काठमाडौं, मंसिर २० (नागरिक) - अन्तर्राष्ट्रिय मुद्रा कोषले राजनीतिक अस्थिरता र मनसुनमा भएको ढिलाइले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ । सरकारले साढे पाँच प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि कोषले ३ दशमलब ८ प्रतिशतमात्रै हुने अनुमान गरेको हो। गत वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलब ६ प्रतिशत थियो।
गत वर्ष राम्रो मनसुनका कारण खाद्यान्न उत्पादन बढेकाले आर्थिक वृद्धिदरमा सुधार आएको थियो। तीन साताअघि नेपाल भ्रमणमा आएको कोर्षको कार्यकारी बोर्डले जानकारी गराएपछि कोषले आर्थिक वृद्धिदर सार्वजनिक गरेको हो।
संविधान सभाको विघटनसँगै राजनीतिक असहमतिले पूर्ण बजेट नआउँदा आर्थिक वृद्धिदर र गरिबी निवारणमा गम्भीर प्रभाव पार्ने कोषले ठहर गरेको छ। कोषले भारतको आर्थिक वृद्धिदर घटेको प्रभाव नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने जनाएको छ।
'भारतको आर्थिक वृद्धिदर घट्दा नेपाललाई प्रत्यक्ष रुपमा प्रभावित बनाउने छ,' कोषले प्रतिवेदनमा भनेको छ, 'आर्थिक वृद्धिदर कम हुँदा निकासीयोग्य वस्तुको मागमा कमी हुने र लगानीसमेत प्रभावित हुन्छ।' कोषले नेपाली युवाले वैदेशिक रोजगारबाट पठाउने रकम(रेमिटेन्स)को वृद्धिदरमा समेत कमी आउने अनुमान गरेको छ।
कोषले मनसुनमा भएको ढिलाइले यो वर्ष गैरकृषि आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ। धान लगाउने बेलामा यो वर्ष समयमा पानी नपरेकोले ढिलो रोपाइँ भएको थियो। यो वर्ष धान उत्पादन घट्ने अनुमान कृषि मन्त्रालयले गरिसकेको छ। सरकारको बजेट घाटा अपेक्षा गरेभन्दा कम रहने कोषको अनुमान छ।
कोषले नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगमको नोक्सानीको दायित्व राज्य कोषबाट बेहोरिरहेकोमा असन्तुष्टि जाहेर गरेको छ। कोषले अन्तर्राष्ट्रिय बजारअनुसार तेलको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको छ। सीमित व्यक्तिलाई फाइदा पुग्नेगरी अनुदान दिनु गलत हुने कोषको निर्ष्कष छ। कोषले राजस्व र कर प्रशासनमा सुधार गर्नसमेत आग्रह गरेको छ।
'राजस्वको प्रभावकारी उपयोग र कर तथा भन्सार प्रशासनमा अझै धेरै सुधारमा ध्यान दिन आवश्यक छ,' कोषले सुझावमा भनेको छ। कोषले वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले चालेको कदमको स्वागत गर्दै वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई अझ बलियो बनाउँदै अगाडि बढाउन आग्रह गरेको छ।
'वित्तिय क्षेत्र सुधार कार्यक्रमलाई गति दिन राष्ट्र बैंक ऐनमा संशोधन गर्न आवश्यक छ,' कोषले भनेको छ, 'राष्ट्र बैंकको सुपरिवेक्षण क्षमता वृद्धि गरेर अझै अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक छ।'
कोषले मौद्रिक नीतिले मूल्यलाई स्थायित्व दिने र स्थिर विनिमयदरलाई सहयोग पुग्ने दाबी गरेको छ। कोषले खुला बजारलाई प्रोत्साहन गर्न तरलता खिच्दा ट्रेजरी विल्सबाट खिच्न सुझाव दिएको छ। कोषले संरचनागत सुधारमा गति दिए प्रतिस्पर्धी क्षमतामा वृद्धि हुने र यसबाट उच्च र समावेशी आर्थिक वृद्धि पाउन सकिने ठहर गरेको छ। पूर्वाधारमा देखिएको कठिनाइ, पारदर्शिता र सुशासनलाई जोड दिन कोषले आग्रह गरेको छ।