जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि मतदान सुरु भएको छ। जाजरकोटको नलगाड ३ मा ९३ वर्षका जेष्ठ नागरिक अर्जुन थापाले पहिलो मत खसालेर मतदान उद्घाटन गरेका हुन्।
नलगाडमा २०७९ सालको निर्वाचनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएपछि त्यहा उपनिर्वाचन भएको हो। त्यहा विभिन्न दलबाट ६ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन्।
जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा सवारी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। दुर्घटनापश्चात उद्दार गरी अस्पताल लगिएको थियो।
अस्पताल लैजानासाथ चिकित्सकले ५ जनालाई मृत घोषणा गरेका थिए। दुर्घटनामा चालक नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय इन्द्रजित थापा, ६४ वर्षीया शिला पुन, ३२ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोराको मृत्यु भएको हो।
घाइतेमध्ये एक जना जीवन विक भने सामान्य उपचारपछि घर फर्किएका छन्। अर्का घाइते जनक थापाको उपचार भइरहेको छ।
प्रहरी उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार बलेरो पिकअप गएराति ११ बजेतिर दुर्घटनामा परेको हो। पिकअप जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...