छब्बिस वर्षपछि जगतिपुरबाट जाजरकोट दरबारमा फूलपाती
२४ असोज २०८१
•
२ मिनेट पाठ
छब्बिस वर्षपछि जगतिपुरबाट जाजरकोट दरबारमा फूलपाती
छब्बिस वर्षपछि पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ।




हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्षसम्म खलङ्गाकै कालिका मन्दिरबाट जाजरकोट दरबार ल्याएर भित्र्याउने गरिएको थियो। जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवता दसैँको सप्तमीमा जगतिपुरबाट भित्र्याउने चलन बन्द भए पनि  यसलार्ई फेरि जगतिपुरमै लिने पहल गरिएको थिएन।

सशस्त्र द्वन्द्वका कारण असुरक्षा भएको भन्दै २०५५ सालमा उक्त खड्गलार्ई  खलङ्गाको कालिका मन्दिरमै राखिएको थियो। द्वन्द्व समाधान भए पनि स्थानीय सरोकारवालाको बेवास्ताका कारण खड्गलाई जगतिपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो।

यस वर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्षपछि जगतिपुर दरबार क्षेत्रको खड्ग देउताको मन्दिरमा लगिएको थियो। प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा बसेको सर्वपक्षीय बैठकले यस वर्षदेखि जगतिपुरबाटै खड्ग देवता ल्याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीवार  जगतिपुरका स्थानीयले  विधि प्रक्रिया पुर्‍याएर पुरानै परम्पराअनुसार बाजासहित जाजरकोट दरबारमा ल्याएको खड्ग देउता ग्रहण गर्न जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसहितका सुरक्षा निकायका प्रमुख तथा अन्य सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार सर्वसाधारण विशेष तयारीका साथ शान्ति चौतारा जम्मा भएका थिए।

जगतिपुरबाट ल्याइएको खड्ग देवतालाई बाजागाजासहित शान्ति चौतारामा भव्य स्वागत गरिएको थियो। त्यसपछि गैरीखालीमा पुगी बजुको मन्दिर छेउमा पुजा अर्चना गरियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाजरकोटकी देवी कालिका, मालिका र भगवतीलाई सलामी दिएका थिए। उक्त पुजा र सलामी पछि ठूलो सङ्ख्यामा रहेका सर्वसाधारण, सुरक्षाकर्मी र अन्य व्यक्तिको सहभागितामा उक्त खड्ग र फूलपातीलाई जाजरकोट दरबार पुर्‍याएको थियो। दरबार पुर्‍याइएको खड्ग र फूलपातीलाई विशेष पुजासहित जाजरकोट दरबारको जमराघरमा भित्र्याइएको थियो। सो अवसरमा पुनः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले  सलामी दिएका थिए।

जाजरकोटको इतिहास मौलिकता र संस्कृति जोगाउनको लागि आफूहरूले २६ वर्षपछि जगतिपुरबाटै ल्याउने चलन सुरु गराउन पहल र समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए। अध्यक्ष केसीले जगतिपुरका स्थानीय सरोकारवाला, खलङ्गाका स्थानीय सरोकारवाला, जाजरकोटी राजाका सन्तान, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सुरक्षा निकाय र सबैको सल्लाहमा यो वर्षदेखि पुरानो परम्परालाई निरन्तरता दिने काम गरिएको बताए।

यस्तै जाजरकोटी मौलिकता र परम्परालाई पुरानै शैलीमा निरन्तरता दिन यस पटकदेखि जगतिपुरबाट खड्ग देवता जाजरकोट दरबारमा ल्याउने कार्य गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए। यस्तै जाजरकोटी राजा उपेन्द्रविक्रम शाहका पनाति प्रवेशविक्रम शाहले पुरानो परम्परालाई निरन्तरता दिने काम भएकोमा खुसी व्यक्त गरे। रासस
अर्को समाचार
जाजरकोटमा पिकअप दुर्घटना: पाँचजनाको मृत्यु, दुई घाइते
२७ मंसिर २०८१
•
१ मिनेट पाठ
जाजरकोटमा पिकअप दुर्घटना: पाँचजनाको मृत्यु, दुई घाइते
जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा  सवारी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। दुर्घटनापश्चात उद्दार गरी अस्पताल लगिएको थियो।




अस्पताल लैजानासाथ चिकित्सकले ५ जनालाई मृत घोषणा गरेका थिए। दुर्घटनामा चालक नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय इन्द्रजित थापा, ६४ वर्षीया शिला पुन,  ३२ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोराको मृत्यु भएको हो।

घाइतेमध्ये एक जना जीवन विक भने सामान्य उपचारपछि घर फर्किएका छन्। अर्का घाइते जनक थापाको उपचार भइरहेको छ।  

प्रहरी उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार बलेरो पिकअप गएराति ११ बजेतिर दुर्घटनामा परेको हो। पिकअप जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस