जाजरकोटको भेरी नगरपालिका–१३ बडाचौर नजिकै आइतबार विहान भएको बस दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन्। घाइते मध्ये तीनको अवस्था गम्भीर छ।
बाँकेको नेपालगञ्जदेखि जाजरकोटको राडीबजार जाँदै गरेको ना६ख २७५७ नम्वरको रात्री बस आइतबार विहान साढे दुई बजेतिर बडाचौर नजिक दुर्घटना भएको उनले जानकारी दिए।
प्रहरीका अनुसार मृतक पाँच मध्ये तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा जाजरकोटको नलगाढ नगरपालिका–३ का शेरबहादुर परियार, रुकुम पश्चिमको आठबीस नगरपालिका–४ कि बालिका विद्या शाही र राजविराज सप्तरीका गंगाराम यादव रहेका छन्।
घाइते मध्ये एक बालिकासहित ९ जना महिला र १९ जना पुरुष छन्।