बलात्कारको उजुरी गर्ने सीमा दुई वर्षमात्र रहेकोले समय अझ थप्नुपर्ने महिलाको माग
२१ भदौ २०८१
•
५ मिनेट पाठ
बलात्कारको उजुरी गर्ने सीमा दुई वर्षमात्र रहेकोले समय अझ थप्नुपर्ने महिलाको माग
बिनु यादव नेपालको काठमाडौंस्थित आफ्नो कोठामा फोटो खिचाउँदै । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
पोहोर साल बिनु यादवले एउटा डरलाग्दो निर्णय गरिन् । यदि उनलाई अपहरण गर्ने, जबर्जस्ती बिहे गर्ने र सन् २०१९ देखि २०२० सम्म बन्धक बनाउँदा बलात्कार गर्ने उनका पूर्वपति कानुनी अदालतबाट दण्डित नभएमा उनी आफ्नो जीवन अन्त्य गर्नेछिन् । सन् २०२२ को अप्रिलमा उनीहरुको सम्बन्धविच्छेदको सुनुवाईको क्रममा उनले अदालतमा विष सेवन गरी अस्पतालमा महिनौं बिताइन् ।




यादवको स्टोरी नेपालमा बलात्कार गरिएकाहरुका नियतितर्फ ध्यानाकर्षण गराउने कैयौं मुद्दाहरुमध्येको एक हो । उनीहरु आफ्ना पीडकलाई न्यायको कठघरामा ल्याउन त चाहन्छन् तर चुनौतीको सामना गर्छन् किनकि यस देशमा यौनजन्य हिंसा भएको दुई वर्षपछि, वा बलात्कार गरिएको व्यक्ति ७० वर्षभन्दा माथि, नाबालिग वा अपाङ्गता भएको हकमा भने तीन वर्षपछि मुद्दा चलाउन सकिंदैन ।

यादव उनका पूर्वपतिले सन् २०१९ मा डेटिङमा रहेकै बेलामा आफूलाई बलात्कार गरेको बताउँछिन् । उनले प्रहरीलाई खबर गरिन् तर उनले उजुरी फिर्ता लिन दबाब दिए । त्यसपछि उनले आफूसँग बिहे गर्न आग्रह गरे । 'तर त्यो प्रस्ताव ऊ र उसको परिवारले आरोपबाट बच्न रचेको प्रपञ्चको एक हिस्सा थियो,' उनी भन्छिन् ।

सन् २०१८ मा बलात्कृत भएपछि, हिंसाको रिपोर्ट गर्न बिनु यादव यो सेवा केन्द्रमा गएकी थिइन् । उनलाई अभियुक्तले उजुरी फिर्ता लिन दबाब दिएका थिए । उनले आफूसँग विवाह गर्न आग्रह गरे तर उनको भनाइमा यो सबै बलात्कारको आरोपबाट पन्छिन गरिएको प्रपञ्चको एक अंश थियो । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
हतारमा गरिएको बिहेपछि उनले बाग्मती प्रदेशको रामेछापमा आफ्नो परिवारले चलाएको होटेलमा उनलाई जबर्जस्ती राखे, एक कामदारको रुपमा । केही महिनापछि, उनी मानसिकरुपमा असक्षम रहेको आरोप लगाउँदै उनले सम्बन्धबिच्छेदको लागि निवेदन दिए । उसको परिवारले केही नभएझैं उनलाई काठमाडौं लगेको उनी बताउँछिन् ।

'बलात्कार हदम्याद सकिएपछि कागजको टुक्रासरी मलाई फालिएको छ,' उनी भन्छिन्, 'तर, विभिन्न संघसस्थाले उनीहरुविरुद्ध नलड्ने सुझाब दिए ।'

विगत लामो समयदेखि बलात्कारको उजुरी दिने हदम्याद ३५ दिनको मात्र थियो । त्यसपछि अधिकारकर्मीहरूको धेरै लबिङपछि सन् २०१५ मा यसलाई बढाएर छ महिना पुर्‍याइयो । सन् २०१७ मा, नयाँ अपराध संहिताले यस हदम्यादलाई बढाएर एक वर्ष बनायो ।

