सरकारले संरक्षण गरेको रेडपाण्डाको छालासहित एक व्यक्ति पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बुद्ध मन्दिर नजिकबाट जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षका मनिराम सुनार पक्राउ परेका हुन्।
संरक्षित वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। चेकजाँच गर्दा सुनारले बोकेको झोलाभित्र रहेको १ थान छाला बरामद गरिएको उनले बताए।
सो विषयमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिएका छन्।