काठमाडौं, चैत २८ (नागरिक) - एसियाली विकास बैंक (एडिबी)ले पूर्ण बजेट नआउँदा यो वर्ष आर्थिक वृद्धिदर साढे तीन प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। यो ६ वर्षयताकै सबैभन्दा कम हो।
शान्ति सम्झौतापछि सबैभन्दा कम आर्थिक वृद्धिदर यसैपालि हुने देखिएको छ। एडिबीले मनसुन समयमा नभएर मुख्य खाद्यान्न बालीको उत्पादनमा कमी हुने पनि अनुमान गरेको छ।
एडिबीले मंगलबार एसियाली विकास परिदृश्य २०१३ सार्वजनिक गर्दै यो अनुमान सार्वजनिक गरेको हो। केन्द्रीय तथ्यांक विभागले मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव ५६ प्रतिशत रहने अनुमान गरेको थियो भने सरकारले ४ दशमलव १ प्रतिशत रहने अनुमान गरेको थियो।
'मलखादको कमी, कमजोर मनसुन, लगानीकर्ताको आत्मविश्वासमा कमी र विकासका चालु आयोजनालाई समेत आर्थिक अभाव हुने गरी पूर्ण बजेट नआउनुका कारण मुलुकको आर्थिक वृद्धिदर मन्द रहने देखिएको छ,' एडिबी नेपाल मिसनका आर्थिक अधिकृत चन्दन सापकोटाले भने। एडिबीले अर्को वर्ष भने आर्थिक वद्धिदर ४ दशमलव २ प्रतिशत रहने अनुमान गरेको छ। अनुकूल मनसुन, मलखादको समयमै आपूर्ति र पूर्ण बजेटले अर्को वर्ष आर्थिक वृद्धिदर बढ्ने एडिबीको अनुमान हो।
चालु वर्षमा पूर्ण बजेट आउन नसक्दा नयाँ विकास आयोजना आउन सकेनन् भने सञ्चालनमा रहेका विकास आयोजनाले समेत रकम अभाव भोग्नुपर्यो। विकास आयोजना आउन नसक्दा गाउँसम्म रकम जान सकेन यसले अर्थतन्त्रलाई चलायमान बनाउन सकेन।
पानी समयमा नपरेपछि धान र मकैको उत्पादनमा क्रमशः ११ दशमलव १९ र ८ दशमलव २७ प्रतिशतले गिरावट हुने विभागले अनुमान गरेको थियो। एडिबीले नेपालका लगानीकर्ताको आत्मविश्वासमा बढाउन आवश्यक रहेको समेत सुझाव दिएको छ। 'नेपालमा वृद्धिको ठूलो सम्भावना रहेकोमा सबैको सहमति हुँदाहुँदै पनि उच्च वृद्धिको प्रक्रियामा अंकुश लगाउनेखालका गम्भीर अवरोधहरू पनि छन्,' एडिबीले भनेको छ , 'नेपालमा लगानीकर्ताको आत्मविश्वासमा सुधार ल्याउन ऊर्जा, संस्थागत क्षमता सुदृढीकरण र रणनीतिक तथा सकारात्मक नीतिहरूको प्रवर्द्धन गर्न आवश्यक छ।'
एडिबीले यो वर्ष मूल्यवृछि साढे दस प्रतिशतमा रहने अनुमान गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा मूल्यवृद्धि साढे नौ प्रतिशतमा रहने अनुमान गरेको थियो। सापकोटाका अनुसार कृषि उत्पादनमा आउने कमी, ज्याला वृद्धि, इन्धनको मूल्यवृद्धि, ऊर्जा संकट र आपूर्तिका अवरोधले मूल्यवृद्धि साढे दस प्रतिशतमा रहने देखिन्छ ।
एडिबीले यो वर्ष बढ्दो आयात, घट्दो निर्यात र रेमिटेन्सको वृद्धिदर घट्ने भएकाले चालु खाता ऋणात्मक हुने अनुमान गरेको छ। चालु खातामा देशमा भएको आयात/निर्यात र रेमिटेन्स जोडिन्छ। रेमिटेन्सको वृद्धिसँगै नेपालमा विलासी वस्तुको आयात उच्चदरमा बढेकाले चालु खाता ऋणात्मक हुने एडिबीले जनाएको छ।
एडिबीले राष्ट्र बैंकले बैकिङ क्षेत्रका समस्या समाधानको लागि हालै जारी गरेको नियमन र निर्देशन सही भएको बताउँदै अझ धेरै संरचनात्मक सुधार गर्न आवश्यक रहेको जनाएको छ।
'वित्तीय संस्थाहरूको मर्जर, सवल व्यावसायिक सुशासनको सुनिश्चितता, आन्तरिक आयोजना र ऋण विश्लेषणको सुदृढीकरण, गर्न आवश्यक छ,' एडिबीले भनेको छ। एडिबीले पेट्रोलियम पदार्थमा दिँदै आएको सहुलियतले सरकारी बोझ थपिरहेकाले मूल्य पुनर्संरचना गर्न सुझाव दिएको छ। एडिबीले समयमा पूर्ण बजेट ल्याउन पनि सुझाव दिएको छ। 'करका दरहरूलाई पुनर्विचार गर्न, आन्तरिक ऋण उठाउने अधिकारिकता र विकास गतिविधिलाई गति दिन र सुशासनस"ग सम्बन्धित सवालहरूलाई सम्बोधन समयमै बजेट आउनुपर्छ,' एडिबीले भनेको छ।