रेडपाण्डाको छालासहित चार पक्राउ
०५ कार्तिक २०७७
•
२ मिनेट पाठ
रेडपाण्डाको छालासहित चार पक्राउ
रेडपाण्डाका छालासहित पक्राउ परेकाहरु । तस्बिर : नगेन्द्र/नागरिक
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दैलेखबाट बिक्रीका लागि ल्याइएका दुई वटा रेडपाण्डाको छाला (ओखेटोपहार)सहित दैलेखको नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ कि ४० वर्षीया सविता थापालाई बुधबार विहान प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।




‘दैलेखबाट ल्याएर वीरेन्द्रनगरको पञ्चकोशी होटलमा बिक्रीका लागि डिल भइरहेको सुचनाका आधारमा होटलको कोठा चेकजाँच गर्दा निलो झोलामा दुई वटा रेडपाण्डाका छाला बरामद गर्न सफल भयौं,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘छालासँगै चार जनालाई पनि पक्राउ गरेका छौं।’ प्रहरीका अनुसार नेपालगञ्जका एक व्यापारीको प्रतिनिधि बनेर थापाले आठ लाख रुपैयाँमा रेडपाण्डाका दुई वटा छाला खरिदको प्रक्रिया सुरु गरेकी थिएन्। ‘छाला खरिद गर्ने नेपालगञ्जका व्यापारी सुर्खेत नआउँदै हामीले बरामद गर्‍यौं,’ उनले भने, ‘मुख्य कारोवारीको पहिचान खुलिसकेको छ, चाँडै पक्राउ गछौं।’

प्रहरीका अनुसार चार फिट र तीन फिट छ इन्च लम्वाईका दुई वटा रेडपाण्डाको छाला बरामद गरिएको छ। प्रहरीको अनुसन्धानबाट दैलेखको नौमुलेबाट वीरेन्द्रनगरबाट ल्याउने तीनै जना भरिया रहेको खुलेको छ। ‘प्रारम्भीक बयानका क्रममा उनीहरुले वीरेन्द्रनगरसम्म भरियाका रुपमा आफूहरु प्रयोग भएको बताएका छन्,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ प्रहरीले रेडपाण्डाको छाला र पक्राउ परेकाहरुलाई बुधबार डिभिजन वन कार्यालय सुर्खेतलाई बुझाएको छ।  

डिभिजन वन कार्यालयका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ बमोजिम पक्राउ परेकाहरुलाई कारवाही प्रक्रिया अघि बढाइने छ। ऐनमा रेडपाण्डा पार्ने र ओखेटोपहार ओसार–पसार गर्नेलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय वा दुबै हुन्छ।
अर्को समाचार
रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ
०६ चैत्र २०७८
•
१ मिनेट पाठ
रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ
बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेससहित ६ जनालाई पक्राउ गरेको छ। नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटेलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ।




त्यसैगरी पुष्पलाल चोकस्थित एक होटलबाट तीन किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटका प्रविण शाही र नेपालगञ्जका राज कार्की रहेका छन्। रेडपाण्डा कारोवारीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) बमोजिम ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए।

चरेस ओसापसार गर्नेलाई लागुऔषध नियन्त्रण २०३३ को दफा १४(घ) बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरीवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेको प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक न्यौपनेले बताए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस