मधेश प्रदेश सरकारमा थप दुई मन्त्रीले पदको शपथ ग्रहण गरेका छन्। सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
नेपाली काँग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन कुमार सिंहले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका हुन्।
आज मन्त्री पदमा शपथग्रहण गरेका मोहम्मद समिम सप्तरी निर्वाचन क्षेत्र-३ को 'क' बाट निर्वाचित हुन् भने चन्दन सिंह जनमतबाट समानुपातिक सांसद हुन्।
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्।
उनले सडक पूर्वाधारलाई उद्योग, पर्यटन, कृषि र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले सडक निर्माणमा ठुलो बजेट खर्चिए पनि त्यसले देशको उत्पादन र रोजगारीमा कति योगदान पुर्याएको छ भन्ने विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने बताएका हुन्।
उनले हिजो पनि विकास भनेको सडक निर्माण हो भन्ने बुझाइ रहेको र अहिले पनि त्यही सोच कायम रहेको उल्लेख गरेका छन्।
‘सडक पूर्वाधारको पनि पूर्वाधार हो, यसमा दुई मत छैन,’ उनले लेखेका छन्, ‘तर निर्माण भएका वा निर्माणको योजनामा रहेका सडकले नेपालमा उत्पादन बढाउन सहयोग गरेका छन् कि छैनन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ।’
गजुरेलले सडक निर्माणले उद्योग स्थापना र लगानीकर्तालाई आकर्षित गर्न सकेको छ कि छैन भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए। उनका अनुसार सडकले राज्यको ढुकुटी बलियो बनाउन सहयोग गर्नुपर्छ। राज्यको आम्दानी नबढेसम्म विकास सम्भव नहुने उनको भनाइ छ।
विगतमा यस्ता विषयमा ध्यान नदिँदा देशको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको उनले बताएका छन्। सडक निर्माणलाई नै विकास ठान्नुभन्दा सडकले उत्पादन बढाउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुपर्ने उनको भनाइ छ।
‘उत्पादन क्षेत्रले रोजगारी सिर्जना गर्छ। श्रम देशमै सिर्जना हुन्छ,’ उनले लेखेका छन्।
सभापति गजुरेलले सडकमा बजेट पर्दा मतदाता खुसी हुन्छन् भन्ने सोचका आधारमा पुरानै गल्ती दोहोर्याउन नहुने बताए। सडक निर्माण गर्नुपर्ने भए पनि त्यसलाई उद्योग, पर्यटन, कृषि र अन्य उत्पादनका क्षेत्रसँग जोड्नुपर्ने उनको सुझाव छ।
उनले सडक निर्माण, मर्मत र सम्भारमै देशको बजेट खर्चिने अवस्था अन्त्य गर्दै उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...