आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
२६ चैत्र २०८२
•
४ मिनेट पाठ
आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर करिब आधा घटेर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। अघिल्लो वर्ष ४.६ प्रतिशत रहेको वृद्धिदरमा आएको गिरावटका पछाडि मध्यपूर्वको द्वन्द्व र आन्तरिक अशान्तिलाई प्रमुख कारण मानिएको छ। विश्व बैंकले नेपालको आर्थिक अवस्थाबारे सार्वजनिक गरेको ‘दबाबमा वृद्धिः आन्तरिक र वैश्विक आघातहरूको व्यवस्थापन’ शीर्षकको नेपाल विकास अद्यावधिक प्रतिवेदनले यस्तो औंल्याएको हो।




उत्पादन, निर्माण र जलविद्युत् क्षेत्रको योगदानले अघिल्लो वर्ष सुधार देखिए पनि अहिले चुनौती पुनः बढेको प्रतिवेदनको निस्कर्ष छ।

मूल्यवृद्धि भने नियन्त्रणभित्र रहने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष ५.४ प्रतिशत रहेको मुद्रास्फीति घटेर ४.१ प्रतिशतमा आएको थियो। चालु वर्षमा पनि यो राष्ट्र बैंकको सीमापाँच प्रतिशत भित्रै रहने अपेक्षा गरिएको  छ। विश्व बजारमा वस्तुको मूल्य स्थिर हुनु र भारतमा मुद्रास्फीति घट्नुले यसमा सहयोग गर्नेछ। धान उत्पादनमा सम्भावित कमीले खाद्यान्न मूल्यमा केही दबाब रहन सक्ने जोखिम औंल्याइएको छ।

सेवा क्षेत्र सर्वाधिक प्रभावित हुने औंल्याएको छ। पर्यटन गतिविधिमा आएको सुस्तता, यातायात खर्चमा वृद्धि र आपूर्ति शृङ्खलामा देखिएका अवरोधका कारण उक्त क्षेत्रमा चाप परेको प्रतिवेदनमा उल्लेख छ।

मध्यपूर्वमा जारी द्वन्द्व लम्बिँदै गए पर्यटक आगमन घट्ने, वैदेशिक रोजगारबाट आउने विप्रेषणमा कमी आउने र समग्र आर्थिक गतिविधि सुस्त हुने जोखिम रहेको पनि प्रतिवेदनले औंल्याएको छ। यद्यपि हालै सम्पन्न निर्वाचनपछि राजनीतिक स्थिरता कायम भई विवेकपूर्ण आर्थिक व्यवस्थापन र संरचनागत सुधार जारी रहन सके लगानीकर्ताको विश्वास बढ्ने तथा निजी लगानी र आर्थिक वृद्धिमा सुधार आउन सक्ने सम्भावना पनि उल्लेख गरिएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विभाग निर्देशक डेभिड सिस्लेनले आर्थिक सुदृढता र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रको नेतृत्वमा हुने वृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। उनले व्यावसायिक वातावरण सुधार, आधारभूत पूर्वाधार विकास, निजी वित्त परिचालन तथा पर्यटन, सूचना प्रविधि र कृषि व्यवसाय जस्ता क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिवेदनअनुसार आगामी दिनमा पुनर्निर्माण कार्य, जलविद्युत् विस्तार तथा सन् २०२७ को स्थानीय तह निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आर्थिक वर्ष २०२७–२८ मा वृद्धिदर औसतमा ४.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। पुनर्निर्माण कार्य चालु वर्षमै सुरु भई आगामी वर्ष गति लिँदा आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा गरिएको छ। सार्वजनिक परियोजना र पुनर्निर्माणको प्रभावले औद्योगिक क्षेत्रले तीव्र वृद्धि हासिल गर्ने तथा अनुकूल मनसुन भए कृषि क्षेत्र पनि पुनःउत्थान हुने प्रक्षेपण गरिएको छ।

यद्यपि प्रतिवेदनले विभिन्न जोखिमहरू पनि औंल्याएको छ। प्राकृतिक प्रकोपको बढ्दो जोखिम, राजनीतिक अनिश्चितता, उच्च खराब कर्जा, वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा नेपाल रहनु र सार्वजनिक पूर्वाधार क्षतिले सेवा प्रवाहमा अवरोध हुन सक्ने जनाइएको छ तर सफल राजनीतिक संक्रमण र दिगो आर्थिक व्यवस्थापनले यी चुनौती पार गर्दै पुनःउत्थान सम्भव रहेको विश्व बैंकको निष्कर्ष छ।

वित्तीय क्षेत्रतर्फ चालु आर्थिक वर्षमा घाटा बढ्ने देखिएको छ। अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडिपी) को दुई प्रतिशतमा सीमित रहेको वित्तीय घाटा चालु वर्षमा बढेर २.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। पुनर्निर्माण खर्च, निर्वाचन, निजी क्षेत्र राहत र बाँकी दायित्वका कारण खर्च बढ्ने जनाइएको छ। सार्वजनिक ऋण जिडिपीको ४३.६ प्रतिशतबाट बढेर ४५.२ प्रतिशत पुग्ने अनुमान भए पनि नेपाल ऋण संकटको कम जोखिममा रहने उल्लेख गरिएको छ।

बाह्य क्षेत्रतर्फ भने केही सकारात्मक संकेत देखिएका छन्। अघिल्लो आर्थिक वर्षमा चालु खाता बचत जिडिपीको ६.७ प्रतिशत पुगेको थियो भने चालु वर्षमा यो बढेर ७.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। विप्रेषणमा भएको वृद्धि यसको मुख्य आधार हो। जापान र दक्षिण कोरिया जस्ता उच्च पारिश्रमिक दिने गन्तव्यमा नेपाली श्रमिकको बढ्दो उपस्थिति, औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति र विनिमय दरको प्रभावले विप्रेषण बलियो बनेको प्रतिवेदनले देखाएको छ। विदेशी मुद्रा सञ्चिति पनि सुरक्षित स्तरमै रहने अनुमान गरिएको छ।

पर्यटन र सेवा क्षेत्र चालु वर्षमा सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र भूराजनीतिक तनावका कारण उडान प्रभावित भएका थिए भने चालु वर्षमा आन्तरिक राजनीतिक अशान्तिका कारण पर्यटक आगमनमा थप गिरावट आउने अनुमान गरिएको छ। यसले बिमा लगायत सेवा क्षेत्रमा पनि दबाब पर्नेछ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस