जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू
३२ असार २०८१
•
१० मिनेट पाठ
जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू
निकुञ्जको खाता जैविक मार्गमा पर्ने गौरी महिला सामुदायिक वन मार्फत वन हेरालु र वन्यजन्तु सङ्गठनका प्रतिनिधिहरूको अगुवाइ गरिरहेका भदै थारू। तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
महिनौंदेखि भदै थारूले देखेको सपनाको एउटा संस्करण हो यो। सपनामा विश्वास गर्नेहरूका लागि, यसको अर्थ के हुन सक्छ भनेर उसले सोचिरहे। जनवरी २००४ को त्यो बिहान, ३६ वर्षीय थारू बिउँझे र आफ्नो सपनालाई जीवन्त रूपमा सम्झिएस् पश्चिम नेपालको गौरी महिला सामुदायिक वनमा बाघले हरिणलाई छिटो छिटो खाइरहेको थियो। यो सपनाबारे सोच्दा उनलाई बेचैन बनायो र छिट्टै केही नराम्रो हुनेछ भन्ने लागिरहेको थियो।




तर, सोही दिन त्यति बेला उक्त सामुदायिक वनका अध्यक्ष रहेका भदै थारू र उनकी श्रीमती, त्यस क्षेत्रका अन्य मानिसहरूझैँ, घर छाउने खर काट्न जङ्गल पसे।

दिउँसोको समय थियो र कुहिरो लागेको मौसम थियो। सामुदायिक वन अग्ला खरहरूले भरिएको थियो र खर निकै बाक्लो थियो । त्यसमा मानिस वा जनावरहरू सजिलै लुक्न साथे। भदै थारू खरको झाडी नजिकै के पुगेका थिए एउटा बाघ उनीमाथि झम्टियो। भदै थारूले भाग्ने मौका नै पाएनन्, उनी बेहोश जस्तै भए। बाघको पन्जाले उनको आँखा निकाल्दियो। नराम्ररी चोट लागेको भए पनि, थारू भन्छन्, उनले करिब पाँच मिनेट सम्म बाघसँग कुस्ती खेले। “मैले कहिल्यै सोचेको थिइनँ म बाघसँग यसरी लड्न सक्छु भनेर,” उनी भन्छन्। तर थारूले बाघलाई हान्न थालेपछि बाघ झाडीतिर गयो। बाघको गर्जन जङ्गलमा गुन्जियो। भदै थारूलाई उनकी श्रीमती र केही स्थानीय गाउँलेले हतारहतार नजिकको अस्पताल लिएर गए, उनको आँखा बाहिर निस्केर झुण्डिएको थियो।

गौरी महिला सामुदायिक वनभित्र बाघ सर्वेक्षण गर्दै भदै थारू (बाँया) र स्थानीय वन्यजन्तु संरक्षक (गेम स्काउट) शुक्ना थारू।  तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
आज २०२४ मा आइपुग्दा त्यो घटना भएको २० वर्ष बितिसकेको छ। अहिले ५६ वर्षका भदै थारू नेपालमा बाघ संरक्षणका लागि चिरपरिचित नाम हो। उनले नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट सन् २०१७ को सम्मान र विश्व वन्यजन्तु कोष नेपालबाट सन् २००४ मा सामुदायिक वनका तर्फबाट अब्राहम संरक्षण पुरस्कार सहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेका छन्। विश्व प्रकृति कोष (वर्ल्डवाइड फन्ड फर नेचर) अन्तर्गतको स्थानीय शाखा विश्व वन्यजन्तु कोष नेपालले प्रदान गर्ने अब्राहम संरक्षण पुरस्कार नेपालको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने सामुदायिक तहका प्रयासहरूलाई सम्मानस्वरूप दिइने पुरस्कार हो। 

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

बाघ संरक्षणमा थारूको योगदानले उनलाई देशका लागि बहुमूल्य स्रोत बनाएको निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक अजय कार्की बताउँछन्।

तर थारूको आलोचक पनि उत्तिकै छन्। नेपालमा बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमण पनि बढेको छ।

