नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा गैरसांसदलाई मन्त्री बनाउन सिफारिस गरेसँगै विरोध सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले हुम्लाका कार्चेन लामालाई मन्त्रीका लागि सिफारिस गरेका थिए। माओवादी केन्द्रका सांसद ठम्मर विष्टले जननिर्वाचित सांसद हुँदाहुँदै कार्यकर्ताबाट सिधै बनाइनु अराजनीति कदम भएको बताए।
‘राजनीतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुर जस्तो घर न घाटको जस्तो बनाएर जेसीवीले ह्याङ्गर लगाएर ताने जस्तो गरी जनताबाट एकै चोटी मन्त्रीमा ल्याइनु राम्रो होइन्,’ सांसद विष्टले लामो फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘यसले पक्कै पनि राम्रो सन्देश जाँदैन्।’ विष्टले पार्टी अध्यक्षलाई जंगबहादुर नठान्न चेतावनी पनि दिएका छन्।
‘जंगे बोल्यो भने बोल्यो, जंगेपछि फर्कदैन भनेर आफुलाई जंगबहादुरनै ठाने पनि प्रकारान्तरमा दुस्परीणामहरु भोग्नुपर्ने निश्चित छ,’ उनले भने, ‘गैरसांसदलाई मन्त्री बनाइँदा मन्त्री हुने व्यक्तिकोसमेत अपमान हुन्छ।’ उनले चार–चार वर्ष प्रदेशसभामा खारिएका सांसदलाई प्रदेशको विकास, जनसेवा र कानुनमा अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले एकै पटक जनताबाट मन्त्री हुन आएको व्यक्तिले दौरा सुरुवालको फेरो समाउँदा समाउँदै छ महिने कार्यकाल सकिने बताए।
सांसद विष्टले गैरसांसदलाई मन्त्री बनाउने विषयमा संसदीय दल र दलको नेतालाईसमेत अधिकार नदिइएको भन्दै आपत्ती जनाए। ‘मैले दलको नेतालाई सोधे यस्तो पश्चगामी निर्णयमा किन ल्याप्चे लाउनुभयो ?,’ विष्टले लेखेका छन्, ‘उहाँले मलाई जवाफ दिनुभयो यहीँ त विडम्वना भयो, यस विषयमा मलाईसमेत कुनै जानकारी छैन्, लेखेर दे भनेपछि मैले दिनुपर्ने भयो।’
यस्ता निर्णयले संघीयतामाथिनै प्रहार गरेको पनि लेखेका छन्। ‘यो कस्तो संघीयता हो ? किन संघीयतालाई यसरी भ्रष्टिकरण गरिदैछ? दलको सम्पूर्ण स्वायत्ततालाई धोती लगाएर माथिबाट थोपर्ने यस्तो निर्णयले ति सारथीहरुले कुन मेडल प्राप्त गर्दैछन्,’ उनले लेखेका छन्, ‘कसको इसारामा पार्टी सिध्याउने खेतीपातीको मलजल हुदैछ? प्रश्न गम्भीर छ।’
उनले गैरसांसदलाई मन्त्री बनाइनु ‘....मर्यो भन्दा पनि काल पल्कने’ कुराको त्रास सुरु भएको बताए। ‘जनताबाट सिधै मन्त्री बनाउने भएमा अव सबै जिल्लामा यसको नजीर स्थापित हुन्छ, स्थिति कतिसम्म भयावह हुने खतरा छ भने अव बाँकी रहेका सांसदबाण्ट मन्ीत्र बन्ने कुरात परैछोडौं बचेका हामी सांसदले राजीनामा दिएर उहाँहरु (गैरसांसद)लाई मन्त्री बनाउने मार्गप्रसस्त गर्दिनुपर्ने अवस्था निश्चितजस्तै देखियो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचितलाई पनि हटाउन कानुन संशोधन गर्नेतिर एकचोटी नेतृत्वगणले दुस्प्रयास गर्नेछ।’