा अवधिको लक्ष्यको तुलनामा १०२.०४ प्रतिशत हो। यो अवधिसम्म दातृनिकायहरुबाट १५ अर्ब ७६ करोडको सहायता प्रतिबद्धता प्राप्त भएको छ। यसमध्ये अनुदानतर्फ १४ अर्ब ५ करोड र ऋणतर्फ १ अर्ब ७१ करोड रहेको उनले बताए।
६ महिनामा सरकारले .१ खर्ब ४ अर्ब १२ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ। यो खर्चमध्ये चालु खर्च ८६ अर्ब ९० करोड , पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्थातर्फ ९ अर्ब ५५ करोड ६६ लाख होे।। यो कुल खर्च व्यवस्थाको २९.५९ प्रतिशत हो।
मन्त्री पुनले राष्ट्रिय गौरवका महŒवपूर्ण आयोजना, पहिलो प्राथमिकताका क्रमागत आयोजनाहरु सञ्चालन गर्न स्रोतको सुनिश्चितता गरिएको दाबी गरे। नगरी नहुने अत्यावश्यक काम तथा अनिवार्य दायित्वका विषयहरुको लागि स्रोतको अभाव हुन दिएको छैन।