नयाँ दृष्टिकोण

बाघको आक्रमणपछि मात्रै थारू बाघ संरक्षणको काममा पूर्ण रूपमा लागेका हुन्। सुरुमा बाघको आक्रमणले दिएको घाउको पीडाले उनलाई निकै रिस उठेको थियो र बाघ नमारी छोड्दिन भन्ने लागेको थियो, उनी भन्छन्। तर घाउ निको हुँदै गाएपछि उनको मन बदलियो। जङ्गल जोगाउनु आफ्नो काम हो भनेर भदै थारू सधैँ सोच्ने गर्थे, तर त्यो आक्रमणपछि बाघको संरक्षण गर्नु उनको कर्तव्य बन्यो। उनी भन्छन्, मानिसहरू जथाभावी बाघको घरको रूपमा रहेको जङ्गलमा जाँदा “बाघले आक्रमण गर्नु स्वाभाविक थियो।”

उनको लगाव बाघ संरक्षण गर्ने नेपालको आकांक्षासँग मिलेको थियो।

बाघको पञ्जाको निशान भएको एउटा रुखको निरीक्षण गर्दै भदै थारु।  तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा अन्य १२ देशसँगै नेपाल पनि सहभागी भएको थियो। उक्त शिखर सम्मेलनमा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा बाघको सङ्ख्या १ लाखबाट बाट ३,५०० भन्दा तल झरेको देखिएको थियो। सो सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा यहाँको बाघको सङ्ख्या १२१ बाट दोब्बर २५० बनाउने वाचा गरेको थियो। नेपालले त्यो लक्ष्य हासिल गर्‍यो, र यसबापत सन् २०२२ मा अन्तर्राष्ट्रिय वातावरणीय समूहहरूको कन्सोर्टियमबाट टी(इन्टु टू अवार्ड र उत्कृष्ट संरक्षण अन्तर्गतको कन्जरभेसन एक्सिलेन्स अवार्ड प्राप्त गर्‍यो।

टी-इन्टु-टू अवार्ड, जसलाई सरल अर्थमा “बाघ गुणा दुई” अर्थात् बाघको सङ्ख्या दुई गुणा भन्ने बुझिन्छ। यस अवार्डले नेपालको सबैभन्दा ठूलो मध्येको एक बर्दिया राष्ट्रिय निकुञ्जको भूमिकालाई प्रकाश पर्यो। नेपालमा भएका ३ सय ५५ जंगली बाघमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ११७ वटा छन्। यस राष्ट्रिय निकुञ्जमा गरेको सराहनीय काममा अग्रपंक्तिमा भदै थारू थिए।

तर भदै थारूको यो प्रसिद्धि मूल्य चुकाएर आएको हो।

बाघको सङ्ख्या बढेसँगै बाघ र स्थानीय ग्रामीण समुदायबीच द्वन्द्व पनि बढेको छ। सन् २०१२(२०१३ मा, देशभरि बाघको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियोस २०२१(२०२२ मा यो सङ्ख्या बढेर २१ पुग्यो। निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकअनुसार सन् २०१८ यता पाँचवटा राष्ट्रिय वन्यजन्तु निकुञ्जमा बाघको आक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ। मान्छे र बाघको द्वन्द्व बढेकोमा कुनै शंका छैन, तर धेरैजसो घटना बाघको बासस्थानतर्फ मानिसहरू जानाजान जाने भएकाले हुने गरेको हो, प्रवक्ता वेदकुमार ढकाल बताउँछन्।

जति धेरै मानिसहरू मर्छन्, यसको दोष यी ठूला बिराला जातिलाई बचाउन अग्रपंक्तिमा खटिने व्यक्तिमाथि आइपर्छ। तर भदै थारू बाघको हेरचाह गर्नु आफ्नो तृष्णा रहेको बताउँछन्। बाहिर जाँदा “जङ्गलमा बाघ देखिनँ भने आनन्द नै आउँदैन,” उनी भन्छन्।

पीडादेखि गर्वसम्म

भदै थारूको जन्म मधुवन नगरपालिकाको एउटा गाउँमा रैथाने थारू जनजातिमा भएको थियो। उनको परिवार जीविकोपार्जनको लागि कृषिमा निर्भर थियो, र अझै पनि छ। उनले प्राथमिक विद्यालयमा भर्ना भए तर कहिल्यै परीक्षा दिएनन्, र बरू खेतीमा ध्यान दिए।

गौरी महिला सामुदायिक वन भित्र बाघ हिँडेको बाटो र च्रोरीशिकारीहरू हिँडेको सङ्केत खोज्न नदीको किनार निरीक्षण गर्दै भदै थारू (दायाँ) र शुक्ना थारू। तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
हँसिलो आनीबानी, गोलो अनुहार भएका थारूको अनुहारमा सधैँ मुस्कान हुन्छ र यो सँगै उनको अनुहारमा दुई दशकअघिको घटनालाई सम्झाउने घाउ पनि छ। त्यो बेलाको बाघको आक्रमणले उनको जीवन नै बदलियो। घाउ निको पार्न उनको उपचार एक वर्षसम्म चल्यो, त्यसपछि उनी सामान्य रूपमा काम गर्न सक्षम भए, तर उनको छाती र हातमा लागेको चोटबाट पूर्ण रूपमा निको हुन तीन वर्ष लाग्यो।

थारूले त्यो दिनको घटना कथा सुस्केरा हाल्दै गर्वका साथ सुनाउँछन्। आफ्नो बैठक कोठाको खैरो भित्तामा, घर भित्र प्रवेश गर्ने ढोकामाथि, आफूले पाएका आठवटा पुरस्कारहरू राम्रोसँग फ्रेममा सजाएर राखेका छन्। अर्को भित्तामा गर्जिरहेको देखिने बाघको ठूलो पोस्टर छ।

निको भइसकेपछि भदै थारूले सन् मा आफ्नो सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकार रोक्न पाँच सदस्यीय चोरी शिकार नियन्त्रण कार्यदल गठन गर्न सहयोग गरे। विभिन्न सामुदायिक वनका स्थानीय उपभोक्ताहरूसँग आफै भेटघाट गरी र वन निकाय एवम् प्रहरीसँग मिलेर काम गरी, भदै थारूले चोरी शिकारीहरूलाई रोक्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। गौरी महिला सामुदायिक वन हेर्ने समितिको अध्यक्ष सँगसँगै उनी ३८ सामुदायिक वनको छाता सङ्गठन खाता सामुदायिक वन समन्वय समितिको उपाध्यक्ष पनि हुन्। 

वनभित्र चरिचरनका लागि मध्यवर्ती क्षेत्रको निर्माणदेखि लिएर बाघका लागि पानी खाने पोखरी निर्माण गर्ने, घाइते भएका बाघबारे तत्काल सम्बन्धित कार्यालयमा खबर गर्नेसम्मका कामहरू गरी भदै थारूले बाघ संरक्षणका सबै पक्षमा आफूलाई सहभागी गराएका छन्। “उनले स्थानीय बासिन्दालाई वन शिष्टाचार र बाघको क्षेत्रमा अचानक पुग्दा के लगाउने वा के गर्ने भन्ने बारेमा पनि जानकारी गराउने काम गरेका छन्, बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्तबहादुर मगर भन्छन्।

त्यस्ता केही निर्देशिकाहरूमा जङ्गलमा एक्लै नजाने, समूहमा मात्र जानेस लठ्ठी बोकेर हिँड्नेस रातो लुगाको सट्टा हरियो र प्राकृतिक देखिने अन्य रंगका पहिरन लगाउनेस र बाघ अगाडि आइहालेमा नभाग्ने लगायत रहेका छन्।

गौरी महिला सामुदायिक वनभित्र रहेको निरीक्षण टावरमुनि कुरा गर्न रोकिएका भदै थारू (दायाँ) र शुक्ना थारू। तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
जङ्गलमा प्रवेश गर्दा

तर यस क्षेत्रमा बाघले अर्को मानिसलाई मार्ने बित्तिकै दोषारोपण वा प्रत्यक्ष गालीगलौज फेरि सुरु भइहाल्छ। भदै थारूले आफूलाई ज्यान मार्ने धम्की आएको भए पनि प्रहरीमा कहिल्यै उजुरी नगरेको बताउँछन्। सन् २०२३ को सेप्टेम्बरमा बाघको आक्रमणबाट एक जना स्थानीय महिलाको मृत्यु भएपछि मधुवन नगरपालिकामा विरोध प्रदर्शन भएको खाता सामुदायिक वन समन्वय समितिका सचिव कुलराज बुढा बताउँछन्। केही प्रदर्शनकारीले भदै थारूलाई मार्छौं भनेर खुला धम्की दिएका थिए।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रशासकीय अधिकारीकहरूले यस्ता घटना हुन नदिन अन्य कुरासँगै निकुञ्जको वरिपरि तारबार लगाएर आफ्नो तर्फबाट काम गरिरहेको बताउँछन्। “किसनहरूलाई वन्यजन्तु बमोजिम व्यवहार परिवर्तन गर्नु भनेर बारम्बार अनुरोध गरे पनि, “उनीहरू घाँस दाउरा लिन जङ्गल जान छोडेका छैनन्,” निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपाने बताउँछन्। 

