काठमाडौं-चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। राष्ट्र बैंकले कृषि क्षेत्रको उत्पादन वृद्धिदरमा आएको कमीले यस वर्षको ६ प्रतिशत वृद्धिको लक्ष्य पूरा नहुने बताएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो प्रक्षेपण गरेको हो।गैरकृषि क्षेत्र अघिल्लो वर्षको तुलनामा थप विस्तार हुने देखिए तापनि मौसमी प्रतिकूलताले गर्दा धान, मकै जस्ता प्रमुख खाद्यान्न बालीको उत्पादनमा यस वर्ष ह्रास आएको छ। यसले समग्र कृषि क्षेत्रको विस्तारमा संकुचन आई आर्थिक वृद्धिदर ५ प्रतिशत हाराहारी रहने केन्द्रीय बैंकको अनुमान छ। सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले कृषि क्षेत्रको उत्पादन वृद्धिदरमा आएको कमी र औद्योगिक क्षेत्रले पनि अपेक्षित गति लिन नसक्दा लक्षित आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण रहेको बताए। कृषि क्षेत्रको वृद्धिदर २ प्रतिशतभन्दा कम देखिएकाले ६ प्रतिशतको वृद्धिदर हासिल गर्न अन्य क्षेत्रको विस्तार ८ प्रतिशत आवश्यक पर्छ। तर, त्यो सम्भव नभएको गभर्नर खतिवडाले बताए।
उनले आर्थिक वृद्धिबाहेक मौद्रिक नीतिले घोषणा गरेका सबै लक्ष्य पूरा हुने देखिएको बताए। राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामार्फत यस वर्षको बाँकी अवधिका लागि मौद्रिक नीतिमा यसअघि गरिएका कुनै पनि व्यवस्थालाई परिवर्तन गरेको छैन।
यस वर्ष मूल्यवृद्धि ८ प्रतिशत र ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिती कायम गर्ने लक्ष्य तय गरिएको छ। राष्ट्र बैंकका अनुसार, पुस महिनासम्मको वार्षिक मूल्य वृद्धिदर ६.८ प्रतिशत छ। आर्थिक वर्षको सुरुदेखिनै मूल्यस्थितिमा केही सुधार देखिएको, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको र विदेशी विनिमय दरसमेत स्थिर रहेकाले महँगी दर लक्षित सीमाभित्रै रहने राष्ट्र बैंकको भनाइ छ।
६ महिनासम्ममा सोधनान्तर (देशमा भित्रिने र यहाँबाट बाहिरिने विदेशी मुद्राबीचको अन्तर) ३४ अर्ब २६ करोड रुपैयाँले बचतमा छ। विदेशी विनिमय सञ्चितीले करिब ९.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ। यस आवको अन्त्यसम्ममा करिब ५५ अर्ब रुपैयाँको सोधनान्तर बचत कायम रहने राष्ट्र बैंकको अनुमान छ।
‘६ महिनासम्मको उपलब्धि र बाँकी अवधिको कार्यान्वयनबाट मुद्रास्फीति, अपेक्षित स्तरमा रहने, सोधानान्तर स्थिति सुदृढ हुँदै जाने र वित्तीय प्रणालीमा सुशासन एवं नियमन तथा सुपरिवेक्षकीय क्षमता अभिवृद्धिका माध्मबाट समग्र वित्तीय क्षेत्रको स्थायित्वमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ,' गभर्नर खतिवडाले भने। उनले वित्तीय स्थायित्व हासिल गर्न यस वर्षका लागि अवलम्बन गरिएका नीतिमध्ये कार्यान्वयन गर्न बाँकीलाई क्रमशः कार्यान्वयन गर्दै लगिने बताए।
खतिवडाले सरकारलाई जाने कर्जा घटे पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार उलेख्य रुपमा भएको बताए। ‘यस्तो प्रवृत्ति कायम रहे आवको अन्त्यसम्ममा निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर मौद्रिक नीतिले लक्ष्य गरेको १८ प्रतिशतबाट बढेर २० प्रतिशत पुग्ने संशोधित अनुमान छ,' उनले भने।
गभर्नर खतिवडाले बचतकर्तालाई दिने निक्षेपको ब्याजदर नघटाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।
‘बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन्, इट इज अलरेडी टु मच, निक्षेपको ब्यादर पनि घट्ने र सरकारी कोषमा पनि धेरै रकम रहिरहने हो भने बैकिङ प्रणालीमा तरलताको समस्या आउन सक्छ,' खतिवडाले भने, ‘निक्षेपको ब्याजदरमा ओभर करेक्सन भयो, जुन गर्न हुँदैनथ्यो। यसले गर्दा भोलि ब्याजदर ३ प्रतिशतबाट १३ प्रतिशत पुग्न सक्छ।'
स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून छ। पुससम्म्मा राष्ट्र बैंकमा सरकारको ७२ अर्ब १६ करोड रुपैयाँ बचतमा छ। अघिल्लो वर्षको सहित राष्ट्र बैकसँग सरकारको ९५ अर्ब ६६ करोड रुपैयाँ मौज्दात छ।
रेमिटेन्स वृद्धिदर कम भएपछि यसको प्रभाव बैंक तथा वित्तीय संस्थाको निक्षेपमा परेको छ। अघिल्लो वर्ष ६ प्रतिशतले बढेको निक्षेप यस वर्ष त्यही मात्रामा बढेर ८३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
गभर्नर खतिवडाले रेमिटेन्सको वृद्धिदर घट्न थाल्नु चिन्ताको विषय भएको बताए। ‘रोजगारका लागि जनशक्ति बाहिरिइरहेको छ। तलब सुविधा पनि बढेको छ। तर पनि रेमिटेन्स घटेको छ,' उनले भने, ‘भोलिका दिनमा बढ्न सक्ला तर यसमा हामीले सचेत भएर हेरिरहेका छौं।'
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले रेमिटेन्समा चुहावट रहेको बताए। ‘रेमिटेन्समा लिकेज छ। यसलाई रोक्न समयमै ध्यान पुर्याउनु पर्छ,' उनले भने।
अघिल्लो वर्षको सोही अवधिको ३४.४ प्रतिशत वृद्धिको तुलनामा पुससम्ममा ३.९ प्रतिशतले मात्रै बढी २ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
पुससम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा तथा लगानी साढे ९ प्रतिशतले बढेर एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। ‘निक्षेपको वृद्धिदर ६ प्रतिशत मात्रै छ भने कर्जाको ९ प्रतिशत छ। यस्तो वृद्धिदर रहिरहेमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न सक्दैनन्,' पौडेलले भने।