आगामी बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइने
१७ जेष्ठ २०७०
•
८ मिनेट पाठ
आगामी बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइने
काठमाडौं - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ६ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेर आगामी बजेट आउने बताएका छन्।
चालु आर्थिक वर्षको आर्थिक वृद्धि साढे तीन प्रतिशत पनि पुग्न नसक्ने अवस्था देखिएको जानकारी दिदै उनले समयमै बजेट ल्याएर आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बजेटको लक्ष्य रहने बताए।
बजेटमा 'उच्च आर्थिक वृद्धिसहितको उत्पादनमुलक बजेट' भन्ने नारा दिने र आर्थिक वृद्धिका लागि त्यसै अनुसारका कार्यक्रम ल्याउने उनले बताए।
'आर्थिक वृद्धि हासिल गर्न बजेटले ५ वटा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने छ,' नेपाल व्यवस्थापक संघ (म्यान) ले शुक्रबार राजधानीमा गरेको 'आगामी बजेटका मुद्धा र चुनौति' विषयक अन्तक्रियामा मन्त्री कोइरालाले भने ' यसमध्ये सबैभन्दा बढी प्राथमिकता ऊर्जालाई दिनेछ'। ऊर्जामा पनि उत्पादनभन्दा प्रशारणलाई बजेटले बढी जोड दिने उनले जानकारी दिए।
मन्त्री कोइरालाका अनुसार उर्जाका अतिरिक्त सडक, सिंचाइलगायत पूर्वाधार निर्माण, कृषि, पर्यटन र निर्यात प्रवर्द्धनलाई केन्द्रमा राखेर बजेट आउने छ।
'यी सबै क्षेत्रको विकासका लागि आगामी बजेटले निजी क्षेत्रलाई केन्द्रमा राखेर लगानी मैत्री वातावरण बनाउने छ,' उनले भने।
मुलुकमा प्रजातन्त्र पछि बनेका सरकारहरुले ल्याएका बजेटमा प्राथमिकता परिवर्तन हुने समस्या रहेकाले पनि उच्च आर्थिक वृद्धि हासिल गर्न नसकिएको उनले दावी गरे। 'बजेटमा सरकारै पिच्छे फरक प्राथमिकता दिइने हुनाले विकासले गति लिन नसकेको हो,' उनले भने।
राजनीतिक दलहरुले आर्थिक विकासलाई जोड दिएको भने पनि उनीहरुले आर्थिक नीतिलाई राष्ट्रिय एजेण्डा बनाउन नसकेको उनले आरोप लगाए।
'अहिलेसम्मका बजेट नारामुखी, वितरणमुखी, निर्वाचनमुखी बनाउन खोजिएको छ , मन्त्री कोइरालाले भने 'अहिलेको सरकार कुनै दल विशेषको नभएकाले यस्ता नारामा सीमीत हुनुपर्ने वाध्यता छैन।'
मन्त्री कोइरालाले दल विशेषको सरकार नभए पनि व्यवसायीलाई बजेटबाट धेरै आशा नगर्न आग्रह गरे। 'मैलै दलीय राजनीतिबाट बाहिर रहेर बजेट ल्याउँछु' उनले भने 'तर यसले सबै कुराको समाधान भने गर्ने छैन।' उनले अहिलेको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन आफ्नो प्रयास हुने जानकारी दिए। मन्त्री कोइरालाले यो वर्ष असारभित्रै पूर्ण बजेट आउने जानकारी पनि दिए।
अर्थ सचिव शान्तराज सुवेदीले पनि बजेटले जलस्रोतका क्षेत्रमा लगानी बढाउने जानकारी दिदै निजी क्षेत्र र सरकार मिलेर गए मात्र यसको विकास गर्न सकिने बताए। सरकारले निजी क्षेत्रलाई वेवास्ता गरेको व्यवसायीको धारणा प्रति जवाफ दिदै उनले भने 'शिक्षा, पूर्वाधार, स्वाथ्यलगायत अधिकांस क्षेत्रमा सरकारले निजी क्षेत्रलाई अगाडि बढाएको छ, यस्तो अवस्थामा सरकार निजी क्षेत्र सहयोगी भएन भन्नु जायज देखिदैन।'
सचिव सुवेदीले सरकारले राजस्वको मुख्य स्रोत मुल्यअभिवृद्धि कर (भ्याट) लाई लिएको बताउँदै पछिल्ला दिनमा यसको वृद्धिदर राम्रो नभएको जानकारी दिए। 'आर्थिक वर्ष २०६२–०६३ मा कुल राजस्वमा भ्याटको अंश ३० रहेकामा अहिले २९ मा झरेको छ,' उनले भने 'यो भविष्यका लागि राम्रो संकेत होइन।' मुलुकमा भ्याट लागु भएको डेढ दशक भएकाले यसको समग्र पक्षबारे फेरी छलफल आवश्यक भएको उनले धारणा राखे। उनले भ्याटको थे्रसहोल्डको विषयमा पनि निजी क्षेत्रसँग छलफल गर्न सरकार तयार रहेको बताए। उनले व्यवसायीहरु नै थे्रसहोल्डका विषयमा स्पष्ट नभएको उनको गुनासो थियो। 'व्यवसायीका चारथरी समूहले चारै किसिमका थे्रसहोल्ड लगाउनुपर्ने सुझाव दिन्छन्, उनले भने 'सरकार जिरो वा एक करोड जुनसुकै थे्रसहोल्ड मान्न पनि तयार छ।'  