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

जङ्गलमा घाँस काट्ने क्रममा स्थानीय महिला विष्णु बुढाथोकीलाई बाघले आक्रमण गरेको थियो। “सरकारले घरमै घाँस दाउरा ल्याइदेओस् न हामी जङ्गल जाँदैनौं,” उनका श्रीमान् झकबहादुर बुढाथोकी भन्छन्।

नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कटारनियाघाट वन्यजन्तु आरक्ष बीचको वन्यजन्तु आवतजावत मुख्य मार्ग, खाता वन्यजन्तु मार्गको वारपार मानव बस्ती फैलिएको छ। वनको वरिपरि बसोबास गर्नेहरू सामान्यतया सामाजिक रूपमा सीमान्तकृत, आर्थिक रूपमा गरिब र वन स्रोतमा धेरै निर्भर छन्। आधारभूत आवश्यकताहरू पूरा गर्न पनि बारम्बार जङ्गल जानुपर्ने उनीहरूको बाध्यता छ।

खाता सामुदायिक वन समन्वय समितिको कार्यालयमा फर्कंदै गरेका भदै थारू (बीचमा), साथमा वन हेरालु र वन्यजन्तु सङ्गठनका प्रतिनिधिहरू। तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
स्थानीयले सन् २०२२ देखि नै यस वन्यजन्तु मार्गमा बाघबाट सुरक्षा पाऊँ भन्दै विरोध प्रदर्शन गर्दै आएको मधुवन नगरपालिकाका वडा अध्यक्ष आशाराम थारू बताउँछन्। त्यही वर्ष प्रदर्शनकारी गाउँलेमाथि प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा एक किशोरीको मृत्यु भएको थियो। १० वर्षअघिसम्म जंगली जनावरको कुनै डर थिएन, आशाराम थारू बताउँछन्।

बर्दिया राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कले सन् २००८ देखि २०१९ सम्म बर्दियामा बाघको आक्रमणबाट मृत्यु नभएको देखाउँछ, तर अन्य राष्ट्रिय निकुञ्जमा भने यस्तो मृत्यु भएको अभिलेख छ। सन् १९९९ देखि २००७ सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा यस्ता आक्रमणमा परेर चार जनाको मृत्यु भएको थियो।

विगत १० वर्षमा, निकुञ्जको ठाउँ अतिक्रमण गरी प्रयोग गर्दा बाघ र मान्छेको जम्काभेट हुने घटनाहरूको सङ्ख्यामा वृद्धि भएको छ।

खाता वन्यजन्तु मार्गमा बाघको सङ्ख्या बढे पनि बाघको बासस्थान विस्तार हुन नसकेको गैरनाफामूलक संस्था सोसाइटी फर कन्जरभेसन बायोलोजी नेपालका अध्यक्ष प्रकाशकुमार पौडेलको भनाइ छ। “बाघको सङ्ख्या बढिरहँदा जङ्गलभित्र तिनीहरूलाई चाहिने आहारविहारको राम्रो व्यवस्थापन हुन नसक्दा पनि खानाको खोजी गर्दै बाघहरू गाउँ पुग्ने गर्दछन्।”

बाघको सङ्ख्या बढाउन सरकारले सन् २०११ देखि २०१८ सम्म देशभरिका पाँचवटै राष्ट्रिय वन्यजन्तु निकुञ्जहरूमा बाघ संरक्षणका लागि ४ करोड ६६ लाख रुपैयाँ खर्च गरेको थियो। यसमा अधिकांश रकम वन्यजन्तुका लागि खाना र सुरक्षित बासस्थानको व्यवस्था गर्न खर्च गरिएको निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता ढकाल बताउँछन्। तर नेपाल बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यमा पुगेपछि त्यस्तो लगानी रोकिएको छ।