एक नेपाली महिलाले, आठ वर्षअघि उनी १६ वर्षको हुँदा कसरी औषधि खुवाएर बलात्कृत भइन् भनेर सामाजिक सञ्जाल टिकटकमा बताएपछि सन् २०२२ मा विधायकहरूले अपराध संहितालाई फेरि संशोधन गरी सीमा बढाएर दुई वर्ष बनाएका छन् । त्यतिबेला उनले बलात्कार अभियुक्त एक नाम चलेका व्यापारी भएको र उनले उजुरी गरेमा उनका गोप्य फोटोहरु सार्वजनिक गरिदिने धम्की दिएको बताएकी थिइन् । सामाजिक सञ्जालमा बहसको बाढी नै आयो । एक अनलाईन पेटिसनले तीन दिनमा १८ हजार हस्ताक्षर सङ्कलन गर्‍यो र विधायकहरूले अन्ततः यसबारे सोच्न थाले ।

यादवकाजस्ता मुद्दाले फेरि एकपल्ट यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् र केही महिला अधिकारकर्मीहरूले यो सीमा पूर्णतया खारेज हुनुपर्ने माग गरिरहेका छन् ।

महिला अधिकारको वकालत गर्ने एक स्थानीय गैरसरकारी संस्था महिला पुर्नस्थापना केन्द्र ९ओरेक० की प्रोग्राम कोअर्डिनेटर सुलोचना खनाल भन्छिन्, “बलात्कार तथा जघन्य यौन हिंसाका घटनामा महिला विक्षिप्त हुन्छन् । उनीहरु आफूलाई मानसिक रुपमा तयार गर्दागर्दै हदम्याद गुज्रिसकेको हुन्छ ।”

'पुरुष सांसदहरुले हदम्याद नराखेमा पचास प्रतिशत पुरुषहरु जेलभित्र हुन्छन् भने,' सन् २०२२ को संशोधन प्रस्ताव गर्ने राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल भन्छिन्, 'यो समस्या कति भयानक रहेछ भन्ने यसबाट सोच्न सक्छौं ।'

हदम्यादका पक्षधरहरु हदम्याद नराखेमा बलात्कारको अनुसन्धान गर्न धेरै गाह्रो हुने तर्क गर्छन् । महिला, बालबालिका र सीमान्तकृत समूहहरूको अधिकार संरक्षण गर्ने एक नागरिक समाज संगठन, महिला, कानुन र विकास मञ्चकी कानुनी अधिकारी सुष्मा गौतम भन्छिन्, 'सधैं मानिसलाई आफूमाथि भएको घटना याद नहुन सक्छ । के भएको थियो भनेर ठ्याक्कै वर्णन गर्न नसक्ने हुन सक्छ ।' नाबालिगमाथिको अपराधमा भने उनी हदम्याद हुन नहुने तर्क थप्छिन् ।

आफ्नी छोरीको मृत्युमा न्यायको माग गर्दै काठमाडौंको लोकप्रिय विरोधस्थल माइतीघर मण्डलामा अनशन बसेकी निर्मलादेवी शाहलाई सान्त्वना दिंदै बायाँतिर बिनु यादव । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतम यो मुद्दा न्यायपालिका र विभिन्न स्टेकहोल्डरकाबीच छलफलमै रहेको बताउँछन् । 'एक पटक कानुन बनाएर परिवर्तन हुँदैन भन्ने होइन । यो डाइनामिक प्रोसेस हो,' उनी भन्छन् ।

सन् २०२२ मा अनलाईन पेटिसन शुरु गरेर अपराध संहितामा पछिल्लो परिवर्तन ल्याउने वकिल ममता सिवाकोटीका लागि अनुसन्धानलाई बलियो बनाउनु नै यसको समाधान हो न कि अपराधको अनुभव गरेकाहरूलाई सजायँ दिनु । 'सरकारको कमजोरीको बोझ पीडितलाई दिनु हुँदैन,' उनी भन्छिन् ।

सन् २०२२ मा टिकटकमा बोल्ने महिलालाई प्रतिनिधित्व गर्ने वकिल र संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी यहाँको सामाजिक (सांस्कृतिक प्रणालीले गर्दा, व्यक्तिले उजुरी दर्ता गर्ने हिम्मत जुटाउन वर्षौं लाग्ने बताउँछिन् । महिलाको शरीरमा मात्र प्रमाण खोज्नु पुरानो विचारधारा भएको र महिलाको प्रमाणलाई पनि आधार मान्नुपर्ने कुरा थप्छिन् । 'महिलाहरूलाई केन्द्रमा राख्नुको सट्टा, वकिलहरूले उनीहरूको दिमागलाई केन्द्रमा राख्छन्,' उनी भन्छिन् ।