आगामी बजेटमा राजस्व प्रशासनमा पनि केही हेरफेर हुने संकेत दिदै उनले सरकार दर परिवर्तन गर्न तयार भए पनि दायरा फराकिलो गर्ने विषयमा भने कुनै छुट नदिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले कार्यान्वयन गर्न नसक्ने किसिमको महत्वाकाक्षी बजेट नल्याउन सरकारलाई सुझाव दिए। अहिलेसम्म बजेटको मुल समस्या कार्यान्वयनमै देखिएकाले यो सरकारले पनि त्यसलाई नदोहोराउन उनले आग्रह गरे।
'नेपाल 'व्यवसायिक माग्ने' मुलुक बन्न लागेको छ,' वैद्यले भने 'यहाँ लगानीको वातावरण बनाउन सके विदेशीको भर पर्नुपर्ने अवस्था छैन।' उनले विदेशी सहायता केहि क्षेत्रका लागि आवश्यक भए पनि धेरै क्षेत्रमा स्वदेशी निजी क्षेत्रले नै लगानी गर्न सक्ने बताए। 'लगानीको वातावरण बनाउन सके मात्र पनि यहाँ लगानी गर्ने विदेशी व्यवसायीहरुको खाँचो पर्दैन,' उनले भने।
उनले कृषि प्रदान मुलुक भए पनि गत वर्ष प्याज एक अर्ब १७ करोड, हरियो खुर्सानी ३३ करोड र खसीको मासु एक अर्ब ५५ करोडको भारतबाट आयात भएको तथ्यांक दिदै वातावरण बने यी सबै मुलुकभित्रै उत्पादन गर्न सकिने बताए। उनले आगामी वर्षको बजेटमा 'नो नेपाल इन्भेष्टमेन्ट नेपाल' को नारा दिएर त्यसै अनुरुपका कार्यक्रम ल्याउन सुझाव दिए।  
अर्थशास्त्री टुलराज वस्यालले मुलुकको आर्थिक अवस्था नाजुक रहेको चित्रण गर्दै बजेटको कुशल व्यवस्थापनमा जोड दिए। उनले वैदेशिक सहायताभन्दा पुँजीगत बजेट खर्च कम हुनु मुलुकको विकासका लागि राम्रो नभएको बताए। यसले सरकार विकासभन्दा साधारण खर्च व्यवस्थापन तर्फ लागेको संकेत गर्छ, वस्यालले भने।
युवा व्यवसायी शौरभ ज्योतिले 'आगामी बजेटका मुद्धा र चुनौति' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले आगामी बजेटले लिनुपर्ने नीतिगत सुझाव दिएका थिए।   


अर्को समाचार
देशको अर्थतन्त्र चरम दबावमा छः मन्त्री पौडेल (पूर्ण पाठ सहित)
२९ माघ २०७९
•
१ मिनेट पाठ
देशको अर्थतन्त्र चरम दबावमा छः मन्त्री पौडेल (पूर्ण पाठ सहित)
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुरा नहुने बताएका छन्।




आइतबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधिसभामा पेस गर्दै यस्तो बताएका हुन।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएको बताए। ‘त्यसैले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुरा हुँदैन’, पौडेलले भने। साथै उनले सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएकाले पनि सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त नहुने बताएका हुन।

पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको पनि उल्लेख गरे। अर्थमन्त्री पौडेलले राजश्व प्रणालीले अनिवार्य दायित्वमा रूपमा छुट्याएको रकमसमेत अपुग भएको बताए।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको उल्लेख गरे। उनले धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि भएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको जनाए।

अर्थमन्त्री पौडेल आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस