विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ। चिकित्सक परिचालनसँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठूला सहर पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटाइएका छन्। बागमतीमा २०८ जना चिकित्सक परिचालन गरिँदा कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना खटिएका छन्।
त्यस्तै, मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
कुल खटाइएका चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा र बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन्। सङ्घीय सरकारले प्रदेशमा पठाएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ।
विशेषज्ञ चिकित्सकको परिचालनबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा विस्तार र सुदृढ हुने विश्वास मन्त्रालयले लिएको छ।
यसले विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ जनशक्तिको उपलब्धता बढेसँगै नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउने र ठूला सहरमा उपचारका लागि जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।