मानिस वन्यजन्तुको आक्रमणमा नमारिएसम्म वन्यजन्तु बचाउने प्रयासप्रति आफ्नो कुनै आपत्ति नरहेको स्थानीयहरू बताउँछन्। ‘हामी बाघको विरोधी होइनौं, तर हामी सुरक्षित भएर बाँच्न पाउनुपर्छ’, मधुवन नगरपालिकामा विरोध प्रदर्शनको अगुवाइ गरेका कालुराम थारू भन्छन्।

तस्बिर: यामकुमारी कंडेल/जिपिजे नेपाल
बाघको आक्रमणबाट स्थानीयबासी मर्न थालेपछि मात्रै धेरैले भदै थारूलाई चिनेका हुन्, स्थानीयवासी रामकृष्ण थारू भन्छन्।

“व्यक्तिगत मुनाफाका लागि भदैले बाघ संरक्षण गरिरहेका छन्,” झकबहादुर बुढाथोकी भन्छन्।

आफूप्रति यस्ता आरोपहरू आउँदा भदै थारू हाँस्छन्। अरूजस्तै आफूलाई पनि बाघको डर लाग्ने कुरा उनी स्वीकार्छन्। तर बाघलाई पनि मानिसजस्तै स्वतन्त्र बाँच्न दिनुपर्छ भन्ने उनको मान्यता छ। मानिसहरूले जतिसुकै धम्की दिए पनि वन्यजन्तु संरक्षण गर्ने आफ्नो कर्तव्यबाट पछि नहट्ने उनी बताउँछन्।

(यो स्टोरी सुरुमा ग्लोबल प्रेसजर्नलद्वारा प्रकाशन गरिएको थियो। यामकुमारी कंडेल ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।)
अर्को समाचार
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
१७ कार्तिक २०८१
•
७ मिनेट पाठ
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट पुनः बिक्री गर्नका लागि चामलका बोरा लोड गर्दै स्थानीय व्यापारीहरू । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
चीनको सिमानासँग जोडिएको माथिल्लो डोल्पामा नेपाल सरकारले तीन वर्षदेखि चामल वितरण गर्न सकेको छैन । यहाँका मानिसहरू चारदेखि नौ दिनसम्मको पैदल यात्रा गरेर बजारमा चामल किन्न जान्छन् । तर बजारमा चामलको मूल्य यति धेरै महँगो छ कि अधिकांश मानिसहरू त्यो मूल्य जुटाउन सक्दैनन् । 




सरकारले यस क्षेत्रमा वितरण गर्दा प्रति किलो ५८ देखि ८७ रुपैयाँ मात्र पर्ने चामल बजारमा दोब्बरभन्दा बढी १५० रुपैयाँ पर्छ ।  तर माथिल्लो डोल्पासम्म चामल लैजान एकदमै कठिन छ ।

स्थानीयबासी दोर्जे गुरुङ भन्छन्,'हामीले अथवा ठेकेदारले पनि चामल पुर्‍याउने भनेको कि खच्चड वा चौरीमार्फत हो कि त हेलिकप्टरमार्फत पुर्‍याउनुपर्छ । सरकारले कुनै माध्यमबाट पुर्‍याइदेला भन्ने आश त अब मरिसक्यो ।'

सरकारले हरेक वर्ष माथिल्लो डोल्पासम्म खाद्यान्न ढुवानी गर्न भनेर एक कम्पनीसँग करार सम्झौता गर्छ । यस्तो हुँदा यो क्षेत्रमा चामल वितरण हुनु पर्ने हो तर सरकारसँग करार सम्झौता गरे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नभएको जस्ता विभिन्न कारणहरू देखाएर ठेकेदारले चामल पुर्‍याउन अस्वीकार गर्छन् । सरकारको स्वामित्वमा रहेको र खाद्यान्न खरिद गरी देशका विकट जिल्लाहरूमा पुर्‍याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णु घिमिरे चालू आर्थिक वर्षमा ठेक्का भएपछि माथिल्लो डोल्पामा पनि खाद्यान्न पुग्ने आश्वासन दिन्छन् । उनी भन्छन्,'हामीले यो वर्षको टेन्डर गरिसकेका छौँ । विगतका वर्षमा ठेकेदारले धेरै बाहना बनाए तर यस पटक त्यस्तो हुने छैन । उपल्लो डोल्पाबासीले यस पटक खाद्यान्न पाउँछन्, हिउँ पर्ने मौसम सुरु नहुँदै डोल्पामा खाद्यान्न पुग्छ ।'

