सर्लाहीको एक कुखुरा फर्ममा आगलागी हुँदा एक जना घाइते भएका छन् । आगलागीबाट फर्म पुरै नष्ट हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
बसबरिया गाउँपालिका- ३ कोठियारमा कुखुरा फर्ममा आगलागी हुँदा कामदार बसबरिया ३ मल्दिलवाका १८ वर्षीय मिथलेश सहनी घाइते भएका छन् । घाइते सहनीको उपचार बरहथवा बजारस्थित ह्यापी हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ ।
कोठियारका आसनारायण महतोले सञ्चालन गर्दै आएको उक्त फर्ममा बिहीवार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीमा ३ हजार ३०० चल्ला जलेर नष्ट भएको हो ।
फर्ममा भएको आगलागीबाट कुखुराको चल्ला, लत्ताकपडा र नगद गरी करिब २५ देखि ३० लाखको क्षति भएको स्थानीय गजेन्द्र साहले जानकारी दिए । हरिवन नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको प्रयासले आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।