गत मे महिनामा, यादवले न्यायको खोजी गर्ने क्रममा पुनस् कठोर उपायको सहारा लिइन् । उनी काठमाडौंको मध्यभागमा रहेको प्रमुख र लोकप्रिय विरोधस्थल माइतीघर मण्डलामा भोक हड्ताल बसिन् र आफ्नो पूर्व पतिलाई बलात्कारको आरोप लागे मात्र सो अनशन तोड्ने वाचा गरिन् ।

उनको भोक हड्ताल समाचारमा छाउन थालेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्यहाँ पुगेर उनले न्याय पाउने आश्वासन दिए । 'गृहमन्त्रीले झुटो आश्वासन दिएर अनशन तोडाउनुभएको रहेछ भने उहाँकै कार्यकक्षमा गएर आफैलाई आगो लगाइदिन्छु', उनी भन्छिन् ।

गृह मन्त्रालयले आफ्नो प्रेस कार्यालयमार्फत यादवको मुद्दा महान्यायाधिवक्ताको कार्यालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाएको जनाएको छ ।

“बलात्कार उजुरीमा हदम्याद हुँदैनथ्यो भने मैले आज उजुरी हाल्न पाउँथें,' यादव भन्छिन्, 'कम्तिमा एउटा केसमा त मैले न्याय पाउँथें ।'

(सुनिता न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो।) 

यो पनि पढ्नुहोस्

नेपालमा राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्थामाथि उठेको प्रश्नचिन्ह 

यो पनि पढ्नुहोस्

'नागरिकताका लागि नाङ्गिएर भिख माग्दै हिंड्नुपर्ने यो कस्तो व्यवस्था हो?'
अर्को समाचार
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
१७ कार्तिक २०८१
•
७ मिनेट पाठ
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट पुनः बिक्री गर्नका लागि चामलका बोरा लोड गर्दै स्थानीय व्यापारीहरू । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
चीनको सिमानासँग जोडिएको माथिल्लो डोल्पामा नेपाल सरकारले तीन वर्षदेखि चामल वितरण गर्न सकेको छैन । यहाँका मानिसहरू चारदेखि नौ दिनसम्मको पैदल यात्रा गरेर बजारमा चामल किन्न जान्छन् । तर बजारमा चामलको मूल्य यति धेरै महँगो छ कि अधिकांश मानिसहरू त्यो मूल्य जुटाउन सक्दैनन् । 




सरकारले यस क्षेत्रमा वितरण गर्दा प्रति किलो ५८ देखि ८७ रुपैयाँ मात्र पर्ने चामल बजारमा दोब्बरभन्दा बढी १५० रुपैयाँ पर्छ ।  तर माथिल्लो डोल्पासम्म चामल लैजान एकदमै कठिन छ ।

स्थानीयबासी दोर्जे गुरुङ भन्छन्,'हामीले अथवा ठेकेदारले पनि चामल पुर्‍याउने भनेको कि खच्चड वा चौरीमार्फत हो कि त हेलिकप्टरमार्फत पुर्‍याउनुपर्छ । सरकारले कुनै माध्यमबाट पुर्‍याइदेला भन्ने आश त अब मरिसक्यो ।'

सरकारले हरेक वर्ष माथिल्लो डोल्पासम्म खाद्यान्न ढुवानी गर्न भनेर एक कम्पनीसँग करार सम्झौता गर्छ । यस्तो हुँदा यो क्षेत्रमा चामल वितरण हुनु पर्ने हो तर सरकारसँग करार सम्झौता गरे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नभएको जस्ता विभिन्न कारणहरू देखाएर ठेकेदारले चामल पुर्‍याउन अस्वीकार गर्छन् । सरकारको स्वामित्वमा रहेको र खाद्यान्न खरिद गरी देशका विकट जिल्लाहरूमा पुर्‍याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णु घिमिरे चालू आर्थिक वर्षमा ठेक्का भएपछि माथिल्लो डोल्पामा पनि खाद्यान्न पुग्ने आश्वासन दिन्छन् । उनी भन्छन्,'हामीले यो वर्षको टेन्डर गरिसकेका छौँ । विगतका वर्षमा ठेकेदारले धेरै बाहना बनाए तर यस पटक त्यस्तो हुने छैन । उपल्लो डोल्पाबासीले यस पटक खाद्यान्न पाउँछन्, हिउँ पर्ने मौसम सुरु नहुँदै डोल्पामा खाद्यान्न पुग्छ ।'