सन् २०२० मा सुरु गरिएको सरकारी कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा स्थित यो जमिनमा मकै खेली गरिन्थ्यो । तर आज यो जमिन बाँझो छ । यो ठाउँमा प्रदेश सरकारको भवन निर्माण गर्ने योजना बनाइएको छ ।  तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
तर दोर्जे गुरुङ भने यो वर्ष पनि खाद्यान्न नपुग्ने कुरामा ढुक्क छन् । 'खाद्यान्न आए पनि हामीलाई एक महिनासम्म पुग्ने पनि आउँदैन,' उनी भन्छन् ।

यो कर्णाली प्रदेशको हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा बस्ने अधिकांश नागरिकको साझा समस्या हो । त्यसैले धेरै मानिसहरू यो क्षेत्र छाडेर रोजगारीका लागि सहर वा विदेश पलायन भइसकेका छन् र यहाँको उब्जाउ जमिन पनि बाँझै छन् ।

झन्डै ३० हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कर्णाली नेपालकै सबैभन्दा ठुलो प्रदेश हो र यसले देशको कुल क्षेत्रफलको झन्डै २१५ भूभाग ओगटेको छ । तर यस प्रदेशको जनसङ्ख्या सबैभन्दा कम अर्थात् १६ लाख मात्र छ । सन् २०२१ को जनगणनाअनुसार माथिल्लो डोल्पामा झन्डै ४२,७०० मानिस बसोबास गर्छन् । 

यो पनि पढ्नुहोस्

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

यो क्षेत्र भौगोलिक हिसाबले अत्यन्तै विकट भएको हुँदा यहाँ पहिरो गइरहने भएकाले र सडकको अवस्था खराब रहने भएकाले यहाँका सडकहरू पार गर्न असम्भवप्रायः हुन्छ । २३२ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको दुर्गति देखेर यसलाई 'मृत्यु मार्ग' समेत भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार सडकमार्फत यात्रा गर्दा हरेक वर्ष औसतमा १०० जना व्यक्तिले ज्यान गुमाउँछन् । 

माथिल्लो डोल्पा क्षेत्रमा आवतजावत गर्न चुनौतीपूर्ण भएको कुरा सर्वविदितै हुँदा पनि र यो क्षेत्रमा कृषिको सम्भावना राम्रो भए पनि सन् २०२० को तथ्याङ्कअनुसार यहाँको एक चौथाइभन्दा बढी जमिन बाँझै छ । यसलाई सम्बोधन गर्न सरकारले यहाँको कृषि उत्पादन बढाउनका निम्ति अनुदान दिने, बीउ वितरण गर्ने र अन्य सहायता प्रदान गर्ने भन्दै कार्यक्रम ल्याएको थियो । यसबाट रोजगारीका हजारौँ नयाँ अवसर सिर्जना गर्ने र सहर पलायन भएका मानिसहरूलाई गाउँमा आकर्षित गर्ने अपेक्षा राखिएको थियो । तर प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिपोर्टअनुसार अहिले यो कार्यक्रमको अपेक्षा विपरीत पहिलेभन्दा अझ धेरै उब्जाउ जमिन ९३०५० बाँझो भएको छ ।

खेती गर्ने जनशक्ति सहरी क्षेत्रतर्फ बसाइँ सरेकाले र गाउँमा पर्याप्त जनशक्ति नभएकाले कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी रमेश खड्का बताउँछन् ।

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

लेकाली क्षेत्रमा कृषिखेती गर्न बढी समय लाग्छ र अन्य क्षेत्रमा भन्दा बढी लागत लाग्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् कृषि प्रसार अधिकृत धनबहादुर कठायत भन्छन्, 'उनीहरू अरू नै पेशा गरेर जीविकोपार्जन गरिरहेका छन् ।'

वीरेन्द्रनगरस्थित पोषण सुधार केन्द्रमा राखिएका अन्य बच्चाका आमाहरूसँग कुरा गर्दै उर्मिला बुढाथोकी (बीचमा) । यहाँ कुपोषण भएका बालबालिकालाई पौष्टिक खानेकुरा खुवाइन्छ । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
कर्णाली प्रदेशमा राम्रो कृषि सम्भाव्यता छ । यहाँ दाल, जौ र जुम्ली मार्सी चामललगायतका नौ वटा विभिन्न अन्न र धानका प्रजातिहरूको खेती हुन्छ । तर पनि १० मध्ये ६ जिल्ला आयातित खाद्यान्नमा निर्भर रहेको कठायतको भनाइ छ ।

तथ्याङ्कअनुसार कर्णालीका नागरिकलाई ३,४४,३२४ मेट्रिक टन खाद्यान्न चाहिन्छ । तर अझै पनि कर्णालीमा २३,४३४ मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्कले देखाउँछ ।

यसले गर्दा मानिसहरूमा भोकमरीको समस्या छ । एक तिहाइभन्दा बढी जनसङ्ख्यामा पुड्कोपना तथा ख्याउटेपनाको समस्या छ । कुपोषणका कारण यस्तो समस्या देखिन सक्छ । त्यस्तै चालिस प्रतिशत बालबालिकामा रक्तअल्पता छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकारले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार झन्डै एक चौथाइ परिवारमा खाद्यान्न अपुग रहेको र जम्मा ८५ परिवारले मात्र आफूलाई आवश्यक पर्ने खाद्यान्न खपत गरिरहेको देखिएको छ । भोकमरीले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्छ।

स्थानीय बालरोग विशेषज्ञ नवराज केसी कर्णालीमै उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न सके कुपोषणको ग्राफलाई घटाउन सकिने बताउँछन् ।  

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

उनी भन्छन्, 'कर्णालीमा उत्पादन हुने पौष्टिक तत्त्व भएका खाद्यान्न नेपालका अन्य ठाउँमा उत्पादन हुँदैन । यदि यी बालीहरूको संरक्षण गर्न सकेर उत्पादन बढाउन सके हामी आत्मनिर्भर पनि बन्न सक्छौँ र भविष्यमा स्वस्थ जनशक्ति उत्पादन पनि गर्न सक्छौँ ।'

सन् २०१५ मा नेपाल सङ्घीय गणतन्त्रात्मक राष्ट्र बनेको थियो । कृषि उत्पादनमा सुधार गर्ने महत्त्वपूर्ण योजना बोकेर कर्णाली प्रादेशिक सरकार गठन भएको पनि सात वर्ष भइसकेको छ र यसबिचमा कयौँ पटक सरकार फेरिइसेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहका अनुसार यस बिचमा अर्गानिक खेती, युवा लक्षित कृषि कार्यक्रम, उत्पादनमा आधारित अनुदान, चक्लाबन्दी खेती अभियान, कृषि कर्जालगायतका विभिन्न सुधारका लागि पहल गरिएका छन् ।

तर अहिले भने सरकारले यसका लागि दण्डसजायको व्यवस्था गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत आफ्नो जमिन बाँझो छाड्ने मानिसहरूलाई बढी कर लगाइने छ ।

कर्णालीमा लामो समय काम गरेका कृषि विज्ञ लीलाराम पौडेल यहाँको कृषियोग्य जमिन जङ्गलमा रूपान्तरण भइरहेको बताउँछन् ।

वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएका चामलका बोरा । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
उनी भन्छन्, 'त्यसैले पहिले कहाँबाट आम्दानी हुन्छ भन्ने पनि सोच्न आवश्यक छ । जस्तै, जडीबुटीबाट आम्दानी गरेर खाद्यान्नमा कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।'

तर डिलकुमारी धिमाल जस्ता स्थानीयबासीलाई भने यो कुरामा रत्तिभर विश्वास छैन । चाडबाडको सिजनमा चामलको माग झन् बढी हुने भएकाले त्यस बेला झन् चामलको चरम अभाव हुने गर्छ । अक्टोबर र नोभेम्बर महिनामा नेपालका सबैभन्दा महत्त्वपूर्ण चाडहरू दशैं र तिहार पर्छन् ।

“यो वर्ष पनि चामल लिनका लागि खाद्य डिपोअगाडि कति दिन पो लाइन लाग्नु पर्ने हो थाहा छैन ।”

अघिल्ला वर्षहरूमा डिपोमा गएर लाइन लाग्दा पनि अन्त्यमा रित्तो हात घर फर्किएर बजारबाट महँगो चामल किनेर खानु परेको सम्झिँदै उनी यो वर्ष पनि यही अवस्था आउने हो कि भन्ने चिन्तामा छिन् ।

(चाँदनी कठायत ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख पहिला ग्लोबल जर्नलमा प्रकाशित भएको हो। )  

यो पनि पढ्नुहोस्

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस