म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। ग्रामिण ’अल्ट्रासाउन्ट’ कार्यक्रम अन्तरगत पायक पर्ने स्थानमा पुगेर सेवा दिने गरी वडा नं १ कुहुँबाट अभियानको शुभारम्भ गरिएको हो।
वडाभित्र रहेका गर्भवती महिलालाई स्वस्थ राख्न तथा आधारभुत सेवा तथा समस्याका बारेमा कार्यक्रमले सघाउने गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताए। ‘गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्न सहज भएको छ,‘भविस्यमा थप सुविधा सहित टोलमै पुग्छौ’ उपाध्यक्ष केसीले भने।
शिविरमा गर्भ परीक्षण गराएका गर्भवतीको पेटमा बच्चाको अवस्था असन्तुलित रहेमा थप उपचारका लागि बेनी अस्पतालमा पठाउने, गर्भवती महिलाले अपनाउनुपर्ने र जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावसमेत दिईएको उपाध्यक्ष केसीले बताए। गण्डकी प्रदेश सरकार र वन हार्ट परियोजनाको साझेदारीमा सञ्चालित कार्यक्रममा प्रत्येक महिनाको ४ गते बरंजा, ६ गते अर्मन र २० गते कुहुँको स्वास्थ्य शिविरबाट ५ वटै वडाका गर्भवती महिलाले सेवा लिने मंगला गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
अभियानको सुरुवात गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, लेखा संयोजक लेखनाथ अधिकारी, अनमी राधा आचार्य लगायतको उपस्थिती रहेको थियो। गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ।
गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्सरे गर्न अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने स्वास्थ्यकर्मीको भनाई छ। वडामै सेवा पुगेपछि सदरमुकामा धाउनुपर्ने बाध्यता हटेको भन्दै गर्भवती महिला समेत उत्साहित छन्।
यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विगतमा वडास्तरमै पुगेर एकीकृत स्वास्थ्य शिविरमार्फत सेवा समेत दिइएको बताउँदै नवजात शिशुको सुरक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको बताए। ‘‘कोरोनाको डरले नियमित चेकजाँच प्रभावित भएको थियो,‘समुदायस्तरमै पुगेर दिने सेवा बढाउने सोचमा छौं’ अध्यक्ष रोकाले भने।
उनले निर्माणधिन अवस्थामा रहेको अस्पतालको काम सकिएपछि जिल्ला अस्पतालमा प्राप्त हुने सबै किसिमको सेवालाई गाउँपालिकामै दिने समेत बताए। मंगला गाउँपालिका भित्र बार्षिक ४ सयभन्दा बढी गर्भवती महिला रहेकाले समयमै चेकजाँच सहित औषधी सेवन गरेमा मात्रृ, शिशु मृत्युदर समेत घट्छ।