सन् २०२० मा सुरु गरिएको सरकारी कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा स्थित यो जमिनमा मकै खेली गरिन्थ्यो । तर आज यो जमिन बाँझो छ । यो ठाउँमा प्रदेश सरकारको भवन निर्माण गर्ने योजना बनाइएको छ ।  तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
तर दोर्जे गुरुङ भने यो वर्ष पनि खाद्यान्न नपुग्ने कुरामा ढुक्क छन् । 'खाद्यान्न आए पनि हामीलाई एक महिनासम्म पुग्ने पनि आउँदैन,' उनी भन्छन् ।

यो कर्णाली प्रदेशको हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा बस्ने अधिकांश नागरिकको साझा समस्या हो । त्यसैले धेरै मानिसहरू यो क्षेत्र छाडेर रोजगारीका लागि सहर वा विदेश पलायन भइसकेका छन् र यहाँको उब्जाउ जमिन पनि बाँझै छन् ।

झन्डै ३० हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कर्णाली नेपालकै सबैभन्दा ठुलो प्रदेश हो र यसले देशको कुल क्षेत्रफलको झन्डै २१५ भूभाग ओगटेको छ । तर यस प्रदेशको जनसङ्ख्या सबैभन्दा कम अर्थात् १६ लाख मात्र छ । सन् २०२१ को जनगणनाअनुसार माथिल्लो डोल्पामा झन्डै ४२,७०० मानिस बसोबास गर्छन् । 

यो पनि पढ्नुहोस्

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

यो क्षेत्र भौगोलिक हिसाबले अत्यन्तै विकट भएको हुँदा यहाँ पहिरो गइरहने भएकाले र सडकको अवस्था खराब रहने भएकाले यहाँका सडकहरू पार गर्न असम्भवप्रायः हुन्छ । २३२ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको दुर्गति देखेर यसलाई 'मृत्यु मार्ग' समेत भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार सडकमार्फत यात्रा गर्दा हरेक वर्ष औसतमा १०० जना व्यक्तिले ज्यान गुमाउँछन् । 

माथिल्लो डोल्पा क्षेत्रमा आवतजावत गर्न चुनौतीपूर्ण भएको कुरा सर्वविदितै हुँदा पनि र यो क्षेत्रमा कृषिको सम्भावना राम्रो भए पनि सन् २०२० को तथ्याङ्कअनुसार यहाँको एक चौथाइभन्दा बढी जमिन बाँझै छ । यसलाई सम्बोधन गर्न सरकारले यहाँको कृषि उत्पादन बढाउनका निम्ति अनुदान दिने, बीउ वितरण गर्ने र अन्य सहायता प्रदान गर्ने भन्दै कार्यक्रम ल्याएको थियो । यसबाट रोजगारीका हजारौँ नयाँ अवसर सिर्जना गर्ने र सहर पलायन भएका मानिसहरूलाई गाउँमा आकर्षित गर्ने अपेक्षा राखिएको थियो । तर प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिपोर्टअनुसार अहिले यो कार्यक्रमको अपेक्षा विपरीत पहिलेभन्दा अझ धेरै उब्जाउ जमिन ९३०५० बाँझो भएको छ ।

खेती गर्ने जनशक्ति सहरी क्षेत्रतर्फ बसाइँ सरेकाले र गाउँमा पर्याप्त जनशक्ति नभएकाले कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी रमेश खड्का बताउँछन् ।

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

लेकाली क्षेत्रमा कृषिखेती गर्न बढी समय लाग्छ र अन्य क्षेत्रमा भन्दा बढी लागत लाग्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् कृषि प्रसार अधिकृत धनबहादुर कठायत भन्छन्, 'उनीहरू अरू नै पेशा गरेर जीविकोपार्जन गरिरहेका छन् ।'

वीरेन्द्रनगरस्थित पोषण सुधार केन्द्रमा राखिएका अन्य बच्चाका आमाहरूसँग कुरा गर्दै उर्मिला बुढाथोकी (बीचमा) । यहाँ कुपोषण भएका बालबालिकालाई पौष्टिक खानेकुरा खुवाइन्छ । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
कर्णाली प्रदेशमा राम्रो कृषि सम्भाव्यता छ । यहाँ दाल, जौ र जुम्ली मार्सी चामललगायतका नौ वटा विभिन्न अन्न र धानका प्रजातिहरूको खेती हुन्छ । तर पनि १० मध्ये ६ जिल्ला आयातित खाद्यान्नमा निर्भर रहेको कठायतको भनाइ छ ।

तथ्याङ्कअनुसार कर्णालीका नागरिकलाई ३,४४,३२४ मेट्रिक टन खाद्यान्न चाहिन्छ । तर अझै पनि कर्णालीमा २३,४३४ मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्कले देखाउँछ ।

यसले गर्दा मानिसहरूमा भोकमरीको समस्या छ । एक तिहाइभन्दा बढी जनसङ्ख्यामा पुड्कोपना तथा ख्याउटेपनाको समस्या छ । कुपोषणका कारण यस्तो समस्या देखिन सक्छ । त्यस्तै चालिस प्रतिशत बालबालिकामा रक्तअल्पता छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकारले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार झन्डै एक चौथाइ परिवारमा खाद्यान्न अपुग रहेको र जम्मा ८५ परिवारले मात्र आफूलाई आवश्यक पर्ने खाद्यान्न खपत गरिरहेको देखिएको छ । भोकमरीले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्छ।

स्थानीय बालरोग विशेषज्ञ नवराज केसी कर्णालीमै उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न सके कुपोषणको ग्राफलाई घटाउन सकिने बताउँछन् ।  

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

उनी भन्छन्, 'कर्णालीमा उत्पादन हुने पौष्टिक तत्त्व भएका खाद्यान्न नेपालका अन्य ठाउँमा उत्पादन हुँदैन । यदि यी बालीहरूको संरक्षण गर्न सकेर उत्पादन बढाउन सके हामी आत्मनिर्भर पनि बन्न सक्छौँ र भविष्यमा स्वस्थ जनशक्ति उत्पादन पनि गर्न सक्छौँ ।'

सन् २०१५ मा नेपाल सङ्घीय गणतन्त्रात्मक राष्ट्र बनेको थियो । कृषि उत्पादनमा सुधार गर्ने महत्त्वपूर्ण योजना बोकेर कर्णाली प्रादेशिक सरकार गठन भएको पनि सात वर्ष भइसकेको छ र यसबिचमा कयौँ पटक सरकार फेरिइसेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहका अनुसार यस बिचमा अर्गानिक खेती, युवा लक्षित कृषि कार्यक्रम, उत्पादनमा आधारित अनुदान, चक्लाबन्दी खेती अभियान, कृषि कर्जालगायतका विभिन्न सुधारका लागि पहल गरिएका छन् ।

तर अहिले भने सरकारले यसका लागि दण्डसजायको व्यवस्था गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत आफ्नो जमिन बाँझो छाड्ने मानिसहरूलाई बढी कर लगाइने छ ।

कर्णालीमा लामो समय काम गरेका कृषि विज्ञ लीलाराम पौडेल यहाँको कृषियोग्य जमिन जङ्गलमा रूपान्तरण भइरहेको बताउँछन् ।

वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएका चामलका बोरा । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
उनी भन्छन्, 'त्यसैले पहिले कहाँबाट आम्दानी हुन्छ भन्ने पनि सोच्न आवश्यक छ । जस्तै, जडीबुटीबाट आम्दानी गरेर खाद्यान्नमा कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।'

तर डिलकुमारी धिमाल जस्ता स्थानीयबासीलाई भने यो कुरामा रत्तिभर विश्वास छैन । चाडबाडको सिजनमा चामलको माग झन् बढी हुने भएकाले त्यस बेला झन् चामलको चरम अभाव हुने गर्छ । अक्टोबर र नोभेम्बर महिनामा नेपालका सबैभन्दा महत्त्वपूर्ण चाडहरू दशैं र तिहार पर्छन् ।

“यो वर्ष पनि चामल लिनका लागि खाद्य डिपोअगाडि कति दिन पो लाइन लाग्नु पर्ने हो थाहा छैन ।”

अघिल्ला वर्षहरूमा डिपोमा गएर लाइन लाग्दा पनि अन्त्यमा रित्तो हात घर फर्किएर बजारबाट महँगो चामल किनेर खानु परेको सम्झिँदै उनी यो वर्ष पनि यही अवस्था आउने हो कि भन्ने चिन्तामा छिन् ।

(चाँदनी कठायत ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख पहिला ग्लोबल जर्नलमा प्रकाशित भएको हो। )  

यो पनि पढ्नुहोस्

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस