वन्यजन्तुको छालासहित पक्राउ
१५ पौष २०७८
•
१ मिनेट पाठ
वन्यजन्तुको छालासहित पक्राउ
दुर्लभ वन्यजन्तु रेडपाण्डाको चार थान छालासहित चार जनालाई काठमाडौँको वसुन्धारास्थित द मयुर क्याफेबाट प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




पक्राउ पर्नेमा काठमाडौँ गोङ्गबु बस्ने धादिङ गङ्गा–जमुना गाउँपालिका–७ का ३९ वर्षीय नीरबहादुर घले, काठमाडौँ कलङ्की बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २५ वर्षीय सुरेश गिरी, काठमाडौँ टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का ३१ वर्षीय कृष्णबहादुर तामाङ र काठमाडौँ स्वयम्भू बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–२ का २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन्।
अर्को समाचार
आरनको आवरणमा अवैध हतियार कारखाना: बन्दुक र वन्यजन्तुको छालासहित तीन पक्राउ
२४ भदौ २०८३
•
१ मिनेट पाठ
आरनको आवरणमा अवैध हतियार कारखाना:  बन्दुक र वन्यजन्तुको छालासहित तीन पक्राउ
गुल्मीको छत्रकोट गाउँपालिकामा परम्परागत आरनको आवरणमा अवैध घरेलु हतियार निर्माण तथा बिक्री-वितरण गरिरहेको फेला परेको छ।




जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको विशेष प्रहरी टोलीले छत्रकोट-५ मानकोट भ्यूडाँडाबाट हतियार, ठूलो परिमाणका पाटपुर्जा, औजार र वन्यजन्तुका छालासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्थानीय बुद्धिबहादुर कामी, उनका छिमेकी झुमिला विक र बन्दुक खरिदकर्ता प्रेमबहादुर सिँजाली रहेका छन्।

प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले कामीको घर तथा आरनमा छापा मार्दा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ, मेसिन र औजारहरू बरामद गरेको थियो।

अनुसन्धानकै क्रममा विकको आरनबाट एक थान तथा सिँजालीको घरगोठबाट खरिद गरिएको अर्को एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान तयारी भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी तथा बट आठ थान, काठका बट पाँच थान, फलामका गोली छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद र टिनका बाकसभित्र लुकाइएका विभिन्न पाटपुर्जा नियन्त्रणमा लिएको छ।

यसैगरी, हतियार निर्माणमा प्रयोग हुने किटको आरनपङ्खा दुई थान, ड्रिल मेसिन, वेल्डिङ मेसिन, दुई थान भाइब्रेसन मेसिन, गेलेन्डर मेसिनसहित आरी, बसुला, पन्चकस, कैँची र हथौडालगायतका निर्माण सामग्री पनि फेला परेका छन्।

हतियारसँगै जङ्गली जनावरका हड्डी तथा पाँच वटा छालासमेत बरामद गरिएकाले उनीहरू वन्यजन्तुको अवैध चोरीसिकारीमा समेत संलग्न रहेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले हतियार निर्माण, खरिद-बिक्री तथा वन्यजन्तु अपराधको कसुरमा तीनै जनामाथि कानुनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान थालिएको जानकारी दिए।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस